२९ चैत, काठमाडौं। विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उपाध्यायलाई सम्मान अर्पण गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी , रुद्राक्ष/फूलको माला र टीका तथा फूल वर्षासहित सम्मान गरिएको थियो ।
गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा मिलापका सम्पादक कृष्ण भूसालले सम्मानित स्रष्टा डी.आर.को परिचय राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा.उपाध्यायले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरिएको कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान र प्राडा गोविन्दमान सिंह कार्की, साहित्य- कारहरू खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति थियो । कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी, गायक संगीतकार सागर अधिकारी ‘शरद’,लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो ।
डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।


सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
