ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद


जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । १. मोरङ–३ बाट उम्मेदवारी दिनु तपाईंको व्यक्तिगत निर्णय हो कि पार्टीको रणनीतिक आवश्यकता ? यस क्षेत्रलाई किन रोज्नुभयो ?
मोरङ–३ बाट मेरो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा होइन, यो नेपाली कम्युनिस्ट पार्टीको औपचारिक र सामूहिक निर्णय हो। पार्टीले देशको वस्तुगत अवस्था, क्षेत्रको समस्या र जनताको अपेक्षालाई मूल्याङ्कन गरेर मलाई यहाँ उम्मेदवारको जिम्मेवारी दिएको हो। मोरङ–३ ऐतिहासिक, राजनीतिक र सामाजिक रूपमा संवेदनशील क्षेत्र हो, जहाँ लामो समयदेखि जनताका आधारभूत समस्या बेवास्तामा परेका छन्। यही कारणले पार्टीले यो क्षेत्रलाई विशेष महत्व दिएको हो।
२. बौद्धिक पृष्ठभूमिबाट आएको व्यक्तिको रूपमा, राजनीतिमा प्रवेश गर्दा तपाईंले मुख्य रूपमा कुन समस्यालाई समाधान गर्ने लक्ष्य लिनु भएको छ ?
बौद्धिक पृष्ठभूमिबाट रूपमा काम गर्दा मैले समाजका गहिरा पीडा नजिकबाट देख्ने अवसर पाएँ। रोग केवल शरीरमा मात्र हुँदैन, राजनीतिक बेथिति, असमानता र अन्याय पनि समाजका रोग हुन्। त्यसैले राजनीतिमा प्रवेश गर्दा मेरो मुख्य लक्ष्य क्षेत्रगत र संरचनागत समस्याको समाधान गर्नु हो—विशेषगरी गरिब, श्रमिक र सीमान्तकृत समुदायका दैनन्दिन जीवनसँग गाँसिएका मुद्दाहरूलाई।
३. मोरङ–३ का जनताले अहिले सबैभन्दा ठूलो समस्या के भोगिरहेका छन् भन्ने तपाईंको बुझाइ के छ ?
मेरो बुझाइमा मोरङ–३ का जनताले भोगिरहेको सबैभन्दा गम्भीर समस्या सुकुम्बासी समस्या र दोहोरो श्रेस्ता (जग्गा स्वामित्व) को समस्या हो। दशकौँदेखि यहाँका हजारौँ नागरिक कानुनी अस्पष्टताका कारण आफ्नो जग्गामाथि अधिकार सुनिश्चित गर्न नसकी त्रासमा बाँचिरहेका छन्। यो केवल प्रशासनिक होइन, मानवीय समस्या पनि हो।
४. स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा तपाईंको ठोस योजना के–के छन् ? विशेषगरी गरिब र श्रमिक वर्गका लागि ?
मेरो स्पष्ट धारणा छ—शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्नुपर्छ, व्यापारको विषय बन्नु हुँदैन। गुणस्तरीय सार्वजनिक शिक्षा र निःशुल्क तथा सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न कानुनी र नीतिगत पहल गर्छु। रोजगारीका लागि स्थानीय स्रोत, सीप र उत्पादनसँग जोडिएका कार्यक्रमहरू अघि बढाउनुपर्छ, ताकि युवालाई बाध्य भएर विदेश जान नपरोस्।
५. नेपाली कम्युनिस्ट पार्टीको तारा चुनाव चिन्हले प्रतिनिधित्व गर्ने राजनीतिक दर्शनलाई तपाईं कसरी व्यवहारमा उतार्न चाहनुहुन्छ ?
मेरो विचारमा चुनाव चिन्हले मात्र राजनीतिक दर्शन बोक्दैन, त्यसलाई व्यवहारमा उतार्ने नेतृत्व र कार्यशैली महत्वपूर्ण हुन्छ। तारा चिन्हअन्तर्गत हाम्रो पार्टीले संविधान रक्षा, सामाजिक न्याय र जनताको अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ। म पनि यही मूल्यलाई व्यवहारमा उतार्दै जनताको पक्षमा उभिनेछु।
६. ठूला दलहरूप्रति बढ्दो जनआक्रोशको बीचमा तपाईंको पार्टी फरक र भरोसायोग्य विकल्प हो भन्ने आधार के हो ?
संविधान बचाउ अभियान र जेन्जी आन्दोलनका क्रममा, परिस्थिति अत्यन्त संवेदनशील हुँदा पनि हाम्रो पार्टीले मध्यरातमा समेत जिम्मेवार भूमिका खेलेको थियो। सत्ता वा लाभका लागि होइन, देश र जनताको हितका लागि गरिएको त्यो मध्यस्थता नै जनताका लागि हाम्रो भरोसाको आधार हो।
७. संसद पुगेपछि मोरङ–३ का जनताको आवाज राष्ट्रिय तहमा कसरी प्रभावकारी रूपमा उठाउनु हुन्छ ?
संसद पुगेपछि मेरो पहिलो प्राथमिकता यही क्षेत्रका समस्या हुनेछन्। केवल भाषण गरेर होइन, ठोस नीति, कानुन र कार्यान्वयनमार्फत परिणाम निकाल्ने मेरो प्रतिबद्धता छ। मोरङ–३ का मुद्दालाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्न म कुनै सम्झौता गर्नेछैन।
८. पहिचान, समावेशिता र सामाजिक न्यायको सवालमा तपाईंको दृष्टिकोण के छ ? लिम्बू समुदायलगायत उत्पीडित समुदायका मुद्दालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
पहिचान, समावेशिता र सामाजिक न्याय कुनै नारा मात्र होइन, लोकतन्त्रको आत्मा हो। लिम्बू समुदायलगायत सबै उत्पीडित, सीमान्तकृत समुदायका भाषा, संस्कृति, अधिकार र राजनीतिक सहभागिता सुनिश्चित गर्न म स्पष्ट रूपमा पक्षमा छु। यी मुद्दालाई संविधान र कानुनमार्फत संस्थागत गर्न पहल गर्नेछु।
९. आजको राजनीतिमा देखिएको भ्रष्टाचार, अवसरवाद र सत्ता–केन्द्रित प्रवृत्तिलाई अन्त्य गर्न तपाईंको भूमिका कस्तो हुन्छ ?
भ्रष्टाचार र अवसरवाद राजनीतिक प्रणालीका सबैभन्दा ठूला शत्रु हुन्। म व्यक्तिगत जीवनदेखि सार्वजनिक जिम्मेवारीसम्म पारदर्शिता र जवाफदेहितालाई अनिवार्य बनाउने पक्षमा छु। गलत अभ्याससँग सम्झौता नगर्ने र सही कामका लागि दबाब सिर्जना गर्ने मेरो भूमिका हुनेछ।
१०. अन्त्यमा, मोरङ–३ का मतदातालाई किन डा. देउमान सम्बाहाङ्फेलाई तारा ⭐ चिन्हमा मत दिनुपर्छ ? तपाईंको मुख्य प्रतिबद्धता के हो ?
मोरङ–३ का मतदाताले मलाई तारा चिन्हमा मत दिनुपर्ने मुख्य कारण मेरो प्रतिबद्धता हो—जनताको समस्या आफ्नै समस्या ठानेर समाधान गर्ने प्रतिबद्धता। सत्ता, पद वा सुविधाभन्दा माथि उठेर संविधान, जनअधिकार र सामाजिक न्यायका लागि काम गर्ने मेरो वाचा छ। यही भरोसाका साथ म जनताको बीचमा आएको हुँ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host