काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा ५१४ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी रोशन दाहालले ४५२ मत प्राप्त गरे। महासचिव पदमा शिवहरि घिमिरे विजयी भएका छन्। घिमिरेले ५२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।
प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट सहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिम बाट प्रकाशबहादुर शेट्टी निर्वाचित भएका छन्। त्यस्तै, नीतिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित हुँदा कोषाध्यक्षमा उज्ज्वल गौतम र सह-कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्।












