काठमाडौं — सरकारले शिक्षा क्षेत्रमा ३ प्रतिशत “समता कर” लागू गर्ने घोषणा गरेपछि यसको विरोध विद्यालय तथा अभिभावकहरूमा चिन्ता तथा विरोध बढ्न थालेको छ। निजी विद्यालय सञ्चालकहरूले नयाँ करले शिक्षा क्षेत्र थप संकटमा पर्ने होकि भन्दै विद्यालय शुल्क बढ्ने चिन्ता पनि व्यक्त गरेका छन्। निजी विद्यालयका प्रतिनिधिहरूले सरकारले बारम्बार नयाँ कर थप्दा शिक्षण संस्था सञ्चालन गर्न कठिन बन्दै गएको बताएका छन्। उनीहरूका अनुसार करको भार अन्ततः विद्यार्थी र अभिभावकमै पुग्नेछ।
अभिभावकहरूले पनि अहिलेको महँगीकै बीच थप आर्थिक दबाब सिर्जना हुने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा समेत “समता कर” को पक्ष र विपक्षमा बहस तीव्र बनेको छ। सरकारले भने शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न र सार्वजनिक शिक्षाको सुधारका लागि यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।

