ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा


सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
रमेश कुमार बोहोरा/
२०८२/७/२२काठमाडौं ।
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रूपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो । तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा उभिएको छ । संस्थापकहरूले कल्पना गरेको ‘उदार लोकतान्त्रिक कांग्रेस’ र आजको सत्ता केन्द्रित कांग्रेसबीचको दूरी यति बढिसकेको छ कि पुराना नेताहरू समेत भन्न थालेका छन् “अब कांग्रेस विचार होइन, अस्तित्वको लडाइँ लड्दैछ ।” यो कथन कुनै भावनात्मक विस्फोट होइन पार्टीभित्रको वास्तविकता हो । सदस्य नविकरणदेखि महाधिवेशन तयारीसम्मका सबै गतिविधिले पार्टीभित्र गहिरो असन्तुलन र असन्तोष उजागर गरिदिएका छन् । संगठनका आधारभूत तहहरू कमजोर बनेका छन् र विचारभन्दा सञ्जाल, योग्यता भन्दा हैसियतले मूल्यांकन हुने अवस्था बनेको छ । धेरै जिल्लामा सदस्यता वितरण ‘राजनीतिक ठेक्का प्रणाली’ जस्तो देखिन थालेको छ । यही कारण पार्टीको मुल मर्म नै अब वैचारिक आन्दोलन होइनसत्ताको समीकरणमा सीमित भएको छ । यस्तो निराश अवस्थाबीच पार्टीभित्र उदाएको ‘एक आन्दोलन’ भने नयाँ आशाको संकेत हो । यो केवल नेताविरुद्धको असन्तोष होइन संस्थागत पुनर्जागरणको आह्वान हो । युवातहले देउवा युगको अन्त्य र वैचारिक पुनःस्थापना माग गरेका छन् । उनीहरूको आवाज स्पष्ट छ  “हामी व्यक्ति होइन, विचारका लागि कांग्रेसमा छौं ।” यही चेतनाले पुरानो संरचना हल्लाउन थालेको छ ।
तर पार्टीको शीर्ष तहमा त्यही पुरानो नेतृत्व अझै अडिएको छ । सभापति शेरबहादुर देउवाको दीर्घ नेतृत्वले कांग्रेसलाई केही हदसम्म स्थायित्व त दिएको छ तर अब त्यसले ऊर्जा गुमाइसकेको आभास पार्टीभित्र र बाहिर दुबै ठाउँमा छ । उनको कार्यशैली सत्ता र सञ्जालमा केन्द्रित रहँदा संगठन र विचारको पुनर्निर्माण उपेक्षित रह्यो । परिणामस्वरूप, पार्टीभित्र अहिले उत्तराधिकारीबारे खुला बहस सुरु भएको छ ।
देउवा समर्थकहरूले उनलाई ‘अनुभव र एकताको प्रतीक’को रूपमा चित्रण गर्छन् तर युवातहले उनलाई परिवर्तनको अवरोधका रूपमा हेर्छन् । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ जस्ता युवानायकहरू निरन्तर नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन् । तर उनीहरूको स्वर अझै एकीकृत आन्दोलनमा परिणत हुन सकेको छैन । यही कारण परिवर्तनको लहर आधा बाटोमै अड्किएको छ ।
यसबीचमा पार्टीभित्र अर्को बहस चर्किएको छ ।  विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन पर्खने । गगन विश्वप्रकाश समूहको तर्क छ “अहिले पार्टीले नेतृत्व हस्तान्तरण र संगठन पुनर्संरचनाको तत्काल निर्णय लिनुपर्छ । नियमित प्रक्रियाले समस्याको समाधान गर्दैन ।” तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काको दृष्टिकोण फरक छ । उनका अनुसार “पार्टीलाई अहिले स्थायित्व चाहिएको छ हतारको निर्णयले संकट झन् गहिरिन्छ ।” देउवा समूह पनि यही धारणामा अडिग छ । तर युवातहको धैर्य अब अन्तिम चरणमा पुगेको छ । उनीहरूको भनाइ छ “देउवा युगले अब कुनै नयाँ बाटो देखाउने छैन कांग्रेसले नयाँ नक्सा बनाउन चाहन्छ भने त्यो नक्सा नयाँ पुस्ताले कोर्नुपर्नेछ ।”
