काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसले नेपाल आयल निगमलाई १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा पुर्याएको छ भने पाक्षिक घाटा १३ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ। नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल, डिजेल र ग्यासको मूल्य यथावत राखिएको छ। तर हवाई इन्धनको मूल्य भने बढाइएको छ। निगमले बढ्दो अन्तर्राष्ट्रिय मूल्यका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।













