ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पर्यटनमन्त्री तामाङद्धारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत, आजबाट दैनिक दुई उडान सुरु


पर्यटनमन्त्री तामाङद्धारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत, आजबाट दैनिक दुई उडान सुरु
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ, १९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो ।

मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री तामाङ र चाइना साउर्दन एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको  क्याविन क्रुहरूलाई विमानस्थलमा स्वागत गर्नुभएको हो । मन्त्री तामाङले  आगामी दिनमा चाइना साउर्दन एयरलाइन्सको व्यवसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारीता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा आफ्नो उडान थपेको छ । हाल ग्वान्जाओबाट काठमाडौँ गन्तव्यमा हरेक दिन एउटा उडान गरिरहेको साउदर्न एयरलाइन्सले आजदेखि दिनमा दुई वटा उडान सुरु गरेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रुलिएर ग्वान्जाओ उडेको छ । उक्त एयरलाइन्सले कोभिड –१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकोमा महामारीका कारण एक उडान कटौती गरेको थियो । कटौति भएको उडान आजदेखि पुनः सुचारु गरेको हो । ग्वान्जाओबाट काठमाडौँ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौँबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्नेछ । त्यस्तै राति ११ बजे काठमाडौँ आएर १२ बजे ग्वाञ्जाओ फर्किने उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसहित चीनका चार एयरलाइन्सले काठमाडौँ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले पनि कोरोना महामारी अघि ग्वान्जाओ उडानको तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

राप्ती प्रतिष्ठानका उपकुलपति विकास लामिछानेकाे याेग्यता नपुगेकाे भन्दै उजुरी

राप्ती प्रतिष्ठानका उपकुलपति विकास लामिछानेकाे याेग्यता नपुगेकाे भन्दै उजुरी

गृहकाे निर्देशन, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्नपर्ने

गृहकाे निर्देशन, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्नपर्ने

खुल्ला प्राकृतिक विश्वविद्यालय हो उपल्लो मुस्ताङ

खुल्ला प्राकृतिक विश्वविद्यालय हो उपल्लो मुस्ताङ

२ वर्षमा बनाइसक्नुपर्ने सडक आयोजना १ वर्षमै सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host