विचारधारा : आत्म अवतरण(सेल्फल्याण्डिङ्ग) व्यवस्था वा साम्यवादलाई ब्राह्मण्डकाे मुल जन्मकाे आधार एक दूरदृष्टियुक्त, दीर्घकालीन सामाजिक रूपान्तरणको परिकल्पनामा जान सक्ने माध्यम मानिन्छ । याे अवस्था करिब २०० सय बर्ष सम्म रहन सक्ने हुने आंकलन गरिन्छ,त्यसपछि पुन रुपान्तरण हुन्छ।त्यस अवस्थामा पनि उन्नत वातावरणमा जहाँ- वनस्पति वर्ग – जीव वर्ग – मानव वर्ग – रहेका हुन्छन् । – वनस्पति वर्ग – जीव वर्ग -मा जगतका सम्पूर्ण निर्जीव र सजिव,भाैतिक र अभाैतिक वस्तु एवम् तत्वकाे अध्यन गरिन्छ।यसले निर्जीवमा पनि जीवन हुन्छ,भन्ने मान्यता राख्दछ। – मानव वर्ग – जुन मानव समुदायले आफ्नाे वृद्धि विकाससँगै आधुनिक जिवनयापन र सभ्य परम्परालाई व्यवहारिक रुपदिँदै भाषा ,भेषभुषा,कलासंस्कृति , स्वतन्त्र संप्रभुतालाई शक्तिसहितको पहिचानमा बदलेकाे छ।याे विचारधारा संसारमा आजसम्म भएका सम्पुर्ण विचारधारा र परिवर्तनको संमिश्रणबाट गरिएको अध्ययन,खाेज, अनुसन्धान,अनुभव, अभ्यास सँगालेका ज्ञानकाे सैद्धान्तिक र व्यावहारिक रुपकाे बृहत भण्डारकाे फ्युजन गरिएको नयाँ विचारधाराकाे नयाँ आविष्कार हाे। अर्को शब्दमा आत्म–अवतरण साम्यवाद वा व्यवस्था (Self-landing Arrangement(system) or Communism) समाजले बाह्य बलको सहयोग वा हिंसात्मक क्रान्तिविना, आफैंभित्रको चेतनाको विकास र संरचनात्मक रूपान्तरण मार्फत समाजवादमा प्रवेश गरी सम्पत्ति, साधन र उत्पादनमाथि राज्य वा समुदायको सामूहिक नियन्त्रण रहने, न्याय, समानता र समुन्नतिका सिद्धान्तमा आधारित आर्थिक–राजनीतिक व्यवस्था हाे।
विश्वमा भएका क्रान्ति प्रायः हिंसा, राजनीतिक सत्ता कब्जा र वर्ग-संघर्ष बाट प्रेरित हुन्छन्। तर यसमा मौलिक क्रान्ति हुने भएकोले “आत्म अवतरण समाजवाद” भित्रि आत्मपरिवर्तन, शिक्षा, चेतना, सांस्कृतिक रूपान्तरण र स्वतन्त्र सामाजिक पहल मार्फत समाजवादमा पुग्ने बाटो हो । जनताको आत्म-सम्मान, सहभागिता र स्वतन्त्रताकाे कायम राख्ने सरल माध्यम हाे। यो एक किसिमको शान्तिपूर्ण, सचेतनात्मक क्रान्ति हो, जसले आधारभूत संरचना परिवर्तन गराउँछ।
याे विचारधाराबाट संसारका अन्य विचारधाराका कुनै पनि किसिमको नक्कल प्रतिलिपि पाउन सकिदैन, कुनै एउटै सिद्धान्त वा मान्यताकाे अनुसरण गर्नुपर्छ भन्ने पनि छैन। याे आफैंमा एउटा २१ औं शताब्दीमा हरेक राज्यले आफ्नो माैलिकतामा रहेर आफ्नै इतिहासको पृष्ठ भुमिबाट देश जनतालाई सुहाउँदो परिवर्तन र बहुसंख्यक व्यक्तिहरुकाे साेच विचार र परिवर्तन बहुसंख्यक विचारधाराको समष्टिगत रुपकाे बृहत भण्डारकाे खाँका हाे, एकिकृत विचारधारा हाे। यहाँ कुनै पनि वादको प्रतिवाद हुदैन,न त कुनै विचार, सिद्धान्त र वादको विराेध नै गरिन्छ। यसकाे एउटै उद्देश्य हाे मानव समुदायलाई अत्यधिक सुखी, एड्भान्स र चिन्तामुक्त बनाउनु। साथै प्राकृतिक स्रोत साधनको सहि उपयोग र जिव- जन्तुहरुलाई पनि उनिहरुको स्वतन्त्रता, बाँच्न पाउने अधिकार लगायत हकअधिकारकाे पुर्ण रुपले उपयाेग गराउन पाउने बनाउनु हाे। वनस्पतिहरूलाई पनि सहि सदुपयोग गर्दै पारिस्थितिक पद्धतिमा सन्तुलन बनाइराख्न मद्धत गर्ने। यसले हत्या, हिंसा र कुनैपनि किसिमको हातहतियारकाे समर्थन गर्दैन र प्रयोग पनि,यसले केबल बुद्धि, विवेक, सिर्जनशील कार्य, सर्वश्रेष्ठ विचार, कापि,किताब,कलम, र उत्पादन सँग सम्बन्धित सामग्रीहरूको प्रयाेग गर्छ र एक आपसमा हस्तान्तरण गर्छ वा साटासाट गर्छ।