ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी


जनप्रतिनिधिबाट जनविमुख संसद
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्ताेष प्रसाद तिवारी ।
२०८२ फागुन ५, काठमाडौं । हरेक देशको परिवर्तन उसको भौगोलिक अवस्था, त्यहाँका नागरिकको सामाजिक–सांस्कृतिक रुचि र समयसापेक्ष मागमा निर्भर हुन्छ। डिजिटल युगमा विश्व तीव्र गतिमा बदलिँदैछ। नेपालको सन्दर्भमा पनि वि.सं. २०९७ (सन् २०४१) तिर एउटा विशेष राजनीतिक, सामाजिक मोड आउन सक्ने अनुमान गर्न सकिन्छ,जसले नयाँ विचारधारा सहितको व्यवस्थाको आधार तयार पार्न सक्छ। त्यसको प्रभाव देशभित्र मात्र होइन, विश्वस्तरमै देखिन सक्ने सम्भावना छ। सच्चा कम्युनिस्टले आफ्नो जितलाई बहादुरी र हारलाई कमजोरी ठान्दैन। ऊ आफ्नो गन्तव्यप्रति प्रतिबद्ध हुन्छ-एक्लै परे पनि, समय प्रतिकूल भए पनि निरन्तर क्रान्तिमा लागिरहन्छ। चुनाव आउँछन् र जान्छन्। पात्रहरू बदलिन्छन्-नयाँ पुराना हुन्छन्, पुराना विस्थापित हुन्छन्। तर एउटा विकृति समाप्त हुँदा अर्को विकृति सुरु हुने चक्र भने चलिरहन्छ। जबसम्म मानवीय चेतनाको उच्चतम “ब्रेन फिल्टर” सक्रिय हुँदैन, यो प्रक्रिया निरन्तर दोहोरि रहनेछ।

चुनावी संस्कार र नागरिकको अपेक्षा:
आज चुनावी माहोल तताउन उम्मेदवारहरू घर–घर पुगिरहेका छन्। जनताको दैलोमा पुगेर आश्वासन, वाचा र प्रदर्शन देखिन्छ। तर चुनावपछि के हुन्छ? बेरोजगार युवालाई, आशा बोकेका नागरिकलाई, गरिएका वाचा पूरा हुन्छन् कि हुँदैनन्? संसद् बहसको थलो बन्छ कि सर्कस? मतदातालाई “मासुभात र पैसामा भोट नबेच्नुस्” भन्दै अपमान गर्नु समाधान होइन। हाम्रो समाज अझै राजनीतिक चेतनामा परिपक्व भइसकेको छैन। नेतृत्व गर्ने पात्रहरू नै राजनीतिक दक्षता र शास्त्रीय बौद्धिक ज्ञानमा कमजोर छन् भने दोष केवल नागरिकमाथि थोपर्न मिल्दैन। यसमा विज्ञहरू, शिक्षाविद् र अनुसन्धानकर्ताहरूले सघन अध्ययन र व्यावहारिक चेतना अभिवृद्धि गर्नुपर्छ। विद्यालय, विश्वविद्यालय र संघ–संस्थामा शिक्षालाई व्यापक जोड दिनु अपरिहार्य छ।

डिजिटल एल्गोरिदम र नयाँ पुस्तामाथिको प्रभाव:
आजको डिजिटल युगमा सामाजिक सञ्जाल र प्लेटफर्महरू केवल सञ्चारका माध्यम होइनन्, ती धारणा निर्माण गर्ने शक्तिशाली औजार बनेका छन्। उदाहरणका लागि Meta जस्ता प्रविधि कम्पनीहरूले विकास गरेका एल्गोरिदम प्रयोगकर्तालाई थाहा नै नहुने गरी सामग्री छनोट र प्रवाह गर्छन्। विकासोन्मुख र परनिर्भर अर्थतन्त्र भएको देशमा यस्ता डिजिटल प्रयोगहरू अझ संवेदनशील बन्छन्। जेन-जि पुस्ता विशेष गरी डिजिटल प्रभावमा छ। यदि लोकतन्त्र स्थापित भइसकेको छ- जसको ऐतिहासिक सन्दर्भ वि.सं. २०६२/६३ को जनआन्दोलनसँग जोडिन्छ,त्यसपछि पनि अनावश्यक वितण्डा किन? जननिर्वाचित शासन प्रणालीमा दमनको औचित्य छैन। तर अल्पज्ञान, प्रतिशोध र भ्रमपूर्ण प्रचारले युवाको मस्तिष्कमा “डिजिटल धुवाँ” भरिदिने खतरा भने यथार्थ हो।

