ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार


सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, पौष १८ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय महासचिवमा भवनाथ हुमागाईले उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यावसायीहरुको सबैभन्दा ठूलो संस्था इक्यानका उनी अहिलेका प्रथम सचिव हुन् । उनले उम्मेदवारी हुनुपर्ने कारणसहित आफ्ना एजेण्डा पनि प्रस्तुत गरेका छन् । इक्यानको निर्वाचन पौष २८ गते काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने छ । उनले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा आफू निरन्तर क्रियाशील रहेको स्पष्ट पारेका छन् । एक कार्यकाल कार्यसमिति सदस्यभएर सचिव हुँदै काम गरेका उनी व्यावसायीसँग राम्रो सम्बन्ध राख्न सक्छन् । व्यवसायीलाई अप्ठ्यारो परेका बेला बोलिदिने र आवश्यक सहयोग गर्ने कुरामा पनि उनी पछि परेका छैनन् । यो कार्यकालमा पनि उनले राम्रो मत ल्याएर सचिव जितेका हुन् । उनले संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको जिम्मेवारी वहन गर्दै संस्थागत सुदृढीकरणमा योगदान गरेका छन् ।

ADVERTISEMENT

संस्थालाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७ सयभन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता परेकाले पनि आफू महासचिवको रुपमा अघि सरेको उनले बताए । उनले पद लिनुभन्दा पनि केही काम गरेर देखाउने इच्छा भएकाले महासचिवको भूमिका खोजेको बताए । शाखालाई सशक्तिकरण गर्ने, संस्थाको गरिमा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनेलगायतका योजना उनले अघि सारेका छन् । ‘हामीले इक्यानमा एउटा यस्तो ‘प्रोफेसनल इकोसिस्टम’ निर्माण गर्नु छ, जहाँ नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित होस् र राज्यले परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक होस्’ उनी भन्छन् । उनले इक्यान र जिल्ला शाखाबीच प्रभावकारी समन्वय स्थापित गर्दै एकीकृत कार्यप्रणाली स्थापना गरेको, केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको, संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका खेलेको, सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन पनि निर्णायक भूमिका खेलेको उनले बताएका छन् । सचिवको भूमिकामा रहँदा धेरै काम गरेको बताउँदै उनले अब महासचिव भएपछि संस्थालाई नयाँ ढंगले सबैको विश्वास जितेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नयाँ सदस्य बिस्तार गर्ने अभियान चलाएका छन् । उनले केन्द्र र शाखाबीच समन्वय गरेर सम्बन्धलाई परिणाममुखी बनाउने, केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र निर्धारण गर्ने, नियमित समन्वय गर्ने, कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी भूमिका खेल्दै शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै जाने बताए । मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी इक्यानलाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य पनि उनले लिएका छन् । उनले आर्थिक स्थायित्व सुनिश्चित गर्ने, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति तयार गर्ने, नयाँपुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत इक्यानभित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नेजस्ता योजना सार्वजनिक गरेका छन् । नयाँ अध्ययन बजारको पहिचान गर्ने, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउनेलगायतका योजना उनका रहेका छन् । उनले इक्यान सबैको साझा संस्था भएकाले एक पटक काम गर्ने अवसर दिन पनि सबै व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host