ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं — राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई मात्र होइन, सडक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा लापरवाही गर्ने निकायलाई पनि कानुनी रूपमा जिम्मेवार बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा उनले नागरिकसँगै राज्य पनि समान रूपमा उत्तरदायी हुने कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै यस्तो विधेयक आए संसदबाट समर्थन गर्ने प्रतिबद्धता जनाए।