राष्ट्र, सुरक्षा र आत्मसम्मान:
इतिहासमा साहस र वीरताका गाथा लेख्ने हाम्रो सुरक्षा संयन्त्र आज आधुनिक हतियारसहित पनि नैतिक रूपमा कमजोर देखिनु दुःखद हो। देश जलाउने अभिव्यक्तिमा ताली बजाउने अन्धभक्त संस्कारले लोकतन्त्र बलियो हुँदैन। राष्ट्रप्रेम नारा र उत्तेजनाले होइन, उत्तरदायित्व र सुशासनले प्रमाणित हुन्छ।

ADVERTISEMENT

विकल्प कि ताण्डव?
बारम्बारको निर्वाचनले अपेक्षित स्थायित्व दिन सकेको छैन भन्ने अनुभूति व्यापक छ। निर्वाचन लोकतन्त्रको आधार हो, तर तयारीविहीन, प्रतिशोधमुखी वा घृणाले प्रेरित चुनावले निकास दिन सक्दैन। भ्रष्टाचार, तस्करी, दण्डहीनता, बलात्कार र अराजकता विरुद्ध कठोर कारबाही गर्दै प्रशासनलाई इमानदार र जिम्मेवार बनाउनु पहिलो आवश्यकता हो। आर्थिक समृद्धि र सुशासनको आधार तयार नगरी चुनावी तामझाममा मात्र सीमित हुनु “हतारको काम लतार” जस्तै हुन सक्छ।

बौद्धिक वर्गको भूमिका:
देशलाई प्रयोगशाला वा सर्कस बन्न दिनु हुँदैन। अवसरवाद, ‘युज एण्ड थ्रो’ संस्कार र सतही नाराले समाजलाई विभाजित मात्र गर्छ। अब आवश्यकता छ—बौद्धिक वर्ग, प्राचार्य, इमानदार कर्मचारी, कानुनका रक्षक, विश्लेषक, दार्शनिक, समाजशास्त्री र राष्ट्रसेवक सबै मिलेर साझा राष्ट्रिय चेतना निर्माण गर्ने। सामाजिक सञ्जाललाई दुष्प्रचारको होइन, सभ्य संवाद, सुझाव र खबरदारीको माध्यम बनाऔँ। डिजिटल उपकरणलाई गोपनीयता र जिम्मेवारीसहित प्रयोग गरौँ। अभियान मार्फत् जनचेतना जगाऔँ, तर विभाजन होइन—एकता र विवेकको बाटो रोजौँ।

निष्कर्ष:
निर्वाचन साधन हो, लक्ष्य होइन। लक्ष्य हो न्यायपूर्ण, उत्तरदायी र समृद्ध राष्ट्र। अब समय छ,भावनात्मक उत्तेजनाबाट माथि उठेर बौद्धिक, नैतिक र व्यवहारिक पुनर्जागरणको तसर्थ : नेपाल आज संक्रमणको मोडमा छ। अराजकता, छाडातन्त्र र राजनीतिक विकृतिले निराशा जन्माएको छ। तर समाधान पनि यही समाजभित्र छ। स्थिरता, सुशासन, शिक्षा र उच्च राजनीतिक चेतनाबाट मात्र परिवर्तन सम्भव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host