याे विचारधाराले सजिवलाई सम्पत्ति मान्छ भने अन्य निर्जिव वस्तुहरुलाई सम्पत्ति मान्दैन। याे विचारधाराले मान्छे बिचकाे जातपात र भेदभावको रुढिवादीमा आधारित सामाजिक संस्कार मान्दैन र महिला पुरुष वा अन्य मानव बिचकाे लैङ्गिक विभेद पनि मान्दैन। मान्छ त केवल उनीहरूकाे बाैद्धिक क्षमता, शारीरिक क्षमता, मानसिक क्षमता,चेतना र चिन्तन गर्ने क्षमतालाई । यो विचारधारामा धर्म भनेकै प्रकृति र जिवन हो। यि दुबै चिज प्राप्त गर्न बाैद्धिक, शारीरिक र मानसिक संघर्ष गर्नुपर्छ। स्वास्थ्य, शिक्षा, राेजगार लगायतका क्षेत्रहरूमा राज्य नियन्त्रित सामाजिक सेवाकाे रुपमा स्थापित गर्नुपर्छ। शिक्षा, राेजगार, स्वास्थ्य लगायतका सामाजिक सेवाकाे पुर्ण रुपले राज्य नियन्त्रित हुनुपर्छ। तत्व,पदार्थ र याैगीककाे रसायनशास्त्री विधि अपनाई समिश्रण गुणकाे वैज्ञानिक उपयोगबाट प्राकृतिक स्वरुपकाे भित्री अन्तरनिहित शक्तिकाे प्रस्फुटन गराई,आफ्नो माैलिक विचार दृष्टिकोण र उदेश्यलाई भिजन,मिसन र एक्सनमा रुपान्तरण गर्न सक्नुपर्छ।
विशेषताहरू:
•हिंसारहित प्रक्रिया
•बाँच्नकाे लागि संघर्ष
•चेतनाको जागरण मार्फत क्रान्ति
•स्थानीय समाधानमा आधारित विकास मोडेल
•वर्ग, जात, लिंग लगायतको उत्पीडनविरुद्ध सशक्त सामाजिक आन्दोलन
•आर्थिक न्याय र स्रोतको समान वितरण
यसकाे व्याख्या-:
क. हिंसारहित प्रक्रिया-:
– बुद्धको अहिंसात्मक मार्ग वा आधुनिक गैरहिंसात्मक आन्दोलनहरूलाई झल्काउँछ।
– कुनै पनि परिवर्तन सशस्त्र संघर्ष वा हिंसाबाट होइन, चेतनाको बल र चिन्तनको गहिरो जनसक्रियताबाट ल्याइने छ।
ख. बाँच्नकाे लागि संघर्ष
– आर्थिक असमानता, जलवायु परिवर्तन, शोषण र बेरोजगारीजस्ता समस्यासँग जुध्ने जीवनमरणको संघर्षलाई स्वीकारेर अगाडि बढ्नु हाे।
– यो संघर्ष कुनै नकारात्मक धारणा होइन; यो सशक्त प्रतिरोध र पुनर्निर्माणको यात्राको हिस्साकाे रुपमा लिईन्छ।
ग. चेतनाको जागरणमार्फत क्रान्ति
– क्रान्ति केवल संरचना मात्रै परिवर्तन होइन, मानवीय चेतना र चिन्तनको स्तरमा हुने उन्नत सामाजिक वातावरणको रूपान्तरण हो।
घ. स्थानीय समाधानमा आधारित विकास मोडेल
– बहुराष्ट्रिय पूँजी वा केन्द्रीय नीतिको सट्टा, स्थानीय स्रोत, ज्ञान, संस्कृति र आवश्यकतालाई प्राथमिकता दिने।
-“सङ्घीयता” र “स्वशासन” जस्तो अवधारणालाई आवश्यकता अनुसार परिमार्जन र मानवीय तृप्तिकाे पुरककाे रुपमा लैजाने ।
ङ. वर्ग, जात, लिंग लगायतको उत्पीडनविरुद्ध सशक्त सामाजिक आन्दोलन
– समावेशीता, समानता र न्यायमा आधारित समतामूलक समाज निर्माणको लक्ष्य।
