ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार


पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिक्षा पुडासैनी/

काठमाण्डौ, ४ फागुन । लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवारहरुले आफुहरुलाई पुराना दलहरुले भोटबैँक मात्रै बनाएको र आफ्नो माग सँबोधन नगरको बताएका छन । अनिहरुले भने अब हाम्रो बिश्वास टुट्यो त्यसैले आफै दल खोलेर निर्बाचानमा होमियौ । उनिहरुले समावेशी समाजवादी नामक पार्टीका खोलेर निर्बाचनको मैदानमा होमिएका छन । हिजो काठमाण्डौमा सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा उनीहरुले लामो समयदेखि आफूहरु दलहरुको आश्वासन र प्रतिबद्धताको भरमा बाच्नु परेको भन्दै आफ्ना लागि आफैं अघि सर्नुपर्छ भन्ने मान्यताका साथ चुनावमा होमिएको स्पष्ट पारे । समाजमा यो समुदायका व्यक्तिहरु धेरै नै भए पनि परिवार, समाज र परम्पराको कारणले खुल्न नसकेको भन्दै आगामी निर्वाचनमा मतमार्फत पार्टी र संगठनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनीहरुले केवल माग राख्ने मात्र नभइ, अब नीति निर्माण गर्ने आफैं पुग्ने बताएका छन ।

निर्वाचन आयोगमा दल दर्ता गरेको यो पार्टीबाट प्रत्यक्षतर्फ ६ जनाले उम्मेदवारी दिएका छन् भने १५ जना समानुपातिकको उम्मेदवार बनेका छन् । अध्यक्ष समेत रहेकी नुमा लिम्बू चञ्चलाले मोरङ निर्वाचन क्षेत्र नं ४, सुरेन्द्र पाण्डेले काठमाडौं क्षेत्र नं १, पिङ्की राईले ‌ओखलढुङ्गा क्षेत्र नं १ , देवेन्द्र बहादुर खत्रीले रुपन्देही क्षेत्र नं २, पूर्णचन्द्र पौडेलले काठमाडौं क्षेत्र नं १० र विनोद लामाले काभ्रे क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

कार्यक्रममा ओखलढुङगा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी पिङ्की राईले पुराना तथा नयाँ दलहरुले नसमेटेको कारण आफूहरु छुटै दल खोलेर आघि सर्न बाध्य भएको बताइन् । धेरै पटक चुनाव भए संविधान बने तर यो समुदायलाई समेटिएन उनको दुखेसो थियो । अहिलेसम्म हामीले राज्यलाई कि मार कि फाल पनि भनेका छैनौं आफ्नै विवेक,शक्ति र सीपले अगाडि बढिरहेका छौं, राईले भने,‘ अहिले सिंगो राज्य, समाज र सबैको लागि काम गर्ने अठोट लिएका छौं ।’

ADVERTISEMENT

यस्तै काठमाडौं क्षेत्र नं १ मा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र पाण्डेले दलहरुबाट प्रतिबद्धता र आश्वासन बाहेक केही नपाएपछि यौनिक अल्पसंख्यक समुदायको आवाज बोकेर चुनावी मैदानमा होमिएको बताए । आफूले चुनाव जितेको खण्डमा यो समुदायको हक हितका लागि नीति तथा र कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै समानुपातिक तर्फका उम्मेदवार प्रतिक्षा चापागाईंले यौनिक अल्पसंख्यक समुदायका लागि कानुनमा कुनै पनि व्यवस्था नभएको बताइन् । भएका कानुनहरु पनि फितलो रहेको भन्दै उनले त्यसलाई संशोधन र लागू गर्न पनि आफूहरु संसदमा पुग्नै पर्ने बताइन् । शिक्षा,स्वास्थ्य र रोजगारी सुनिश्चित भएको खण्डमा आफूहरु पनि अरु जस्तै अघि बढ्न सक्ने बताइन् । राज्यले आफ्नो दायित्व नलिएको उनको दुखेसो थियो ।

त्यसो त यो समुदायका केही व्यक्तिहरुलाई अन्य दलहरुले पनि समानुपातिक उम्मेदवार बनाए पनि दलहरुले प्रतिशत नै तोकेर जुन संख्यामा उम्मेदवार बनाउनुपर्ने थियो त्यो भने नभएको पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालको कार्यकारी निर्देशक सुनीलबाबु पन्तले बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, आरक्षण, विवाह, पैतृक सम्पत्ति, पहिचान, सुरक्षाको अधिकार लगायतका हाम्रा मुद्दाहरु अरू सांसदहरूले कहिलेकाहीँ उठाए पनि, हामी आफैं संसदमा नपुगेसम्म ती मुद्दा अधुरा नै रहनेछन्। किनकि हामीबिना हाम्रो माग पूरा हुँदैन।’

धेरै समलिंगी, तेस्रोलिंगी तथा अन्तरलिंगीहरू अझै खुल्न नसकेको भन्दै पन्तले गोप्य हुने मतमार्फत आफ्नो समुदायको पक्षमा इतिहास बनाउन सहयोग पुग्न उनको विश्वास छ। उनले यो निर्वाचनलाई केवल चुनाव मात्र नभई पहिचानको जनगणना पनि भनेका छन् । राजनीतिक शक्तिका रूपमा स्थापित भयौं भने विभेद हटाउन , कानुन संशोधन गर्न , आर्थिक अवसरहरू सिर्जना गर्न ,गर्न सकिने उनको भनाइ छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले केही अघिकारहरु दिएको भए पनि कानुनी अभावकै कारण कार्यान्वन नभइरहेको उनीहरुले बताए । नेपालको इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्वमा संगठित रुपमा राजनीतिक दल खोलेर चुनावमा होमिएको हो । ‘श्रीवत्स (अनन्त गाँठो) चुनाव चिह्न रहेको यो दलले आफूलाई निर्णायक तहमा उभ्याउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host