ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शंखरापुर नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर नराखिनु संविधानको उल्लङ्घन र बर्खिलाप : नगर प्रमुख रक्षेबहादुर तामाङ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० असार ०७।

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शंखरापुर नगर समिति साँखुले शंखरापुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।बिहीबार नगर प्रमुख रमेश नापितलाई केन्द्रका नगर अध्यक्ष रक्षेबहादुर तामाङ “युनिक” द्वारा हस्ताक्षरित २९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ADVERTISEMENT

ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम र बजेटमा शंखरापुरलाई समृद्धतर्फ उन्मुख गराउन जनमुखी र जन पक्षीय अनि उत्पादनमुखी योजना तथा बजेट विनियोजन गर्नुपर्ने मागहरू अघि सारेका छन् ।

त्यस्तै पत्रमा लेखिएको छ‚ ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको मर्म र भावनाको यस नगरपालिकामा अक्षरशः पालना नभएको पाइएकोले कार्यालयमा देशको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराखिनुले संविधान उलंगन र बर्खिलाप भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल राख्नुहुन अनुरोध गर्दछौँ । साथै नगरपालिकाको वार्षिक योजना पुस्तिकाको कभर पेजमा प्रकाशन गरिएको राजा महाराजाको तस्बिर हटाईयोस् ।’
यस्तै शंखरापुर नगरपालिका वडा नं. ३, साबिक लप्सेफेदी गा.वि.स. वडा नं. ४, ५, ६ र ९ का किसान जोताहाहरूलाई सम्बोधन गर्न आनन्द शम्सेर जबराको बिर्ता जग्गा मध्ये ५०४ रोपनी जग्गा प्राप्त गराउन हामी सफल भएका छौँ । अब किसानले प्राप्त गर्न बाँकी रहेको २०३७ साल पौष २६ गते भएको मिलापत्र बमोजिम जग्गाहरू किसानको जग्गा किसानलाई फिर्ता गर्नु पहल गर्न आग्रह गरेका छन् ।

यसै गरी नगरप्रमुख नापितले ध्यानाकर्षण पत्रमा उल्लेख भए बमोजिमका मागहरू सकिने जतिमा कुनै कसरत बाँकी नराखी सम्बोधन गरिने बताए ।

यसै गरी चाबहिल, साँखु हुँदै जहरसिंह पौवा बाहुनेपाटी मेलम्ची चार लेनको सडक यति बेला शंखरापुर न.पा.वडा नं. ६ स्थित सलम्बुदेवी वन छेउ शंखरापुर पोलिटेक्नीकल कलेजसम्म विस्तार भई हाल विविध कारण वंश विस्तार हुन नसकी रोकिएको उक्त सडक आयोजनालाई कि पु:न विस्तार गरियोस्, कि त विकल्प वा निकास दिन पहल गरियोस् ।

शंखरापुर नगरपालिकाको माथिल्लो भेग वडा नं. १, २, ३ र ४ लाई पायक पर्ने गरी पर्यटकीय नगरी जहरसिंह पौवामा नगर अस्पताल निर्माण गर्नका लागि पहल कदमी अगाडि बढाउन आग्रह गरेका छन् ।यस्तै मणिचुड वनस्पति उद्यान पार्क पु:न स्थापनामा यो वर्षको नीति कार्यक्रममा राख्नका लागि जोड दिएका छन् ।

