ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

फिल्म चित्रा’लाई बाबुछोरीको सम्बन्धको रुपमा मात्र बुझ्न नहुने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
२० पुष, काठमाडौँ। निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको सिनेमाका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो सिनेमामा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए। ‘बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्’, उनले भने। उनले ‘चित्रालाई पूर्ण पारिवारिक सिनेमाका रुपमा बुझ्न आग्रह गरे सिनेमाबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा सिनेमामा डेब्यू गर्दैछन्। उनले ‘घर’, ‘आमा’ लगायतका सिनेमामा सह-निर्माण गरिसकेका छन्। पत्रकारहरुले निर्देशक लामिछानेलाई अधिकारी-लाई सिनेमामा खेलाउनुको कारण उनी निर्माता हुनु प्रमूख कारण हो भनी सोधेका थिए। निर्देशक लामिछानेले यसलाई अस्वीकार गरे। ‘ तपाईंले भनेका दुईटै कुरा ठीक छन् । एउटा स्टोरी पनि थियो, जुन उहाँहरुले लिएर आउनुभएको थियो। कथा अनुसार सन्तोषजी राइट कास्टिङ हुनुभयो। ४२ वर्षको उमेर डेब्यू हुँदै हुनुहुन्छ। तपाईं हामीलाई त्यस्तो लागेपनि राइट कास्टिङ हुने भएकाले उहाँ सिनेमामा हुनुहुन्छ’, उनले भने। लामिछानेले सन्तोषले स्क्रिप्टमा कुनै हस्तक्षेप नगरेको बताए। त्यसैगरी उनले सिनेमामा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए। त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो।
‘प्रमोदजीको क्यारेक्टर साँच्चिकै सप्राइजिङ छ। अर्पणजीको केसमा पनि त्यस्तै देख्नुहुनेछ’, उनले भने। यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू सिनेमामा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै सिनेमा बनाएको बताए। ‘लगानी उठ्नेमा म विश्वस्त छु। लगानी उठ्नेमात्र होइन, मलाई यसमा गरेको लगानी उठाएरै अर्को सिनेमामा लगानी गर्छु। आज एउटा सिनेमा लगानी गर्छु अनि घर गएर सुत्छु भनेर आएकै हैन, ब्याक टु ब्याक सिनेमा बनाउँछु भनेर आएको हुँ’, अधिकारीले भने। यस्तै अभिनेता प्रमोद अग्रहरी सिनेमाबाट आशावादी देखिए। उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए। ‘ट्रेलर रिलिज भइसकेको छ। मैले सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छु। मलाई लाग्छ दर्शकको साथ पाइनेछ’, उनले भने।साक्षात्कारकै क्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना पछिल्ला सिनेमाहरु भन्दै शैलीका हिसाबले ‘चित्र’ फरक हुने ठोकुवा गरे। ‘मेरा पहिलेका सिनेमामा भन्दा यो व्यवसायिक धारमा छ। मैले मेरो शैली परिवर्तन गरेको छु। बजार हेरेर बुझेर बनाएकाले मेरो यो सिनेमाले व्यवसायिक पाटोलाई राम्रो सम्बोधन गर्ने मेरो विश्वास छ’, उनले आत्मविश्वासका साथ भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host