ADVERTISEMENT
ADVERTISEMENT
१५ माग, काठमाडौं। अखिल क्रान्तिकारी पिपल्स क्याम्पस इकाई समितिले विभिन्न माग राख्दै क्याम्पसमा अनिश्चितकालीन ताला बन्द गरेको छ। स्राेतका अनुसार ईकाईले क्याम्पसको नाममा रहेको करिब ५१ रोपनी काभ्रेको जग्गा, लाइब्रेरी शुल्क , चर्को शुल्क लगायत विषयको विरुद्धमा माग राख्दै आएको थियो ।
तर क्याम्पस प्रशासनले उक्त विषय सम्बोधन गर्नु सट्टा बेवास्ता गरेको कारण संगठन ताला लगाउन बाध्य भएको जिल्ला क्याम्पस अध्यक्ष सुवास महतले dibaynews.com लाई जानकारी गराएका हुन् ।