ध्यानाकर्षण – पत्र
“उज्यालो नेपालको निर्माता एवं परिवर्तन र समानताका सम्बाहक” हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा २०५२ साल फागुन १ गते जनमुखी र जनपक्षीय मागहरु राख्दै न्याय र समानता, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गरी एकतन्त्रीय शासन व्यवस्थाको समुल अन्त्यका खातिर महान दश जनयुद्ध भएको, हाम्रो गौरवपूर्ण ईतिहास नेपाली जनताको लागि कोशेढुङ्गा सावित भएको छ । जसको जगमा २०६२।०६३ को १९ दिने जनआन्दोलन सफल भए पश्चात नेपालमा २ पटकको संविधान सभाको निर्वाचनबाट बनेको संविधान, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लागु भई हामी यतिवेला सार्वभौम सम्पन्न लोकतान्त्रिक गणतन्त्र नेपालको स्वतन्त्र नागरिक भई बाँच्न पाएका छौं । यो व्यवस्थामा जनता रैतीबाट नागरिक बन्न पाएका छन्, देशको राष्ट्रप्रमुख नेपाली जनताको छोरा छोरी भएका छन् । निर्धक्क पुर्वक आफ्ना हक र अधिकारका लागि बोल्न र लेख्न अनि लड्न पाएका छन्, संगठित हुन, सभा सम्मेलन गर्न पाएका छन्, यो सुनौलो जनताको जनपक्षीय र जनमुखी व्यवस्था ल्याउनका लागि महान दश बर्षे जनयुद्ध र जनआन्दोलनमा आफुलाई उत्सर्ग गर्नु हुने महान शहिद तथा वेपत्ता घाईते अपाङ्ग वीर योद्धहरुमा हार्दिक श्रद्धा एवं सलाम छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाडौं जिल्लाको ऐतिहासिक, पौराणिक, साँस्कृतिक, धार्मिक, पुरातत्विक, पर्यटकीय नगरी शंखरापुर नगरपालिकाको आ.ब. २०८० २०८१ को नवौं नगरसभा तथा नगर अधिवेशनबाट पारित हुने निति तथा कार्यक्रममा तपसील बमोजिमका जनमुखी र जनपक्षीय अनि उत्पादनमुखी योजना तथा बजेट विनियोजन गराउनका लागि बुँदागत रुपमा सुझाव सहित ध्यानाकर्षण गराउँदछ।

ध्यानाकर्षण तथा सुझावहरुः-
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको मर्म र भावनाको यस नगरपालिकामा अक्षरस पालना नभएको पाईएकोले कार्यालयमा देशको राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नराखिनुले संविधान उलंगन र बर्खिलाप भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल राख्नुहुन अनुरोध गर्दछौं । साथै नगरपालिकाको बार्षिक योजना पुस्तिकाको कभर पेजमा प्रकाशन गरिएको राजा महाराजाको तस्वीर हटाईयोस ।
२) हाम्रो नगरपालिकाको संबृद्धिको आधार एवं मुख्य उदेश्य, लक्ष्य भनेको कृषि, पर्यटन र उद्योग भएको हुनाले आ.ब. २०८० २०८१ को वजेट योजना तथा निति कार्यक्रमहरु सोही उदेश्यलाई लक्षित गरी निर्माण गरियोस् ।
३) बजेटमा जनमुखी र जनपक्षीय तथा उत्पादनलाई सम्बोधन हुने गरी योजनाहरु विनियोजन एवं तर्जुमा गरियोस्।
४) प्रत्येक वडाहरु बलियो सक्षम भएपछि मात्र नगर बलियो र सक्षम हुने भएकोले वडालाई लक्षित गरी बढी भन्दा बढी वडामा
शंखरापुर नगर कमिटी, साँखजेट विनियोजन गरी अधिकार र योजनाहरु विकेन्द्रीकरण गरियोस् ।
५) भौगोलिक अवस्था र विविधतालाई मध्य नजर गरी जसको आधारमा र समानुपातिक हिसावले योजना विनियोजन गरियोस्।
६) महिला, दलित, जनजाति, अल्पसंख्यक एवं पिछडिएका वर्ग क्षेत्रलाई राज्यबाट दिएको कोटालाई अक्षरस लागु गरियोस्।
७) स्वरोजगार, रोजगार सृजना हुने, र उत्पादनमुखी व्यवसायलाई प्रोत्साहन हुने कार्यक्रमहरु तय गरियोस्।
८) किसानको विद्यामान समस्यालाई तत्काल सम्बोधन गर्न रासायनिक मलको व्यवस्था गरियोस् । साथै घर पालुवा गाई भैंसी, बाख्रा, कुखुराको विमाको लागि यस नगरपालिकाले निति तथा कार्यक्रम गरी लागु गरियोस् ।
९) भू-उपयोग निति तथा कार्यक्रम अक्षरस पालना गरी भूमी सम्बन्धी समस्यालाई समधान गरियोस् । साथै शंखरापुर भित्र रहेको भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापन गरियोस् ।
१०) बन्य जन्तु (बाँदर बँदेल लगायतका जीव जन्तु) लाई नियन्त्रण गरी किसान राहत दिने निति तथा कार्यक्रम लागु गरियोस् ।
११) शंखरापुर कला साँस्कृतिक ग्राम (नेपाल भित्रको नेपाल निर्माण परियोजना) लागु गर्न पहल गरियोस्।
१२) शंखरापुर ओपन स्टुडियो हब बनाउन पहलकदमी र जोड गर्नुपर्ने । (खुल्ला चलचित्र छायाँङ्कन)
१३) शंखरापुर नगरपालिका भरि एक घर एक धारा खानेपानी आयोजनालाई दृढताका साथ लागु गरियोस्।
१४) शहिद किरण दंगाल स्मृति तथा विज्ञान प्रविधि पार्क सफल निर्माणमा जोड दिईयोस् ।
१५) कृषि तथा वन विज्ञान प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङलेभारे, काठमाडौंमा स्थापना गर्न साथ सहयोग गरियोस् ।
१६) शंखरापुर नगरपालिका वडा नं. ३, साविक लप्सेफेदी गा.वि.स. वडा नं. ४, ५, ६ र ९ का किसान जोताहाहरुलाई सम्बोधन गर्न आनन्द शम्सेर जबराको विर्ता जग्गा मध्ये ५०४ रोपनी जग्गा प्राप्त गराउन हामी सफल भएका छौं । अब किसानले प्राप्त गर्न बाँकी रहेको २०३७ साल पौष २६ गते भएको मिलापत्र बमोजिम जग्गाहरु किसानको जग्गा किसानलाई फिर्ता गर्नु पहल गरियोस् ।
१७) अबरुद्ध रहेको शंखरापुर न.पा. वडा नं. ३ बोजेनीमा रहेको तामाकोशीको सवस्टेशन तत्काल संचालन गर्न जोड दिईयोस् ।
१८) शंखरापुर नगरपालिकाको माथिल्लो भेग वडा नं. १, २, ३ र ४ लाई पाएक पर्ने गरी पर्यटकीय नगरी जहरसिहं पौवामा नगर अस्पताल निर्माण गरियोस् ।
१९) मालपोत नापी कार्यालय र ईलाका प्रशासन कार्यालय सम्पुर्ण सेवाग्राही र हरेक हिसाबले उपयुक्त स्थानमा निर्माण गरियोस्।

