ADVERTISEMENT
ADVERTISEMENT
९ पुष, काठमाडौँ । प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन्। प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको छैन्। भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यध्यपी उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन्। भन्छन् – मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ । उनी आफूलाई कुनै गुटमा नभएर हो या ‘कनेक्सन’ स्थापित गर्न नसकेर भनेजत्ति र भनेजस्तो काम नपाइरहेको होकी भनेर प्रश्न गर्छन्। उनलाई काम देखाउनु छ, त्यसैले आफैले केही तयारी गरिरहेका छन् । तत्काललाई उनी अभिनित ‘चित्रा’ रिलिजको संघारमा छ। सिनेमामा उनी विभिन्न रुपमा देखिनेछन्। त्यसमध्ये एउटा अवतार ‘कान्छा दाइ’को हो। सिनेमालाई लिएर उनी आशावादी छन्। उनीसँग गरिएको भलाकुसारी यस्तो छ –
‘चित्रा’मा कस्तो भूमिकामा देखिदैं हुनुहुन्छ?
टिजर हेरेर तपाईंहरुलाई थाहा नै भइसक्यो। समय र परिस्थितिले गर्दा एउटा मान्छे कसरी समाजप्रति नकारात्मक हुन जान्छ र कुनै पात्रप्रति कसरी विद्रोह गर्छ भनेर देख्न सक्नुहुनेछ। सिमित शब्दमा भन्नुपर्दा एउटा भिलेन नै भन्दा पनि हुन्छ।

चित्रामा त्यो पात्रले के गर्छ?
यसका पात्रहरु जो छन् तिनीहरुलाई अफ्ठ्यारो पार्छ। नकारात्मक भूमिका भन्ने बित्तिकै स्वार्थ पूरा गर्नको लागि उसले अरु पात्रहरुमाथि पार्ने असरहरुबाट अगाडि बढ्छ।

पात्रको नाम?
‘कान्छा दाइ’को भूमिकामा छु भनेर बुझ्नुस् अहिलेलाई तर सिनेमामा मलाई थुप्रै रुपहरुमा देख्नुहुनेछ।

भूमिकाका लागि केके गर्नुभयो, मेहेनत धेरै पर्यो की?
परेन। त्यही लुक्सहरुमामा काम गर्नुपर्यो, त्यसपछि बोलीमा अनि पात्रको हाउभाउमा हो।

फिल्मबाट कस्तो आशा राख्नुभएको छ ?
एउटा राम्रो फिल्म बन्छ कि भन्ने आशाका साथ यो फिल्म गरेको हुँ। यसमा म काम गर्नुको पछाडिको मुख्य उदेश्य भनेको यो बुबा र छोरीको सिनेमा हो। यस्तो खालको कथामा कम मात्रै सिनेमाहरु बनिएको पाइन्छ नेपालीमा। मेरो लागि बुबा भनेको जहिले पनि हिरो हो के। त्यही भावनाले किन नगर्ने त भनेर यो फिल्म गरेको हुँ । प्रदिप भारद्वाज दाइ, घनश्याम लामिछाने दाइहरुसँग पहिलादेखि कुराहरु भइराख्ने अनि उहाँहरुले मलाई गर्ने माया र सम्मान जुन छ त्यसले पनि । उहाँहरुले कुरा गर्नुभयो अनि मैले सहज ढंगले नै गरें।

सोचअनुसारको काम भयो भएन?
म मेरो काममा चुक्ने काम गर्दिन।। जसरी दर्शकहरुले मलाई आजसम्म माया गरिरहनुभएको छ मेरो कामकै कारणले हो । सन् २०१२ देखिको यो विश्वासलाई मैले कहिले मेरोतर्फबाट निरुत्साहित गर्नेछैन। यो कुरा म मेरो फिल्ममा चाहे केही मिनेटमात्रै वा ३ घण्टाको किन नहोस् म मेरा दर्शकहरुलाई गुनासो गर्ने ठाउँ दिन्न । आजसम्म मैले दर्शकलाई निराश बनाएको छैन । यसमा पनि मबाट निराश हुनुपर्दैन।

अभिनेताका रुपमा तपाईंको अभिनय क्षमतालाई आजसम्म कत्तिको चुनौती प्राप्त भयो भन्ने लाग्छ?
मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ ।

कस्तो भूमिकाको पर्खाइमा हुनुहुन्छ?
यस्तोउस्तो भन्दा पनि समाजमा देखिएको पात्र र घटेका घटनाहरुका पात्रमा काम गर्न, बाँच्न मन छ । जसरी फिल्महरु आइरहेका छन् त्यो हेर्दा मलाई किन कास्ट गरिदैन भनेर मनमा प्रश्नहरु आइरहेको हुन्छ । अजिब पनि लाग्छ। कतिपयले भन्नुपनि हुन्छ, किन तिमीलाई यो पात्र भनिएन, तिमीले किन गरेनौं, तिमीसँग यी पात्रहरु किन आइपुगेनन् भनेर भनिराखेको हुनुहुन्छ । यसबारेमा के हो मलाई पनि थाहा छैन्।यसका लागि बेग्लै खाले कनेक्सन चाहिने हो या मै कनेक्सनहरुबाट टाढा हो की ?, मलाई केही थाहा छैन, किन हो? मलाई थाहा छ, म ती भूमिकाहरु गर्न सक्छु तर मलाई किन गराईंदैन? मलाई यो कुराचाँहि अजिब लाग्छ । यस कास्टिङ नै त्यसरी गरिन्छ कि जस्तो लाग्छ ।

केही कलाकारलाई भ्याइनभ्याइ फिल्महरु छन्? केही राम्रै कलाकारहरु खाली नै बसेको देखिन्छ। तपाईंले बुझे अनुसारको यो उद्योगमा किन यस्तो हुन्छ होला?
निश्चितरुपमा मान्छेहरुले भनिरहेका हुन्छन्, गुटवाद छ भनेर । सायद म त्यो भिडमा नअटाइरहेको हो कि वा त्यो ठाउँमा म अटाउन नसकेको वा नअटाइएको हो की।

तपाईंका आफ्नै केही योजनाहरु छन् कि?
छ। मेरो आफ्नै प्रोडक्सन कम्पनीहरुबाट स्क्रिप्टको कामहरु भइरहेको छ, छिट्टै नै फ्लोरमा जान्छौं होला, तयारीहरु चलिरहेका छन्, भन्ने बेला नभएर होला।