ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

न्यायाधीश खनालले किन गरे अरबौं पर्ने मन्दिरको जग्गा व्यक्तिको नाममा गर्ने विवादास्पद फैसला ?


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ माग,काठमाडौं।०७३ साल चैत ८ मा पाँच जना न्यायाधिशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसीर २७ गतेको निर्णयले उल्ट्याइ दिएको छ । गुठीको (जहाँ लक्ष्मीनारायणको मन्दीर छ ) जग्गा व्यक्तिको नाममा हुने गरी विवादास्पद फैसला भएको पाइएको छ । न्यायाधीश दुर्गाप्रसाद खनालको एकल इजलासले उक्त विवादित फैसला गरेको हो । सर्वोच्चको प्रतिवादित नजिरलाई लत्याउँदै खनालले गुठीको जग्गा व्यक्तिको नाममा गरेर विवादास्पद फैसला गरेका हुन् ।

थापाथलीस्थित करिया गाउँमा रहेको गुठीको जग्गा जयपाल श्रेष्ठको नाममा गरिएको हो । गुठी नियमावली विपरित खाजा समयमा समेत काम गरेर अर्को दिन मुद्दाको पेसी नसर्ने गरी न्यायाधिश खनालले श्रेष्ठका पक्षमा फैसला गरेको आरोप छ । थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब क्षे.फ. ३-६-३-३ राेपनी भै नापी भएको जग्गा गुठी संस्थान मातहत ल्याउन २०७३ मा फैसला भएको थियो । मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको थियो।

गुठी संस्थानले केही बर्ष अघि सो लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु गरेको पनि हो । सो प्रक्रिया सामसुम पारेर आदलतबाट अहिले अर्को निर्णय गराइएपछि अहिले जिल्ला अदालतको सो निर्णय प्रति भयंकर शंशय उत्पन्न भएको छ ।

०७६ सालमा मन्त्रिपरिषद्ले नै गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा संस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको थियो । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागि परेको पनि हो । तर काठमाडौं जिल्ला अदालतको ०८० मंसीर २७ गतेको निर्णयले गुठीको अरबौं पर्ने मुल्यवान जग्गा ब्यक्तिको पोल्टामा पर्ने भएको छ । त्यसरी अरबौंको सरकारी जग्गा सेटिगको भरमा एकजना ब्यक्तिको नाममा पुगिसक्दा समेत गुठी संस्थान सहित सम्बन्धीत सरोकारवाला मौन छन् । सरकारले गलत गर्नेहरुको, सरकारी जग्गा किर्ते गरी हत्याउने तथा हड्प्नेहरुको फाइल धम्माधम खोलिरहेको अवस्थामा यस विषयमा पनि विशेष ध्यान खर्चनु पर्ने एकजना स्थानिय ब्यक्तित्वले बताए । उनले भने सबैजना चुप लागेर बस्ने हो भने यो ऐतिहासि मन्दीर अब ब्यक्तिको नाममा जाने भो ।

सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको सो मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा रोक लगाइएको छ । जहाँ भिएस निकेतन देखि मेरी पपिन्स हुँदै हाल त्रैविद्य शिक्षा सदन भाडामा बस्दै आएको छ । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको देखिन्छ । जबकी काठमाण्डौको जग्गा वीरगञ्ज मालपोतमा राजानिामा पास हुने कुरा नै किर्ते भएको एक जना अधिबक्क्ताले बताए । सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा अहिले भने दुखी छन् ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गर्नुभएको थियो ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् ।यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।जङ्गबहादुर राणाको पुर्ख्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host