ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं / नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल २१९ रुपैयाँ र डिजेल/मट्टितेल २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ बढेर २,०१० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धन पनि प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ। निगमले अन्तर्राष्ट्रिय मूल्य वृद्धि र घाटा कायमै रहेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।












