ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

स्थानीय तह समन्वय विभागद्वारा काभ्रेका जनप्रतिनिधिसँग अन्तरक्रिया


स्थानीय तह समन्वय विभागद्वारा काभ्रेका जनप्रतिनिधिसँग अन्तरक्रिया
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागले सोमबार काभ्रेका तीनवटा स्थानीय तहसँग अन्तरक्रिया गरेको छ । विभागका प्रमुखसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, विभागका सदस्यहरु बाबुकृष्ण सापकोटा र ललितपुर महानगरपालिकाकी निवर्तमान उपप्रमुख तथा विभागकी सदस्य गिता सत्यालसहितको टोलीले ती स्थानीय तह पुगेर अन्तरक्रिया गरेको विभागका सदस्य सापकोटाले बताए । उनीहरुले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिका पुगेर कांग्रेसबाट निर्वाचित प्रतिनिधि, कांग्रेसको तर्फबाट स्थानीय तहका उम्मेदवार तथा अन्यसँग छलफल गरेका थिए । ‘हामी जुन उद्येश्यले गएका थियौं त्यो सफल भएको छ, स्थानीय तहमा कस्तो काम भइरहेको छ भनेर बुझ्ने हाम्रो लक्ष्य थियो’ सत्यालले भनिन् ‘समग्रमा राम्रो नतिजा दिएको उहाँहरुले बताउनुभयो, पार्टीमा देखिएको समस्याका कारण त्यहाँ पनि केही अप्ठ्यारो भएको निश्कर्ष निकाल्यौं ।’ सत्यालले आफूहरुले प्राप्त गरेको जानकारी र सूचनालाई दस्तावेजीकरण गरेर पार्टीलाई बुझाउने पनि बताइन् ।

विभागका प्रमुख आचार्यले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित प्रतिनिधिले अरुभन्दा राम्रो काम गरेको आफूहरुले पाएको बताए । ‘जति ठाउँ गयौं परिणाम सन्तोषजनक छ, अबको बाँकी समय पनि जनताको मन जितेर काम गर्न आग्रह गरेका छौं ।’ विभागले विभिन्न जिल्ला पुगेर स्थानीय तहमा रहेका कांग्रेसका प्रतिनिधिसँग छलफल र संवाद गर्दै आएको विभागका सदस्य सापकोटाले बताए । ‘उहाँहरु स्थानीय तहमा आएर काम गरेको तीन वर्ष बितिसकेकाले पनि जति नतिजा दिनुपर्ने हो त्यो पूरा गर्न सक्नुभयो कि भएन भनेर प्रमुख रुपमा छलफल भयो’ सापकोटाले भने ‘पार्टीभित्र केही आन्तरिक असन्तुष्टि भए पनि समग्रमा त्यति धेरै गुनासो सुन्नु परेन त्यो नै सफलता हो ।’ सापकोटाले पार्टीले बनाएको विभागले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा धेरै मिहनेत गर्दै आएको पनि बताएका छन् । विभागले स्थानीय तहले गर्नुपर्ने कामका बारेमा प्रोजेक्टर नै प्रयोग गरेको प्रस्तुतिकरण गरेको थियो । विभागले ६ वटा विषयलाई प्राथमिकतामा राखेर अन्तरक्रिया गर्दै आएको । विभागले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले प्रस्तुत गरेको संकल्पपत्रको कार्यान्वयनको अवस्था, स्थानीय तहको उच्चस्तरको कार्यसम्पादनको समीक्षा, पार्टीबाट निर्वाचितसँग पार्टी नेताहरुको सहकार्य र वर्तमान अवस्थाको पुनरावलोकन, स्थानीथ तह समन्वय तथा सहजीकरण समिति निर्माणको अवस्था, असल अभ्यास संकलन र प्रचारप्रसार र सबैसँग खुला अन्तरक्रिया गर्ने मुख्य उद्येश्य लिएको छ ।