– दलित, महिलाहरू, आदिवासी, श्रमिक आदिको नेतृत्वमा रूपान्तरण गर्दै मानवीय विभेदको अन्त्य गर्ने जहाँ जातीय विभेद शुन्य हुन्छ ।
च. आर्थिक न्याय र स्रोतको समान वितरण
– सम्पत्तिको केन्द्रीकरण होइन, स्रोतहरू सबैका लागि साझा हुने,कसैकाे एकतर्फी नियन्त्रणमा नरहने।राज्यको नियममा समान वितरण हुने।
– पूँजीवादी असमानताको विकल्पका रूपमा सामाजिक न्याय र सन्तुलित वितरण हुने,यहाँ दलाल र विचाैली पुर्ण निषेध हुन्छ।
केही प्रमुख विषय :
शिक्षा र स्वास्थ्य -:
शिक्षा र स्वास्थ्य आधुनिक मानव समुदायको लागि अनिवार्य र निशुल्क हुनुपर्छ । यसका लागि अझ उच्चतम प्रविधिकाे प्रयोग र व्यक्तिका लागि लगानी रहित उपलब्ध गर्न सक्ने हुनुपर्छ ।
बजेट कार्यक्रम-:
बजेट कार्यक्रम गर्दा नेपालकाे सन्दर्भमा १६ वर्ष उमेर पूरा भएका हरेक नेपाली नागरिकता प्राप्त नागरिककाे सरकारी वा भाैगाेलिक स्थान अनुसार रहेकाे कुनै पनि बैंकमा बैंक खाता खाेलाई रु दश-दश लाख बैंकमा डिपाेजित गराईदिने र साे रकम नागरिककै लगानीमा पर्यटन क्षेत्र, हाईड्राे -पावरमा लगानी गरि प्रत्येक व्यक्तिलाई बराबरी हिस्सेदारीकाे सेयर धनी बनाई नागरिककाे व्यक्तिगत खर्चलाई प्राप्त गर्ने नाफा वा ब्याज मात्र खर्च गर्न मिल्ने व्यवस्था गरी राज्यकोषबाट प्राप्त सावाँकाे प्रतिशतकाे आधारमा पर्यटन क्षेत्रकाे नाफा वा आम्दानीबाट उठेकाे रकम नागरिककै लागि शिक्षा ,स्वास्थ्य राेजगारमा नै लगानी गर्ने, हाईड्राेकाे नाफाबाट प्राप्त रकमलाई पुर्वाधार निर्माण,कृषि क्षेत्रमा लगानी, सुरक्षा क्षेत्रमा खर्च,उद्योगमा लगानी,स्राेत साधनकाे प्रयाेगमा लगानी अनुसन्धान क्षेत्रमा लगानी, लगाएतका गरिब मुलुकहरुलाई सहयाेग गर्ने एवम् अनुदान दिने , यदि यसाे गरे,देशमा काेहि गरिब हुदैनन्,सबै समान हुन्छन् ,अतिरिक्त काम गर्नेले केहि बढि रकम कमाउन सक्छन् । विश्वमा पनि याे प्रक्रिया अझ बढी वैज्ञानिक र आफ्नो अनुकुलता अनुसार अपनाउन सकिन्छ । यसमा दिगो विकास ,पुर्ण विकास र नाफामुखि बजेटमा निरन्तरता हुनुपर्छ ।
कर निति-:
राज्यले जनतासँग कुनै पनि किसिमको करहरु लिनु हुदैन । बरु राज्य नियन्त्रित क्रियाकलाप गराएर जनता स्वयमलाई स्वराेजगार उत्पादन मुखि बनाउन लाग्नुपर्छ । राज्य जनताबाट उठाएको करले चल्छ र धनि हुन्छ भन्ने संकुचित विचारधारालाई जरैदेखि निर्मूल पार्न सक्नुपर्छ। जनता सँग कर लिने हाेइन,बरु जुनसुकै पेशा र क्षेत्रमा लागेका जनतालाई उनिहरुको उत्पादन,सिप, क्षमता, दक्षता, बुद्धिलाई अझ बढी अभिवृद्धि गरी एकद्वार प्रणालीबाट केन्द्रिकृत गरेर उनीहरूलाई उचित पुरस्कार र पारिश्रमिक दिएर अन्य मुलुकमा निर्यात गरी देशकाे अर्थतन्त्र चलाउने बृहत्तर साेच बनाउनु पर्छ। करकाे वर्गीकरण गरेर नाफामुखि र बेनाफामुखि, व्यवसायीक र संस्थागत, राष्ट्रिय औद्योगिक र अन्तराष्ट्रिय औद्योगिक कुन प्रयोजनको क्षेत्र हाे, त्यो छुट्याएर स्थानीय तह, जिल्ला, कुनै प्रशासनिक विभाग, वा कुनै निश्चित स्थानकाे कर कार्यालय यि मध्य कुनै एउटा कार्यलयमा कर तिर्ने र संस्था साेही अनुसार