२१ पुष, काठमाडौँ। ललितपुर, सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याए,बापत् सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसिय-सनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिए-सनका पुर्व अध्यक्ष सुमित केडियालगाएतले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक ÷ प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक ÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर ४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भैसकेका छन् सम्मान लिदैं बजगाईले कर्म क्षेत्रमा अझै निखारिएर काम गर्न उर्जा मिलेको बताए ।











