काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) एकीकरण पक्षधर समूहबीच ऐतिहासिक पार्टी एकता घोषणा गरिएको छ। एकता प्रक्रियालाई औपचारिकता दिनुअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र जसपाका एकीकरण पक्षधर नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच १० बुँदे सहमति सम्पन्न भएको थियो। पुर्ण पाठ-:
आज प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (बहुमत) बाट विद्रोही समूह र नेकपा (माओवादी) बाट विद्रोही समूह नेकपामा औपचारिक रूपमा एकीकृत भएका छन्। एकता घोषणाका लागि तयार पारिएको सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। चारवटा घटकको सहभागितामा भइरहेको एकता सभा अहिले पनि जारी छ। नेताहरूले नयाँ राजनीतिक ध्रुवीकरण र प्रगतिशील परिवर्तनका एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