नविकरण वा दर्ता गराउने प्रणालीको थालनी हुनुपर्छ। राज्यले राज्य भित्र लगाउँदै र असुल्दै आएको कुनै पनि किसिमको चाैतर्फि कर आतंक बन्द गरी ,कर रहित राज्यकाे स्थापना गर्नुपर्छ। आजसम्म आइपुग्दा जनताले राज्यलाई अनेकौं किसिमको करहरु तिर्दै आएका छन्,तर आजसम्म पनि त्याे कर जनताकाे सेवामा र हितको लागि कहिल्यै खर्च भएको देखिँदैन,उहि तलब भत्ता र कार्यलय खर्चकाे रुपमा मात्र प्रयोग गरेको देखिन्छ। त्यसैले कमजोर अर्थतन्त्र, बेरोजगार, औद्योगिक क्षेत्रको विकासमा कमि, कृषि लगायत अन्य थुप्रै क्षेत्रको उत्पादनकाे कमि भईरहेको नेपाल जस्तो विकासोन्मुख देशमा कर उठाउनु र जनतालाई देशको विकासकाे लागि कर उठाएकाे भनेर बेबकुफ बनाउनु राज्यकाे आफैमा एउटा त्रुटि वा लज्जाको कुरो आउँछ।
self Landing Arrangement (system) or Communism (आत्म अवतरण व्यवस्था वा साम्यवाद) का ३ महत्वपूर्ण आयामहरू एवम् नयाँ रणनीतिक संरचना:-
१.बाैद्धिक विचार-:व्यापक स्व अध्ययन -अनुसन्धान, व्याख्या र व्यवहारिक प्रशिक्षण।
२.कुतनितिक सम्बन्ध:-आन्तरिक र बाह्य। दुबै पक्षलाई विश्वास दिलाउन सक्नुपर्छ। आन्तरिकमा राजनीति दल वा जनता हुन्। यसमा दुवै सम्बन्धका लागि बफादार र अडानमा रहन सक्नुपर्छ।
३.सैनिक संरचना:-जनसेना, सशक्त सेना, साङ्गठनिक सेना।
-“जनसेना” जनताकाे सेना यसमा डाक्टर-नर्स, स्वयंसेवक, अभियन्ता,वकिल, पत्रकार, लेखक, प्राध्यापक लगायत। विद्यार्थीले सहायक भूमिका निर्वाह गर्ने,
-“सशक्त सेना” आर्मी, पुलिस,APF, वैज्ञानिक, सिभिल गार्ड,सबै खेलका खेलाडी,लगायतका समय अनुकुल उत्पादन र सिर्जनात्मक कार्यमा लाग्न सक्ने।
-“साङ्गठनिक सेना” किसान, मजदुर , व्यवसायी, कर्मचारी, कलाकार, स्वराेजगारहरु यि सबै उत्पादनमूलक क्षेत्रतर्फ लाग्ने र राष्ट्रिय आयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने।
संक्षिप्त व्याख्यामा : देसमा आमूल परिवर्तनका लागि क्रान्ति अनिवार्य छ। क्रान्ति भन्ने बित्तिकै ठुलाे बलिदानि र संघर्षबाट प्राप्त गरिएकाे फलकाे रुपमा लिईन्छ। यसकाे पनि एउटा निश्चित उदेश्य र लक्ष्य हुन्छ। छाेटकरीमा भन्नुपर्दा क्रान्ति घरपरिवारबाटै सुरु हुन्छ र लामाे समयकाे संघर्ष पश्चात् अन्त्यमा साम्यवाद प्राप्त हुन्छ । -ल्याण्ड लकबाट घेरिएको नेपाल विश्वकाे भुगाेलमा सर्वाेच्च शिखर सगरमाथा,पहाडका फाँट र समथर भुभाग तराईसम्म पुग्दा विश्वकाे सम्पूर्ण भुगाेलकाे अध्ययन एउटै ठाउँबाट गर्न सकिन्छ । विश्वका ठुला र जनघनत्वमा पहिलाे, दाेस्राे स्थान ओगट्न सफल दुई मुलुक चीन र भारत नेपालकाे छिमेकी तथा इतिहासदेखि नै अनेकौं सम्बन्धमा घनिष्ट बन्दै आएकाे शक्ति राष्ट्रहरू हुन । यी छिमेकीलाई राजनीतिक, सामाजिक, सांस्कृतिक , धार्मिक र आर्थिक दृष्टिले हेर्दा नेपालमा मिश्रित किसिमको अवस्था रहेकाे पाइन्छ । उत्तरमा चीन पूर्व, पश्चिम र दक्षिणमा भारतले नेपाललाई कभर गरेकाे छ । नेपालकाे धर्म, कला, खानपिन, रहनसहन, मानवीय बनावट तथा वातावरणीय परिवेश प्राय यी दुवै