ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र


३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, फाल्गुण ४/ लेखापढी व्यवसायीहरुको छाता संस्था नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले आफ्ना माग राख्दै सरकारलाई केही दिनअघि ज्ञापनपत्र बुझाएको छ । एसोसिएसनका महासचिव हरिप्रसाद पौडेलले व्यवसायीले भोग्नुपरेका विषयलाई समावेश गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए । एसोसिएनले सुशासन एवं भू–सेवा सम्बन्धमा विशेष ध्यान केन्द्रित गरेको छ । उनीहरुले लेखापढी व्यवसायीलाई व्यवसिथत गर्न र पेशाको सम्मान हुने वातावरण मिलाइदिन पनि सरकारसँग आग्रह गरेका छन् । ‘पेशागत हकहित, संविधानको रक्षा, अनुशासन र एकता, न्यायिक अधिकार, सुशासन र समानता आजको आवश्यकता’ भन्ने मूल नारा लिएर काम गर्दै गरेको एसोसिएनले आफूले भोगेका पीडा र समस्याका बारेमा सरकारलाई जानकारी गराएको महासचिव पौडेलले बताए ।

एसोसिएनले कार्य सम्पादनको सिलसिलामा हुने ढिलासुस्तीलाई नियन्त्रण गरी जनताप्रति उत्तरदायी भई छिटो, छरितो र स्वच्छ एवं पारदर्शी कार्य सम्पादन गर्ने संस्थागत विकासको प्रारम्भ गरिनुपर्ने, सबे प्रकारका (रैकर, विर्ता, स्वबासी, घरजग्ग, बेनिस्सा, मिन्ही, उखडा) लगायतका छुट जग्गा दर्ता प्रक्रिया सदाको लागि खुलाउनुपर्ने बताएको छ । संस्थाले यसका लागि समयसीमा राख्न नहुने जनाएको छ । एसोसिएनले कार्यालय प्रमुख तथा कर्मचारीको सरुवामा हुने गरेका भनिएका अपारदर्शिता, मनोमानी, राजनीतिक हस्तक्षेप, अन्य पहुँचलगायतको प्रवृत्तिको अन्त्य गरिनुपर्ने माग राखेको छ । एसोसिएनले ३३ वटा माग राखेको छ । एसोसिएसनले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालयहरु सबै, नापी कार्यालयहरु सबैलाई बोधार्थ दिएको छ ।

ADVERTISEMENT

एसोसिएसनले सेवाग्राहीलाई छिटोछरितो र सर्वसुलभ सेवा प्रदान गर्नेखालका जनमुखी कार्यक्रमलाई सार्थक तुल्याउन सहयोग गर्ने पनि जनाएको छ । राज्यले रोजगार दिन नसकेका कारण धेरै युवाहरु विदेशिएको भन्दै एसोसिएसनले ती युवा स्वदेश फर्काउनका लागि पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । एसोसिएसनले भू–उपयोग नियमावली बमोजिम जग्गा वर्गीकरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्न, बेजिल्ला तथा बेइलाका जग्गाको रजिष्ट्रेशन पारित नहुने व्यवस्था अत्यन्तै अव्यहारिक, हचुवा र प्रचलित काुनविपरीत भएको हुँदा कानुनले व्यवस्था गरे अनुसार लिखत पास गर्न पाउनुपर्ने व्यवस्था गर्नलगायतका माग सरकारसँग राखेको छ ।
एसोसिएसनले व्यवासायीका हकहितका लागि आवश्यक पर्ने साझा मुद्यामा सक्रिय रहँदै आएको जनाएको छ । महासचिव पौडेलले सरकारले आफ्ना मागहरु नसुने फेरि पनि अर्को प्रक्रियाबाट थप संघर्षका कार्यक्रम गरिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host