महामन्त्रीहरूका असन्तुष्टि अब केवल मतभेद होइन नीतिगत द्वन्द्वका रूपमा देखा पर्न थालेका छन् । गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको निर्णय प्रक्रिया पारदर्शी नभएको खुलेर आलोचना गरेका छन् । केन्द्रीय बैठकहरू औपचारिकतामा सीमित छन् नीतिगत बहस हराएको छ । निर्णयहरू केही व्यक्तिहरूको सहमति निर्देशनमा सीमित छन् । यही कारण पार्टीभित्र ‘निर्देशनको लोकतन्त्र’ चलेको आरोप लाग्न थालेको छ । गगन थापाको भनाइ यस संकटको सार झल्काउँछ “लोकतन्त्रको मर्म बुझाउने पार्टी आफ्नै भित्रको लोकतन्त्रमा पराजित छ ।”
त्यहीबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्का अत्यन्त कठिन भूमिकामा छन् । एकातिर देउवा समूहको निरन्तरता चाहना अर्कोतिर युवातहको परिवर्तनको दबाब यी दुईबीच सन्तुलन कायम राख्न उनी संघर्षरत छन् । उनी आफैं पनि सभापतिको सम्भावनाबारे सोचिरहेका छन् तर यही द्विविधाले उनको भूमिकालाई असमञ्जस बनाएको छ । यस राजनीतिक अराजकतालाई तोड्ने एउटा प्रयासको रूपमा पार्टी भित्र आन्दोलन उदाएको छ । यसको मर्म केवल नेताविरोध होइन नयाँ राजनीतिक संस्कृतिको माग हो । यसले तीन स्पष्ट सन्देश दिएको छ । पार्टीले विचारमा फर्कनुपर्छ, निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ र नेतृत्व हस्तान्तरण व्यवहारिक हुनुपर्छ ।
युवाहरूले कांग्रेसको पुरानो ‘उदार समाजवाद’लाई आधुनिक व्याख्यामा पुनः परिभाषित गर्न खोजिरहेका छन् । उनीहरूको दृष्टिकोणमा आर्थिक उदारीकरणसँगै सामाजिक न्याय, समावेशी शासन र अवसरको समान वितरण हुनुपर्छ । यही वैचारिक पुनरुत्थान कांग्रेसको नयाँ पहिचान बन्न सक्ने सम्भावना देखिएको छ । तर संगठनात्मक दृष्टिले कांग्रेसको सामाजिक आधार कमजोर बन्दै गएको छ । परम्परागत मतदाता वर्ग, शिक्षक, व्यापारी, साना व्यवसायी र मध्यम वर्ग पार्टीबाट टाढा जाँदैछन् । पछिल्ला स्थानीय चुनाव परिणामहरूले यसलाई प्रमाणित गरेका छन् । आफ्नै गढ ठानिएका क्षेत्रमा समेत पराजय भोग्नु संगठनात्मक क्षय मात्र होइन जनविश्वास गुमाउनु पनि हो । महिला, दलित जनजातिको प्रतिनिधित्व अझै प्रतीकात्मक सीमामा छ । संविधानले आरक्षणको व्यवस्था गरे पनि निर्णय तहमा उनीहरूको आवाज सुनिँदैन । कांग्रेसको सामाजिक सन्तुलन बिग्रँदै जानु यसको वैचारिक असन्तुलनको पनि द्योतक हो । कांग्रेसको वास्तविक संकट नेतृत्व होइन विचारको हो । नेताहरू विचारभन्दा पदमा संगठनभन्दा सञ्जालमा केन्द्रित भएका छन् । यही कारण पार्टीको मुल मर्म मर्न थालेको छ । पार्टीका बौद्धिक वृत्तहरू चेतावनी दिन्छन् “अब कांग्रेसले शक्ति होइन, दृष्टिकोणमा प्रतिस्पर्धा गर्नुपर्छ ।” तर त्यो दृष्टिकोण खोज्ने प्रयास दुर्लभ बनेको छ ।
आज नेपाली कांग्रेस एक निर्णायक मोडमा उभिएको छ । लोकतन्त्रको जग बसाल्ने यही पार्टीले अहिले आफ्नै लोकतान्त्रिक मर्मसँग सम्झौता गर्न थालेको छ । देउवाको दीर्घ नेतृत्वले स्थायित्व त दिएको छ तर पुनर्जागरणको ढोका बन्द गरेको छ । यदि कांग्रेसले अहिले आत्मसमीक्षा र नवसंरचनाको बाटो रोजेन भने इतिहासले यसलाई केवल अतीतको कथा बनाइदिनेछ । लोकतन्त्रको रक्षा गर्ने पार्टीले आफ्नै भित्रको लोकतन्त्र पुनःस्थापना गर्न सकेन भने त्यसले केवल आफ्नो अस्तित्व होइन देशको लोकतान्त्रिक मूल्यको पनि पराजय देख्नेछ । समयले कांग्रेसलाई पुनर्जन्मको अवसर दिएको छ । त्यो पुनर्जन्म व्यक्तिमा होइन विचारमा हुनुपर्छ । यदि कांग्रेसले विचारको बाटो समातेन भने उसले सत्तासँगै आफ्नो इतिहास पनि गुमाउनेछ ।
(लेखक :- बोहोरा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

जेनजी आन्दोलनको बारेमा बौद्धिक पेसाकर्मीले गर्‍याे अन्तरक्रिया

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे अदालतको आदेशप्रति आपत्ति-प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host