काठमाडौं । काठमाडौंमा आज मंगलबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेको हो। सोमबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यको प्रभावका कारण सुनचाँदीको भाउ निरन्तर उतारचढावमा देखिएको छ।












