६ माग, काठमाडौं। प्रेरणाका स्रोत स्वर्गीय प्रा. महेश्वरमान श्रेष्ठको स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह शनिबार नेपाल प्रज्ञा भवनमा लोकार्पण भएको छ । श्रेष्ठकी धर्मपत्नी श्रीमती सुधा श्रेष्ठ प्रकाशक रहेको उक्त स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह विशिष्ट अतिथि, अतिथि तथा उहाँ प्रति श्रद्धा प्रकट गर्न पाल्नु भएका अतिथि-माझ लोकार्पण गरियो ।
लोकार्पण कार्यक्रममा स्मृतिग्रन्थ तथा कविता गीत संग्रहको तिप्पणीकार क्रमशः हिमनाथ पौडेल र डा. रामप्रसाद दहाल रहनु भएको छ । उहाँहरुले प्रा. महेश्वरमान श्रेष्ठको व्यक्तित्व, आचरण, नैतिकता, इमान्दारिता, शालिनता, अविचलित, निश्कलंक, सत्यतामा अडिक तथा सकरात्मक विचारका श्रोतका रुपमा सम्झिनु भयो । विश्वविद्यालयको क्षेत्रमा शैक्षिक विकासका लागी त्यागको भावना भएको तार्किक व्यक्तित्व राष्ट्रले गुमाएको र उहाँका प्रेरणालाई आउँदा दिनमा अवलम्बन गर्दै जाँदा उहाँमा सम्मान पुग्ने विषयमा विश्लेषकहरुले तर्क गर्नु भयो ।
उक्त स्मृतिग्रन्थ तथा कविता गीत सङग्रह लोकार्पण समारोहमा नेकपा एमालेका सानु कुमार श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगा प्रसाद उप्रेती, दीपेन्द्र बहादुर क्षेत्री, हिमनाथ पौडेल, डा. रामप्रसाद दहाल, रामेश्वरमान श्रेष्ठ , विश्वेश्वरमान श्रेष्ठ र दिव्यशोभा लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । प्रा.महेश्वरमान श्रेष्ठ प्राध्यापन क्षेत्रमा मात्र नभई गीत, कविता र कला क्षेत्रमा पनि लगनशील रहेकोले उहाँलाई वहु-आयामिक व्यक्तित्वका रुपमा लिनु पर्ने बताइएको छ ।











