ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव कार्यक्रम


नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव कार्यक्रम
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं। प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक थापाले पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८२” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिल, वरिष्ठ कलाकार हरिवंश आचार्य, समाजसेवी उत्तम पुडासैनी र राम बहादुर न्यौपानेलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

अवसरमा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै संघले आफ्नो स्थापनाकाल देखिनै मानव सेवा एवम् समाज सेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । संघले विभिन्न संघसंस्थासँग समन्वय, सहकार्य एवम् हातेमालो गर्दै समाजमा देखा परेका समस्याहरूको समाधान गर्दै आइरहेको र आगामी दिनहरूमा थप समन्वय र सहकार्यको क्षेत्र पहिचान गरी कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष बसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीन, सामाजिक अभियन्ता कबिता पौडेल पन्त, प्रहरी उपरीक्षक बसुन्धरा खड्का र प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापाले संघका विभिन्न कार्यहरूमा सहयोग पुर्‍याउनुहुने संघका पदाधिकारीहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो।समारोहमा संघकी अध्यक्ष थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सहकार्यलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको लागि मात्र नभई समाजको हितको लागि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको बताउनुभयो ।

ADVERTISEMENT

संघले आगामी दिनमा आफ्नो सामर्थ्यलाई नयाँ ढंगले विस्तार गरी प्रहरी परिवार र सर्वसाधरणको हितको लागि अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रीनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host