ADVERTISEMENT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारीमा छ। आज बसेको विघटित प्रतिनिधि सभामा रहेका एमाले सांसदहरूको बैठकले हस्ताक्षर सहित रिट पेश गर्ने निर्णय गरेको हो।
ADVERTISEMENT
यसका लागि प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ। बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार र शान्ति पूर्ण संघर्ष दुवै आवश्यक पर्ने धारणा राखेका थिए।