२०) महिला र युवाहरुलाई स्वरोजगार बनाउन रोजगारको अवसरहरु सृजना गरियोस् ।
२१) शालीनदी मनोहरा करिडोर एवं मनमता, महादेव खोला तटबन्ध सहितको निर्माण आयोजना विस्तार गरियोस्।
२२) शंखरापुर नगरपालिको सबै वडाको सम्पूर्ण सडकहरु स्तरोन्नति गरी कालोपत्रे गरियोस्।
२३) चाबहिल, साँखु हुँदै जहरसिंह पौवा बाहुनेपाटी मेलम्ची चार लेनको सडक यतिबेला शंखरापुर न.पा.वडा नं. ६ स्थित सलम्बुदेवी वन छेउ शंखरापुर पोलिटेक्नीकल कलेजसम्म विस्तार भई हाल विविध कारण बस विस्तार हुन नसकी रोकिएको उक्त सडक आयोजना -लाई कि त पुन विस्तार गरियोस्, कि त विकल्प वा निकास दिन पहल गरियोस् ।
२४) बज्रयोगिनी मणिचुड क्षेत्र विकास समिति तथा शालीनदी क्षेत्र विकास समिति घोषणा गरी नीति तथा कार्यक्रममा समावेश राज्यको एउटा अधिकार सम्पन्न विकास समिति बनाउन पहल गरियोस्।
२५) मणिचुड बनस्पती उद्यान पार्क पुन स्थापनामा जोड दिईयोस्।
२६) मणिचुडमा ६५ फुटको बुद्धपार्क निर्माण आयोजना विस्तार गर्न जोड दिईयोस् ।
२७) शिक्षा र स्वास्थ्य निशुल्क गर्न वैज्ञानिक समाजवादी शिक्षाका मोडलहरु लागु गर्न पहल गरियोस्।
२८) नगरभित्रका युवाहरु समेट्ने उदेश्यले प्रत्येक वडामा खेलकुद मैदान र सामाग्री निर्माण जोड दिई सलम्बुटार पछिको दोस्रो खेल मैदानको रुपमा जहरसिंपौवालाई विकास गरियोस्।
२९) भ्रष्टाचार मुक्त, नेपाल र शंखरापुर नगरपालिकाकाे साथमा सुशासन पारदर्शीता युक्त नेपाल, नेकपा (माओवादी केन्द्र) अभियान सफल पारौं । धन्यवाद !

रक्षेबहादुर तामाङ “युनिक” 
अध्यक्ष।

किशोर घ्लान

सचिव।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host