देशकाे जस्तो मिल्दो जुल्दाे हुन आउछ तर राजनीति दृष्टिले भारत ठुलाे प्रजातान्त्रिक मुलुक हाे, भने चीन विश्वकै ठुलाे कम्युनिस्ट मुलुक हाे । चीनमा माओले स्थापना गरेकाे साम्यवादी शासन पद्धति लागू भइरहेको छ, भने यता भारतमा ब्रिटिशकाे अधिनायकत्वकाे समाप्ति पश्चात् गान्धी र जवाहरलाल नेरूकाे उद्दार समाजवादी व्यवस्थाकाे थालनी भइरहेको छ । यी सबै परिवेशलाई मध्यनजर गरेर हेर्ने हाे भने’ नेपालले याे दुवै राजनीति प्रणालीलाई अपनाएर अगाडि बढ्न आवश्यक देखिन्छ! किनभने, नेपालकाे भु- राजनीतिक कारणले गर्दा, यी दुई मुलुक मध्य कसैलाई पनि चिराएर र शत्रुता गरेर अगाडि बढ्न सक्ने स्थिति देखिदैन । नेपालमा विभिन्न जाति समुदाय र ठुला छिमेकी बिच ल्याण्ड लक अवस्थामा नेपाली भुमि रहेकाले मिस्त्रित राजनीतिक सिद्धान्त ,सन्तुलित तर शक्तिशाली कुटनैतिक सम्बन्ध र राष्ट्रिय स्वार्थ हित अनुकुल रणनीतिक विधि अपनाउनु पर्ने वा वैकल्पिक रूपमा यहाँकै भुगाेल अनुरुपकाे कला, संस्कृति, धर्म, समुदाय र उत्पादनको आधारमा सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यावस्था अपनाउदा राम्रो देखिन्छ । सेल्फ ल्याण्डीङ्ग अरेन्जमेन्ट वा कम्युनिज्म(आत्म अवतरण व्यवस्था वा साम्यवाद) भन्नाले आफ्नो प्राकृतिक स्वरुपकाे भित्री अन्तरनिहित शक्तिकाे प्रस्फुटन गराई,आफ्नो माैलिक विचार दृष्टिकोण र उदेश्यलाई भिजन,मिसन र एक्सनमा रुपान्तरण गर्दै छिमेकि दुवै देश बिचकाे सम्बन्ध घनिष्ट तर यी दुवै देशलाई राजनीतिक, कुटनैतिक र रणनीतिक तरिकाले प्रयाेग गरि अन्य तेस्रो मुलुकसँगकाे सम्बन्धलाई चतुरपुर्ण तरिकाले आर्थिक, व्यापारीक, सामरिक लगाएत राजनीतिक, कुटनैतिक रूपमा समान दुरी र सम्बन्ध बनाइराख्नु , जल- थल र वायु मार्गकाे सम्भावनालाई विस्तार गर्दै जानु र अन्य विश्वका अधिकार हिन टापुलाई आफ्नो क्षेत्राधिकारमा राख्ने सम्मकाे क्षमता बनाउन सक्नु वा समग्रमा भन्नुपर्दा राष्ट्रिय माैलिकताकाे आधारमा क्रान्ति सम्पन्न गर्नु नै सेल्फ ल्याण्डीङ्ग अरेन्जमेन्ट वा साम्यवादी(आत्म अवतरण व्यवस्था वा साम्यवाद) व्यवस्थामा जानु हाे ।१९औं शताब्दीमा गरिएको क्रान्ति आजकाे २१औं शताब्दीमा हावामा उडेको बल जस्ताे हुन सक्छ, अन्तरदेशीय क्रान्तिकाे नक्कल गरेर अगाडि बढ्नु भन्दा आन्तरिक स्वस्फूर्तिकाे क्रान्ति गरेर अगाडि बढ्न सके टिकाउ,दरिलाे र दिर्घकालिन हुनसक्छ। अबकाे क्रान्ति नेपाली माैलिकताकाे आधारमा हुनुपर्छ । किनभने कुनै पनि देसले नयाँ परिवर्तन र सिर्जनाकाे लागि आफ्नाे संप्रभुतालाई ख्याल राखेकाे हुन्छ । तसर्थ हामिले पनि आफ्नाे संप्रभुतालाई जाेगाउदै भविष्यकाे सुन्दर जिवनलाई सफल बनाउने सरल बाटाे निर्माण गर्न अनिवार्य छ।
विश्वमा परिवर्तित हुँदै क्रान्तिकाे वैज्ञानिक स्वरुपमा
कृषि क्रान्ति (1960)-1980
औद्योगिक क्रान्ति(1980)-2000
आई( I T) क्रान्ति(2000)-2020
स्वास्थ्य क्रान्ति (wellness)(2020)-2040
अन्तरिक्ष यान क्रान्ति (spacecraft)(2040)-2060 The period continues.