‘विभागले आफ्नो प्रस्तुति राखिसकेपछि सबैसँग खुला अन्तरक्रिया गर्ने गरेको छ जसबाट उहाँहरुबीच भएका असन्तुष्टि पनि प्रष्ट रुपमा बाहिर आओस् भन्ने हाम्रो उद्येश्य हो’ विभागकी सदस्य सत्यालले भनिन् ‘अन्तिममा गरिने खुला छलफलले उहाँहरुबीच भएको असहमति र आपसी द्वन्द्व पनि प्रष्ट हुने भएकाले भोलिको दिनमा कसरी अघि बढ्ने भन्ने बाटो तय गर्न सजिलो हुन्छ ।’ नेपाली कांग्रेसको बैठकले नै सबै स्थानीय तहमा समन्वय तथा सहजीकरण समिति बनाउने निर्णय गरेको थियो । केही स्थानीय तहमा मात्रै यो अभ्यास भएको विभागका प्रमुख आचार्यले बताए । उनले जतिसक्दो छिटो समिति बनाउन र विभागलाई जानकारी दिन पनि सबैलाई आग्रह गरे । स्थानीय तहले गरेका राम्रा कामको प्रचारप्रसार गर्न सहयोग पुग्ने उद्येश्यले विभागले जहाँ जाँदा पनि एकजना पत्रकारलाई सँगै लाने गरेको छ । अन्तरक्रियाका क्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफूले दिनरात केही नभनी जनताको पक्षमा काम गरेको बताए । उनले आफूले यति राम्रो काम गर्दा पनि पार्टीका साथीहरुले प्रचारप्रसारमा सहयोग नगरेको गुनासो गरे । ‘मैले गलत गरेको छैन, पार्टीलाई घात हुने काम पनि गरेको छैन, जनता मेरो कामबाट खुशी छन् तर पार्टीका साथीहरु यो कुरा देख्दैनन्, उहाँहरुलाई के भएको हो थाहा छैन’ प्रमुख शाक्यले भने ‘पार्टीबाट नै धेरै आलोचना भएपछि मैले कसैका कुरा नै सुन्न छोडे, कसले के भन्छ त्यो पनि थाहा छैन, मैले त हदै भएपछि फेसबुक नै बन्द गरिदिएँ ।’ प्रमुख शाक्यले बोल्नुभन्दा अघि पार्टीबाट निर्वाचित प्रतिनिधि र पार्टीका नेताहरुले प्रमुखको कार्यशैलीप्रति आपत्ति जनाएका थिए । उनीहरुले मेयरले पार्टीको भावना अनुसार काम नगरेको, आफ्ना कार्यकर्ताको संरक्षण गर्न नसकेको, विकास निर्माणमा समन्वय नगरेको लगायतका आरोप लगाएका थिए ।

सबैको गुनासो सहजै रुपमा सुनेका प्रमुखले अन्तिममा सबै प्रश्नको जवाफ दिएका थिए । उनले आफ्नो कार्यकाल राम्रो बनाउनुपर्छ भनेर आफू लागिरहेको भए पनि पार्टीले सहयोग नगर्नु दुर्भाग्य भएको बताएका थिए । हिजो प्रमुखमा निर्वाचन जिताउन लागेकाहरुलाई प्रमुखले सचिवालयमा नराखी पार्टीले नचिनेका मानिसलाई काखी च्यापेको भनेर प्रमुखलाई पार्टीले नेताहरुले आरोप लगाएका थिए । यसको जवाफ दिँदै उनले सचिवालयमा राखेका र सहयोगीहरुको विवरण पेश गरेका थिए । प्रमुख शाक्यले सरकारको एक मूल्यांकनमा बनेपा उत्कृष्ट नगरपालिका घोषणा भएको बताए । उनले केही काम नगरी नै यो उलपब्धि हासिल नभएकाले यसको चर्चा गर्न पनि आग्रह गरे । त्यस्तै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनि सीमित श्रोत र साधनको बाबजुद पनि धेरै काम गरेको बताए । उनले संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहको समस्या नबुझेको गुनासो गरे । ‘सबैले स्थानीय तहप्रति आशा गरेका छन् यो स्वभाविक पनि हो तर हामीलाई न संघीय सरकारले न प्रदेश सरकारले नै सहयोग गर्छ’ प्रमुख भण्डारीले भने ‘गतवर्ष आएको बाढीले पनौतीमा ठ्रूलो क्षति भयो, संघ र प्रदेशका मन्त्री आएर घुमे, हेरे, गए । यहाँ आउँदा बजेट पारिदिन्छौं भन्थे त्यसपछि जतिपटक टेलिफोन सम्पर्क गर्न खोज्दा पनि वास्ता गरेनन् ।’ उनले बाढीका कारण पनौतीको सम्पदा र सांंस्कृति पहिचानमाथि नै प्रहार भएकाले त्यसलाई पुनः जीवित पार्नु आफूमा ठूलो चुनौती रहेको बताए ।

