दिपक योगी- २०८१ , पुस ४/ काठमाडौं । पुर्व गृहमन्त्री तथा रास्वपा सभापति रबी लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको फोटो खिचेर सामाजिक संजालमा भाईरल गर्ने ब्यक्ती पक्राउ परेका छन् । फोटो खिच्ने ब्यक्ती अभियान्ता डाक्टर निकोलस भुसाल रहेका छन् भने,उनलाई जिल्ला प्रहरी कार्यलय कास्किले कारबाही गर्ने जनाएको छ। बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै कास्की जिल्ला प्रहरीले ध्यानाकर्षण गराउदै प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको जो कोहि ब्यक्तिलाई कानुनी दायरामा ल्याई अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवम् प्रचलित एन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसार तथ्य एबम प्रमाण मुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलय कास्की सदैव तयार रहेको बिज्ञप्तीमा जनाएको छ ।
अमर्यादित र कानुनको हित बिपरित कार्य गर्ने नियम कानुनको उल्लंघन गर्ने जो कोहिलाई कारबाही गरिने प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता बसन्त कुँवरले बताए । उक्त फोटो खिच्ने ब्यक्तिले आफ्नै फेसबुक वालबाट फोटो सार्बजनिक गरेको पनि पत्ता लागेको छ । त्यस्तै फोटो खिच्ने ब्यक्तिले माफी समेत मागिसकेकाे कुरा सामाजिक सञ्जाल भेटिएको छ । यता रबी लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्बजनिक भयपछी रास्वपाका नेताकार्यकर्ताले यसप्रति आपत्ति जनाएका थिए । यस विषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी लाई जानकारी गराएका छन्।













