ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संस्थामाथि आगो कि संस्थागत सुधार


क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं ,नन्दलाल खरेल। राजनीतिक असन्तुष्टि, आक्रोश र विद्रोह नेपाली समाजका नयाँ कुरा होइनन्। इतिहासका विभिन्न कालखण्डमा जनताले अन्याय, दमन र असमानता विरुद्ध आवाज उठाएका छन्। तर आजको प्रश्न फरक छ—के राज्य निर्माणको युगमा हामी अझै आगो, तोडफोड र आक्रोशमै अड्किन सक्छौँ ? यही प्रश्नको केन्द्रमा हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजनीतिक शैली र अभिव्यक्ति उभिएको छ। बालेनजी, सिंहदरबार जलाएर देश बन्दैन। राज्य संरचनालाई ध्वस्त पारेर विकासको बाटो खुल्दैन। विकासका लागि चाहिने पहिलो तत्व हो—स्पष्ट, व्यवहारिक र समावेशी भिजन। सामाजिक सञ्जालमा राति १२ बजे लेखिएको स्टाटसले क्षणिक उत्तेजना त दिन सक्छ, तर त्यसले न नीति बनाउँछ, न संस्थागत सुधार ल्याउँछ, न त राज्यलाई सही दिशामा डो¥याउँछ।

सिंहदरबार केवल एउटा भवन होइन; त्यो राज्य सञ्चालनको प्रतीक हो। सर्वोच्च अदालत न्यायको केन्द्र हो। मालपोत कार्यालय नागरिकको सम्पत्तिसँग जोडिएको संवेदनशील निकाय हो। पालिका स्थानीय शासनको मेरुदण्ड हो। यी संरचनाहरूमा समस्या छन्, कमजोरी छन्, सुधारको गहिरो आवश्यकता छ—यसमा कुनै विवाद छैन। तर प्रश्न के हो भने, यी सबै जलाएर खरानी बनाएको देश निर्माणका लागि हो त ?

ADVERTISEMENT

इतिहासले देखाएको छ—राज्य संरचना भत्काएर होइन, सुधार गरेर अघि बढेका मुलुकहरू नै समृद्ध भएका छन्। आगोले भवन जलाउँछ, तर आगोले नीति बनाउँदैन। तोडफोडले डर पैदा गर्छ, तर भरोसा सिर्जना गर्दैन। असन्तुष्टिले आवाज बुलन्द गर्छ, तर समाधान दिन सक्दैन। राज्यलाई अगाडि बढाउने शक्ति भनेको संयम, दृष्टि र दीर्घकालीन रणनीति हो। बालेनजी, तपाईँले युवा पुस्तामा आशा जगाउनुभएको छ। पुराना राजनीतिक दल र नेतृत्वप्रति बढ्दो निराशाका बीच तपाईँ एक वैकल्पिक आवाजका रूपमा स्थापित हुनुभएको हो। तर वैकल्पिक हुनु भनेको केवल विरोधी हुनु होइन। वैकल्पिक हुनु भनेको रचनात्मक समाधान प्रस्तुत गर्नु हो। यदि तपाईँ साँच्चै फरक राजनीति गर्न चाहनुहुन्छ भने, संस्थामाथि आक्रमण होइन, संस्थालाई कसरी सुधार गर्ने भन्ने स्पष्ट रोडम्याप दिनुपर्छ।

विकास भनेको सडक, पुल र भवन मात्र होइन। विकास भनेको विधिको शासन हो, संस्थागत क्षमता हो, जवाफदेहिता हो, र नागरिक–राज्यबीचको भरोसा हो। यदि नागरिकलाई राज्य नै दुश्मन हो भन्ने सन्देश दिइयो भने, त्यो समाज अराजकतातर्फ धकेलिन्छ। अराजकता क्रान्ति होइन; त्यो विनाशको बाटो हो।नेपालले धेरै मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ। सिंहदरबार, सर्वोच्च, प्रशासनिक संरचना—यी सबै जनताको संघर्षबाट बनेका संस्थाहरू हुन्। यी संस्थाहरूमा सुधार आवश्यक छ, तर ध्वंस होइन। आलोचना आवश्यक छ, तर जिम्मेवार ढंगले। विद्रोह आवश्यक हुन सक्छ, तर दिशाहीन विद्रोह राष्ट्रघाती पनि हुन सक्छ।

आज देशलाई चाहिएको छ—आगो फुक्ने नेता होइन, बाटो देखाउने नेतृत्व। नारा होइन, नीति। स्टाटस होइन, संरचनागत सुधार। आक्रोश होइन, समाधान। यदि तपाईँसँग भिजन छ भने, त्यसलाई दस्तावेजमा उतार्नुस्। योजनामा देखाउनुस्। संस्थागत संवादमार्फत अगाडि बढ्नुस्। जनतालाई उत्तेजित होइन, शिक्षित र संगठित बनाउनुस्। अन्त्यमा, सुझाव स्वरूप यति मात्र भन्न चाहन्छु—देश बन्दैन जलाएर, देश बन्छ सोचेर।
इतिहासले आगो बाल्नेहरूलाई होइन, बाटो देखाउनेहरूलाई सम्झिन्छ। तपाईँ कुन सूचीमा पर्न चाहनुहुन्छ, त्यो निर्णय तपाईँकै हातमा छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host