ADVERTISEMENT

उनले संघमा कांग्रेस र एमालेको गठबन्धनको सरकार भए पनि स्थानीय तहमा त्यो अनुभूति गर्न नपाएको बताए । ‘केन्द्रमा गठबन्धन छ भनिन्छ त्यो हो पनि तर त्यो कसका लागि हो भन्ने प्रष्ट छैन’ उनले भने ‘मैले जति काम गरे पनि निर्वाचनको बेलामा विपक्षमा रहेको एमालेले अहिले सहयोग गरेन, जे राम्रा योजना ल्याउँदा पनि सफल हुन दिँदैन, कसैलाई भन्नु कि नभन्नु भनेर अन्यौलमा परेको छु ।’ कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले पनि एमालेको कारण सोचेजस्तो काम गर्न नसकेको गुनासो गरे । उनीहरुले विपक्षीले असहयोग गर्नु स्वभाविक भए पनि पार्टीभित्र देखिएको गुटको राजनीति झनै खतरनाक भएको बताए । ‘कांग्रेसले मात्रै कांग्रेसलाई सहयोग गर्ने हो भनें पनौतीमा सधैं कांग्रेसले जित्नेमा शंका छैन तर आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसक्दा आगामी निर्वाचनमा समस्या पर्न सक्छ’ एक वडाध्यक्षले भने ‘कांग्रेसलाई कसैले हराउन सक्दैन तर कांग्रेसकै नेताहरु खलनायक भएर उत्रिदिँदा विपक्षीले फाइदा उठाउने खतरा छ ।’ बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पनि गतवर्ष आएको बाढीको कारण गाउँपालिका खण्डहर भएको बताए । उनले विकासले गति लिइरहेको अवस्थामा आएको प्राकृतिक विपत्तिका कारण धेरै भौतिक संरचना ध्वस्त भएकाले पुननिर्माणमा समस्या भएको बताए । ‘चानचुने बजेटले पुरानो अवस्थामा फर्किने सम्भावना छैन, त्यो अकल्पनीय अवस्था सम्झिँदा अहिले जति भएको छ त्यसमा पनि सबैले धन्यवाद भन्नुपर्छ’ उनले भने ‘स्थानीय तहमा बजेट नहुने भएकाले केन्द्र र प्रदेशको मुख ताक्नुपर्ने बाध्यता छ तर जति पटक जहाँ धाए पनि कसैले कुरा सुन्दैनन् ।’ उनले पनि बाढीपहिरोपछि अवलोकन गर्न केन्द्र र प्रदेशका मन्त्री र नेताहरु लर्को लागेर नै आए पनि बजेट दिन कन्जुस्याँई गरेको दुःखेसो गरे ।

