ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया


काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, माघ २० । गोरखा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सोमबार काठमाडौंमा आफ्ना मतदाता तथा शुभचिन्तकसँग छलफल गरेका छन् । गोंगबुको महर्षि कलेजमा आयोजित अन्तरक्रियामा सहभागीहरुले सबैको सहयोगले दवाडीलाई जिताउने बताएका थिए । दवाडीलाई त्यस क्षेत्रका मतदाताले सकिने काममात्र गर्न र आश्वासन धेरै नबाँड्नसमेत आग्रह गरे । दवाडीले त्यो क्षेत्रको विकासका लागि के–के काम गर्नुपर्छ र एजेण्डामा के कुरा समावेश गर्नुपर्छ भनेर अन्तरक्रिया गरिएको बताए । ‘कतिपय कुरा मलाई पनि थाहा हुँदैन, अन्तरक्रियाबाट आएका सुझावलाई आधार मानेर अघि बढ्छु’ उनले भने ‘जनताको मन जित्ने गरी काम गर्छु, यसमा कुनै शंका गर्नु पर्दैन ।’ उम्मेदवार दवाडीले अन्तरक्रियामा आएका सुझाव, गुनासा र टिप्पणीलाई डायरीमा टिपेका थिए ।

गोरखा पर्यटकको राम्रो सम्भावना भएको ठाउँ भएकाले पर्यटनका एजेण्डालाई जोड दिन पनि सुझाव दिइएको थियो । त्यस्तै गोरखामा कृषिको पनि प्रचुर सम्भावना भएकाले कृषिमैत्री योजना अघि सार्न सहभागीहरुले सुझाव दिए । दवाडीले कृषकले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि सहज वातावरण बनाउने र उचित मूल्य पाउने कुरामा आफू लागिपर्ने बताए । सहभागीहरुले कतिपय सडक अपूरा भएको, विजुली सबै ठाउँमा पुग्न नसकेको, पूर्वाधार बन्दै गरे पनि सम्पन्न हुन नसकेको पनि गुनासा गरेका थिए । कार्यक्रममा दवाडीले आफ्नो विचार राखिसके पछि अन्तरक्रिया गर्दै सहभागीका प्रश्नको जवाफ पनि दिएका थिए । ‘म पात्र हुँ, चुनाव जित्ने तपाइहरुले नै हो’ उनले भने ‘मैले हिजो पनि रुवाइन र भोलि पनि तपाइहरुलाई रुवाउने काम गर्दिन ।’

ADVERTISEMENT

गोरखामा प्रतिनिधिसभाका दुइवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फाल्गुण २१ गते हुँदैछ । दवाडीले सबै नेता तथा शुभचिन्तकलाई एक पटक गाउँ पुगेर आफ्नो अवस्था बुझिदिन पनि आग्रह गरेका छन् । ‘ म एक पटक तपाइहरुलाई गाउँ पुगिदिन आग्रह गर्दछु, जसले जे प्रतिक्रिया दिन्छ त्यही भनिदिनुहोला’ उनले भने ‘ यस पटक हामीले चुनाव जित्नु छ त्यसैले पनि गलत तथ्यांक मलाई नदिनुहोला, जे छ त्यो भनिदिनुभयो भनें मलाई थप रणनीति बनाउन सजिलो हुन्छ ।’ दवाडीले फाल्गुण २ गते चितवनमा मतदाता तथा शुभचिन्तक सँग अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रियामा नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद कमला पन्त, कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका साथै गोरखाका नेता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

दवाडी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा गोरखा–२ को (ख) प्रदेशबाट निर्वाचित भएका थिए । उनले त्यतिबेला पनि आफूले सांसदबापत पाउने तलब समाजसेवामा खर्च गरेका थिए । उनले प्रतिनिधिसभा-को सांसद भएर पनि तलव र सुविधा समाजसेवामा लगाउने बताएका छन् । प्रदेश सांसद हुँदा गरेका राम्रा काम पनि आज चुनाव जित्ने आधार भएको उनले बताए । उनले ‘मेरो राजनीति तपाइहरुकै सेवाका लागि, मेरो राजनीति समाजकै टेवाका लागि’ भन्ने नारा नै बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host