२७ पुष, काठमाडौँ। व्यापारीक मुटु न्युरोड रञ्जना गल्लीमा रहेको रञ्जना व्यापार संघको नवौं साधारणसभा तथा पाचौं अधिवेशन पौस २५ गते सम्पन्न भएको छ । रञ्जना ट्रेड सेन्टरमा २०७१ फाल्गुनमा स्थापित व्यापारी वर्गको हक हितको संरक्षण र सम्बर्धन गर्नुे उद्देश्य लिएर शुरुवात भएको व्यापार संघ हो । स्वदेश तथा विदेशमा उत्पादीत सामानहरु आयात गरी देशैभरि तथा विदेशमा समेत निर्यात कर्ता भै व्यापार गरिरहेको यस रञ्जना ट्रेड सेन्टरका व्यवसायिकहरुको सरोकारका विषयहरु सम्बर्धन गर्नु , संघका सदस्यको हक हित र अधिकारको संरक्षणमा सामूहिक जिम्मेवारी वहन गर्नु यो संघको मुख्य उद्देश्य रहेको छ ।
नवौं साधारण सभामा प्रमुख अतिथी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननिय श्री रमेश रिजालको उपस्थिति रहेको थियो । अन्य विशिष्ट अतिथिहरुमा भन्सार विभागका महानिर्देशक त्रिपुरेश्वर काठमाण्डौंका श्री शोभाकान्त पौडेल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री कमलेश अग्रवाल समेतको सहभागी रहेको थियो । कार्यक्रमको अध्यक्षता रञ्जना व्यापार संघका अध्यक्ष विना श्रेष्ठले गर्नु भएको थियो । सभाको समुद्घाटन प्रमुख अतिथि मन्त्री रिजाले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रिजालले सरकार जहिल्यै पनि व्यवसायी मैत्री रहेको र व्यवसायीहरुले अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको कुरा बताउनु भयो । कार्यक्रममा नेपाल हिमालयन, सिमापार वाणिज्य संघका अध्यक्ष श्री अशोक श्रेष्ठ र आन्तरीक राजश्व कार्यलय नयाँ सडक प्रमुख श्री शशी भट्टराईको समेत उपस्थिती रहेको थियो । सम्पूर्ण अतिथिहरुलाई रञ्जना व्यापार संघका अध्यक्ष विना श्रेष्ठले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।
नवौं साधारण सभा तथा पाचौं अधिवेशनले हरि प्रसाद पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको छ । उपाध्यक्षमा दिपेन्द्र क्षेत्री र मुरारी प्रसाद तिमल्सिना , महासचिबमा महेश पाैडेल, सचिबमा सिताराम तिवारी र राजेन्द्र कडेल, काेषाध्यक्षमा यम कुमार श्रेष्ठ रहेका छन् भने सह-काेषाध्यक्षमा आशा मिण्डा निर्बाचित भएका छन्।












