काठमाडौं । स्थानीय बजारमा आज पनि सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला सात हजार ३ सय रुपैयाँ कायम भएको छ।
आज एकै दिन सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४ सय ३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य तीन लाख ९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ६ हजार ८ सय ७० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ५ हजार २ सय अमेरिकी डलर र चाँदी १ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