परिवर्तन हुँदैकाे व्यवस्थामा
१.पूँजीपति वर्ग
२.पुँजीवादी व्यवस्था
३. दलाल पुँजीवादी व्यवस्था –
४. संसदीय दलाल पुँजीवादी व्यवस्था
५ .संसदीय व्यवस्था
६.दलाल संसदीय व्यवस्था
७.समाजवादी व्यवस्था
८. दलाल समाजवादी व्यवस्था
९.वैज्ञानिक समाजवादी व्यवस्था
१०. दलाल वैज्ञानिक समाजवादी व्यवस्था
११. नवउपनीवेशी वैज्ञानिक समाजवादी व्यवस्था
यसलाई व्याख्या गर्न विद्वानहरुले सहयाेग गर्ने।
साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा-:
पुँजिवादको जन्म साम्राज्यवादको काेखमा हुन्छ, भने पुँजीवादलाई मलजल गरेर हुर्काउने, बढाउने र फैलाउने काम विस्तारवादले गर्दछ। साम्राज्यवाद सामन्तीले निर्माण गरेको शक्तिशाली व्यवस्था हो। यो सिंगो सामन्तीहरुको संगठन पनि हाे। जुन यत्रतत्र छरिएर रहेको सामन्तको नेटवर्कको सञ्जाल पनि हाे । विस्तारवाद यसकै सहायक पाटो हो। किनभने साम्राज्यवादको आडमा विस्तारवादले विश्वभरिनै विस्तारवादी निति अपनाएको हुन्छ। त्यसैले यी दुई एक सिक्काका दुई पाटा हुन्। यसको अस्तित्व मध्य कुनै एकको अस्तित्व समाप्त पार्न सकियो भने साम्राज्यवादको समाप्ति र नयाँ व्यवस्थाको प्रारम्भ सुरु गर्न सकिन्छ । साम्राज्यवाद र विस्तारवादले, आफ्नो साम्राराज्य बनाइराख्न, कमजोर राज्य, गरिब मुलुक, धेरै जनसंख्या भएकाे देश, विकासोन्मुख देस, विज्ञान र प्रविधिमा पछि परेका लगाएत भाेका, नाङ्गा, असक्त, अनिकाल, रुढीबादी र बिमारी ग्रष्ट मुलुकमा विभिन्न आर्थिक र शक्तिको लाेभ र धम्कीमा डबडबा गरेर नियन्त्रण बनाइराख्ने कोशिस गरिरहन्छ । तसर्थ साम्राज्यवाद र विस्तारवादकाे दासत्वबाट अछुतो र सुरक्षित रहनकाे लागि सर्वप्रथम कुनै पनि राष्ट्र सार्वभौम हुन र हरेक क्षेत्रमा आत्मनिर्भर हुनु आवश्यक छ। यसकाे लागि ज्ञान,सिप र परिश्रम महत्त्वपूर्ण हुन्छ।
उदेश्य सहितका मागहरु-:
मेराे स्वतन्त्र आवाज
१.टाेल,समुदाय,बस्ती,गाउँ ,वडा,नगर एवम् देसैभर माैलाईरहेकाे दर्दनाक र काहालिलाग्दाे भ्रष्टाचारको अन्त्य हुनुपर्ने। जनतालाई हरेक क्षेत्रमा लगाउँदै आएकाे चाैतर्फि कर हटाउनुपर्ने। तिरेको करकाे सदुपयोग गरि कर तिर्नेलाई सम्मान गर्नुपर्ने।
२.सरकार जनमुखि राष्ट्र मुखी हुनुपर्ने,जाेकाेहिले सार्वजनिक पद धारण गरिसकेपछि दलभन्दा माथि उठेर काम गर्नुपर्ने। प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने।
३.राष्ट्रिय सुरक्षालाई ध्यानमा राखि देसमा दिगो शान्ति,दिगाे विकास र पुर्ण विकास हुनुपर्ने । सबै सरकारी संयन्त्र र सार्वजनिक सम्पत्ति राजनीतिबाट अलग हुनुपर्छ।
४.वर्तमान समयमा देसमा आर्थिक संकट चुलिदै आएकाले सरकारले देसकाे आर्थिक भार न्युनिकरण गर्न कर्मचारीलाई बढाउँदै आएकाे तलब,भत्ता,सेवा-सुविधा खारेज गरि बरु सम्पूर्ण जनतालाई नै राहत हुनेगरी महंगी र मूल्य नियन्त्रण गरिनुपर्ने ।व्यवसायी र पुँजी बजारलाई उत्पादनकाे प्रमुख स्रोतमा लिनुपर्ने ।