उनले गाउँपालिकाले स्थानीय नागरिकको हितका लागि ल्याएका योजनाबारे पनि विभागलाई जानकारी गराएका थिए । ‘स्थानीय तह जनताको आफ्नै सरकार भएकाले के गर्दा उहाँहरु सन्तुष्ट हुनुहुन्छ त्यही गर्न लागेका छौं’ उनले भने ‘गाउँपालिकाको बजेटजति सबै पुननिर्माणमा खर्च भएकाले यो वर्ष जति गर्नुपर्ने हो त्यो सकिएन ।’ उनले यसअघिका दुई वर्ष गरेका कामको पनि व्याख्या गरेका थिए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनका साथै अन्य क्षेत्रमा विशेष जोड दिइएको बताए । उनले आफ्नो पार्टीसँग मात्रै नभएर सबैजसो दलसँग समन्वय गरेर योजना बनाएको र महत्वपूर्ण विषयमा सरोकारवालासँग छलफल गर्दै आएको पनि जनाए । बाढीका कारण ध्वस्त बनेको पनौतीदेखि बेथानचोक जोड्ने बाटो बनाउनु पनि उपलब्धि रहेको उनले बताए । ‘पीच बाटो भत्केपछि कसरी बेथानचोक र पनौती जोड्ने भन्ने समस्या थियो, दिनरात खटेर सबैको साझा पहलमा कमसेकम बेथानचोकसम्म आइपुग्ने बाटो बनायौं, यो बाटो बन्ला भन्ने कसैले कल्पना गरेको थिएन’ उनले भने ‘म सबैको सहयोगमा अघि बढेको छु, पार्टीगत रुपमा कुनै द्वन्द्व नभएकाले पार्टीका पुराना नेता र अग्रजको सल्लाहमा काम गर्दै आएको छु। विभागले सबैजसो स्थानीय तह पुगेर अन्तरक्रिया गर्ने जनाएको छ। जहाँका पनि स्थानीय तहका प्रतिनिधिले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ अझ त्यसमा पनि कांग्रेसबाट निर्वाचितले उदाहरणीय काम गरेर सबैको मन जित्नु पर्छ भन्ने हाम्रो मान्यता हो’ विभाग प्रमुख आचार्यले भने ‘सबैतिरबाट आएको निश्कर्षलाई समेटेर पार्टीलाई बुझाउँछौं, त्यसपछि अब के गर्ने भन्नेबारेमा छलफल हुन्छ ।’

विभागले सरकारले अनिवार्य रुपमा लागू गर्न भनेको प्रारम्भिक बाल विकास र शिक्षाका पाठ्यक्रम (इसीइडी) अनुसार नै पठनपाठन गराउन पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । ‘शिक्षा मन्त्रालयले मान्यता दिएको पाठ्यक्रमका आधारमा मात्रै बालबालिकालाई पठाउन आग्रह गरेका छौं, सरकारले मान्यता नदिएको कोर्ष पठाए कारबाही हुने भएकाले त्यो सन्देश पनि लगेका छौं’ विभागका सदस्य सापकोटाले भने ‘अझै पनि धेरैजसो स्थानीय तहले यो पाठ्यक्रमको बारेमा बुझेका रहेनछन्, जे पाइयो वा जे आयो त्यही पठाएका रहेछन्, विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिने त्यो अनिवार्य पाठ्यक्रम नै लागू गर्नुपर्छ भनेर अवगत गरायौं ।’ मन्त्रालय, विभाग, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले पनि सरकारद्वारा अनुमति दिएको पाठ्यक्रममात्रै पढाउन स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ । विभागले पार्टी केन्द्रीय कार्यालयमा केहीअघि आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापाले पनि इसीइडीको कार्यक्रम जस्ताको त्यस्तै लागू गर्न स्थानीय तहलाई आग्रह गरेका थिए । उनले वर्तमान समय शिक्षाको युग भएकाले प्रतिस्पर्धी नागरिक उत्पादन गर्नका लागि वालविकास कक्षादेखि नै शिक्षाको जग बलियो बन्नुपर्ने बताएका थिए । विभागले बिहीबार धादिङका स्थानीय तहसँग अन्तरक्रिया गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host