ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बुढानीलकण्ठ नगरपालिकामा साहित्यिक, सांस्कृतिक महोत्सवको आयोजना


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं १० फागुन । काठमाडौं उपत्यकामै पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको हो । नगरपालिकाले आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा जानकारी गराएको छ । फाल्गुन ११ र १२ गते हुने महोत्सवमा नगरपालिकाले विभिन्न १५ वटा सेसनमा वक्ताहरुको प्रस्तुती रहने जनाएको छ ।महोत्सवको पहिलो दिन शुक्रबार बुनपा १३ स्थित चुनीखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन बुनपा ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना गरिएको बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवका संयोजक एवं उपमेयर अनिता लामाले बताउनु भयो ।
महोत्सवले एउटा माहोल सृजना गरेको बताउदै संयोजक लामाले नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, महोत्सवको प्रस्तावित ढाँचा अनुरुप राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद् ,विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुका बीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा रहेको बताउनुभयो । महोत्सवमा सेवारो शिर्षक अन्र्तगत युवा नेता डा. राजन भटटराई र प्रदिप पौडेलले राजनीतिक अवस्थाका बारेमा बोल्नुहुनेछ ।

बिद्यार्थीको कविता, नयाँ पुस्ताले के चाहन्छ ? मातृभाषाको जगेर्ना, नगरपालिका भित्र रहेका स्थानीय १५ जना साहित्यिमा कलम चलाउने कविहरुको सेसन रहेको पनि उहाँले बताउनुभयो । साथै नगपालिकामा रहेका ठुला व्यवासायीहरु सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ । उहाँहरुसँग उद्यमीको सम्भावना, भविष्य र उहाँहरुको कारणले नगरपालिकाको महत्व कहाँ पुगेको छ ? देश कसरी बन्छ ? त्यसका बारेमा चर्चा गर्ने तयारी पनि नगरपालिकाको रहेको छ ।नगरपालिका भित्र रहेका युवा वेरोजगारका लागि सकारात्मक उर्जा भर्ने उदेश्यले नगरपालिकामा नै माइक्रो चलाउने, सडक व्यवसायी र कृषक गरि ३ जना छोरीहरुलाई सम्मान गर्ने पनि तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
महोत्सवमा छिमेकी ३ वटा नगरपालिकाका प्रमुखहरुसँग सहकार्यका लागि छलफल हुने बताईएको छ । छिमेकी नगरपालिकाका मेयरहरु बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच चौतारी शिर्षकमा विशेष कुराकानी हुनेछ । साथै उदघाटन सत्रमा ७० जना जनप्रतिनिधिहरुले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न पोशाक एवं भेषभुषामा सजिएर कार्यक्रमको उदघाटन गर्ने तयारी छ । कार्यक्रममा झमक घिमिरे, हरिबंश आचार्य, बृद्धि तामाङ्ग लगायतका कलाकारहरु वक्ताको रुपमा रहनुभएको छ भने, नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा हुने वहसमा डा. भगवान् कोइराला, प्रा. डा.मधु दीक्षित र डा. शंकरमान राई सहभागि हुनुहुनेछ । विभिन्न सेसनमा नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिकालाई आहा बनाउन के के काम भईरहेको छ ? भन्ने बिषयमा भिजन प्रस्तुत हुने बताईएको छ ।

ADVERTISEMENT

जुन सेसनमा वडा अध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले आफना भनाइ राख्नुहुनेछ । महोत्सवमा नगरपालिकामा भएका खैजडी भजनदेखि,डम्फु, टुमुना, बासुरी लगायतका परम्परागत रुपमा सांस्कृतिक झल्काउने गरि प्रचार प्रसार गरिने बताईएको छ । महोत्सवमा सहभागि हुन चाहनेहरुका लागि भृकुटीमण्डपमा वसको पनि व्यवस्था गरिने जानकारी दिइएको छ । महोत्सवको उपलब्धी के रहयो भन्ने बिषयमा महोत्सव सकिएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने नगरपालिकाका ‘प्रमुख’ एवम् मेयर मिठाराम अधिकारीले बताउनुभयो । बुनपा साहित्यको क्षेत्रमा लाग्नेहरुको घर पनि भएकाले संस्कृति कसरी जोगाउने भन्ने बिषयमा सबै लाग्नुपर्ने उहाँको जोड थियो ।

महोत्सव सफल बनाउन सवै आएर सहभागि हुन उहाँको आग्रह थियो । महोत्सवको पहिलो दिन बुनपा १३ नम्बर वडामा भएकाले त्यसको भव्य रुपमा सम्पन्न गर्नका लागि वडा १३ ले सबै तयारी गरेको अध्यक्ष टीका नारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवको भव्य तयारीलाई चुनीखेलको प्रचारको रुपमा लिएको छौ अध्यक्ष श्रेष्ठले भन्नुभयो । सेसनहरुमा म्ह फूला ? (सन्चै छ ?), देश कसरी बन्छ ? विद्यार्थीहरुका कविता, चुनिख्या, सपनाको सहर, आहा बुढानीलकण्ठ, १५ कविहरु, भुईँजसी, चौतारी, टिन एज टक, बस्तीको माया बस्तीको स्वाद, सेवारो, नागसाला, कठघरामा, महफिल लगायतका १५ वटा सेसन रहेका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्षहरु रवि खड्का, वसनारायण महर्जन, सुमित्रा त्रिपाठी पाण्डे, टीका नारायण श्रेष्ठ, नवराज भटटराई, सुमन तामाङ्ग, राजेन्द्र श्रेष्ठ, शम्भु भटटराई लगायत अन्य वडाका वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host