०२ माग, काठमाडौं । शंखरापुर नगरपालिका वडा नम्बर (२) दुईको युवाहरुले एक उदाहरणीय कार्य गरेका छन् । शंखरापुर नगर पालिकाको आर्थिक सहयोगमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन कार्तिक २८ र २९ गते भएको थियो । उक्त प्रतियोगितामा पाँच टिम सहभागी थिए । जसमा उज्यालो नेपाल युवा क्लबले उपाधी उचालेको थियो। उक्त खेलको पुरस्कार बिजेता टोलिले हात पारेको रकम समाज सेवामा लगाउने निर्णय हामिले उहीँ बेला गरेका थियौं यसै बिचमा हाम्रो नजिकैको जिल्लाको एक चेलिको सहयोग अभियान थाहा पायौं अनि सहयोग गर्यौं , भनेर क्लबका सचीव एवम् खेलाडी श्याम बहादुर थिङले बताउनु भयो।
काभ्रे नमोबुद्ध निबासी बर्ष २० कि एक बिरामिको टाउकाको नसा सुकेर बिगत दुई बर्षदेखि नेपाल मेडिकल कलेज आत्तर-खेलमा उपचार गर्दै आउनु भएको थियो । परिवारको तर्फबाट उपचार गर्दै धेरै खर्च भैसकेकोले परिवारले सहयोगको लागि अपिल गरेका थिए । उक्त अपिल सामाजिक संजालमा देखेपछी शंखरापुरको युवाले पनि सहयोग गर्ने निधो गरि खेलकुद प्रतियोगिताको पुरस्कार रकम मध्येबाट रु.दस हजार (रु. १००००) आज खेलाडी एवम् समाजसेवी प्रदीप दङगालले नेपाल मेडिकल कलेज पुगेर बिरामिलाई हस्तान्तरण गरेका थिए। उहाले भन्नू भयो सबै मिलि बहिनीलाई बचाऔं हामी अझै सहयोगको पहल गर्ने छौं।













