ADVERTISEMENT
ADVERTISEMENT
दाङ, ३० असोज। घोराही उपमहानगरपलिका-१५ शहिद गेट नजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उप महानगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ८ सय २० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












