ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुदूर पश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कैलाली, ११ पुष। सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार सम्पन्न भएको छ ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई शसक्त बनाउन प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई  समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताउनुभयो । साथै अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहनेमा उहाँले जोड दिनुभयो । पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नुहुन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

ADVERTISEMENT

गोष्ठीमा उच्च अदालत दिपायलका न्यायाधीश दिनेश प्रसाद यादव र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गोष्ठीको महत्व बारे चर्चा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिनुभएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्ली राज बिष्ट, सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो । गोष्ठीमा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host