५.स्वास्थ्य र शिक्षा क्षेत्र जस्ताे बेनाफामुखी सामाजिक संस्थालाई व्यापारीकरण र निजिकरमा पुर्ण रुपमा राेक लगाउनुपर्ने ।
६.किसान,मजदुर,,बेरोजगार,वृद्ध बालबालिका ,निम्न आय भएका,स्वराेजगार, अपांगगत,बेसाहारा,काम गर्न नसक्ने, पत्रकार,लगाएत धारासायी बनेका साना संघसंस्था एवम् फर्मलाई जिवनमुखि भत्ता,सुविधाकाे व्यवस्था गरिनुपर्ने।
७.प्रजातन्त्रलाई केन्द्रमा राखि जनताकाे बहुदलिय व्यवस्थाकाे सम्मान गर्दै,सबै समुदाबिचकाे स्वतन्त्र र खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट बहुमतीय व्यवस्थाकाे स्थापना गरिनुपर्ने। ६६ वर्ष उमेर माथिकालाई राजनीति गर्न निषेध गर्दै ” सबै समुदायबाट चुनिएको”कार्यकारी”प्रत्यक्ष निर्वाचित”हुनुपर्ने।
८.न्यायलय जस्ताे पवित्र निकायकाे सम्मान र रक्षा गरिनुपर्ने। देशकाे सम्पुर्ण सुरक्षा संयन्त्र न्यायलयकाे मातहतमा रहनुपर्ने र न्यायकाे सर्वाेच्चता नै सरकारकाे प्रमुख हुनुपर्ने ।
९.संविधानकाे भाग ३ धारा १६ देखि ४७ अनुसारकाे माैलिक हककाे कार्यन्नयन हुनुपर्ने ।
१०.राजनिती गर्नेले १ बर्ष राजनिती शिक्षा र सामाजिक शिक्षाको अध्ययन गर्नुपर्ने,अबकाे याेग्य उम्मेदवार हुनलाई तिनै तहकाे लागि +२ पास अनिवार्य साे भन्दा माथि हुनुपर्ने। तर समाजशास्त्र , भुगाेल, राजनीति शास्त्र ,जनसंख्या शास्त्र ,अर्थशास्त्र,नितिशास्त्र, मध्ये कुनै तीन विषय अध्ययन गरिनुपर्ने ।
११.देसमा डेढ दशक भन्दा बढि समयसम्म लगानी गरि उत्पादन भएका शैक्षिक याेग्यता सहितकाे सिपप्राप्त दक्ष जनशक्तिलाई वैदेशिक राेजगारकाे नाममा एवम् अन्य विभिन्न बहानामा देश बाहिर पठाएर रेमिट्यान्स भित्र्याउने र देसलाई जनशक्ति विहिन,युवा विहिन बनाउन बाट राेक्नुपर्ने।बरु अदक्ष र सीप नसिकेका कम पढेका व्यक्तिलाई सिमित अवधिका लागि वैदेशिक राेजगारमा पठाईयाेस् र पछि स्वदेश फर्कदा देसमै राेजगारकाे व्यवस्था गरियोस् ।
१२.जनताले कर तिरेर तलबभत्ता ,सेवासुबिधा दिएर जनतालाई सेवा गर भनेर काम दिएकोमा सबै जिम्मेवार पात्रहरुले ईमानदारपुर्बक काम गर्नुपर्याे । जुनसुकै सार्वजनिक पदवालाले जनता मालिक भएकाले जनताको सेवा गर्नुपर्याे।
विकासकाे सामान्य अर्थ-:
मानव समुदायकाे चेतनामा आएको सभ्यताको धारणामा भईरहेकाे परिवर्तन नै विकास मान्न सकिन्छ । विकास भनेर अनेकौं भ्रम छर्ने र झुक्याउने नगराैं र गर्न पनि नदिऔं तसर्थ हामिले न्याय ,समानता र सभ्यताकाे सत्य अर्थ बुझ्न सक्नुपर्छ । विकास संरचना मात्र हाेईन, समाजकाे चेतनाको सकारात्मक रुपान्तरण पनि हाे।
नागरिक जनजिविकाका विषयमा उठाएका आवाजहरु-:
– नागरिक स्वतन्त्रताको रक्षा गराैं।
– राजनिती दलमा अपराधी,भ्रष्टाचारी गुन्डाडन,ठेकेदार,दलाली र नैतिक पतन गुमाएकालाई प्रवेशमा राेक लगाऔं।
-जनताकाे बहुदलीय व्यवस्थाकाे सम्मान गर्दै,
जनताकाे बहुमतिय व्यवस्था लागू गर।
-जनतामाथिकाे सबै कर खारेज गर।
– संविधानमा उल्लेख गरेकाे माैलिक हक,अधिकारकाे कार्यनयन गर।
-निजि सम्पतिकाे राष्ट्रियकरण गर।
-जनतालाई चुनावमा किनबेच गर्न पाईदैन।
-जनतालाई भाेक-भाेकै मार्न पाईदैन।
-तलब भत्ता वृद्धि गर्नु साटाे,मुल्यवृद्धि नियन्त्रण गर।
-किसान ,बेरोजगार र गरीबसँग कर उठाउन पाईदैन।
-साना फर्म,किराना पसल,चिया पसल,साना मिडिया,पान पसल र तरकारी पसलकाे कर प्रणाली खारेज गर।
-स्वराेजगार उद्यमिकाे सम्मान गर।
-एक परिवार एक स्वराेजगार निर्माण गर।
-नागरिकलाई क्षमता,याेग्यता अनुसारकाे काम र आवश्यकता अनुसारकाे दाम दे।
-हरेक क्षेत्रमा राजनिती काेटा बन्द गर।
-दर्दनाक र बर्बरिक भ्रष्टाचारकाे अन्त्य गर।
-घिनलाग्दाे संसदिय व्यवस्थाकाे अन्त्य गर।
-प्रत्यक्ष निर्वाचित कार्यकारीकाे थालनी गर।
-बालबालिका ,असाहाय,वृद्धवृद्धाहरु र महिलाहरूको सम्मान गराैं।
आवश्यक विषयहरु:
१.मजदुर र किसानकाे विषय।
२.जातपातकाे विषय र राज्यमा समानताकाे विषय।
३.बेराेजगार र माैलिक हक अधिकारकाे विषय।
४.स्वतन्त्रता र धर्म,संस्कृति, भाषा, कलाकाे विषय।
५. देसकाे मुख्य समस्याको रुपमा जराे गाडेर रहेकाे भ्रष्टाचारकाे विषय।
६.निर्वाचन र कुनैपनि राजनीति वा संगठनमा आराेपित,सजाय भाेगिसकेकाे अपराधी ,फाैजदारी अभियाेग लागेकाे,नैतिक पतित,काण्डमा मुछिएका,राजनीतिक शास्त्र र समाज शास्त्रकाे ज्ञान नभएका,सरकारी सेवामा आवद्ध र रिटायर लगायतलाई राजनीतिमा पुर्ण निषेध हुनुपर्छ । (तर राजनीतिक बन्दीहरु र आमुल परिवर्तनको संघर्षको लागि लड्नेहरुलाई याे निषेध हुदैन ।)
निष्कर्षमा:
आत्म अवतरण व्यवस्था” भन्नाले केवल राजनीतिक वा आर्थिक परिवर्तन होइन, मानवीय चेतना र चिन्तन, सामाजिक सम्बन्ध, उत्पादन प्रणाली र विकासको आधारभूत संरचनामा गहिरो रूपान्तरणको परिकल्पना गरिएको छ। यो अवधारणा “नयाँ युगको नयाँ प्रारम्भ” हो – जहाँ संघर्ष छ, तर हिंसा छैन, जहाँ चेतना र चिन्तन छ,उन्नत क्रान्ति पनि त्यहीँबाट जन्मिन्छ। विश्वमा भएका क्रान्ति प्रायः हिंसा, राजनीतिक सत्ता कब्जा र वर्ग-संघर्ष बाट प्रेरित हुन्छन्। तर यसमा मौलिक क्रान्ति हुने भएकोले “आत्म अवतरण व्यवस्था वा समाजवाद” भित्रि आत्मपरिवर्तन, शिक्षा, चेतना, सांस्कृतिक रूपान्तरण र स्वतन्त्र सामाजिक पहल मार्फत समाजवादमा पुग्ने बाटो हो । यसमा संघर्ष नै बाँच्नकाे लागि संघर्ष हुन्छ।
(समयअनुसार विचार थप्न सकिने।)
# सन्ताेष प्रसाद तिवारी #
******












