२०७८ कार्तिक ०७।
काठमाडौं। राणाकालिन समाप्ति सँगै देशमा २००७ साल पछिको प्रजातन्त्रको आगमनमा जनताले धेरै अपेक्षा गरेका थिए।परिवर्तन र अग्रगामी दिशाको नेतृत्वदायी भुमिकाको रुप- रेखाबाट मानव समुदायको सभ्यता र धारणालाई अलिक रुपान्तरण गर्दै,आजको वर्तमान अवस्था- सम्म आइपुगेता पनि पुर्ण र सार्थकता भने हुन सकेन ।राणाकालिन व्यवस्थाको अन्त्यसँगै वर्तमान व्यवस्था र परिवर्तित विधिको शासन व्यवस्थाले गरेको घुमाउरो राजनितिक परिवर्तन र अन्तर्राष्ट्रिय रुचिको सम्बन्ध विशेष गरी भारत, ब्रिटेन र अमेरीकी मोडालिटी अनुरुपको राज्य व्यवस्था अनि चिनियाँ बैचारिक एवम् दलले अध्ययन गर्ने साम्यवादी विचार धारात्मक किताबहरु र सिद्धान्तहरु यी जतिपनि सम्पूर्ण आचरण,व्यवहार, व्यवस्था र स्कुलिङ्गका माध्यमहरु छन्,यसले द्वयद्ध चरित्रकाे चित्रण गरेको देखाउँछ।यहाँ सम्मकि नेपाली भुमिले इतिहासदेखि-वर्तमानसम्म आफुअनुकुल नेपाली जनताले नेपालीपनका कुनै पनि नेतृत्वबाट आशा लाग्दो र जनचाहना अनुसारको विशुद्ध देशी नेतृत्व प्राप्त गर्न सकेन।देसमा भएकाे परिवर्तनको विभिन्न कालखण्डमा प्रजातन्त्र,लाेकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा-वि.स २००७ देखि २०१५, २०१९, २०४६/४७,२०६२/६३ र २०७२ सालकाे व्यवस्थासम्म आइपुग्दा पनि अयोग्य,अपरिपक्व घृणित व्यवस्था र दलहरुले स्वार्थ र निजीहक अधिकारलाई मात्र महत्व दिएर आफु अनुकुल विविध व्यवस्थाको नाममा शासन गरिरहे।साथै देस र जनताप्रति अभिवावकत्वकाे भुमिका निर्वाह गर्न चुकेकाे र बारम्बार जनतालाई परिवर्तनको नाममा ढाँटिरहेकाे सबै नेतृत्वबाट झर्लङग्न देखिन्छ।परिवर्तनको क्रममा जनताले ठुलाे बलिदानि र त्यागबाट उपहारस्वरूप पाएकाे पुरस्कार(वि.स २००४) नेपालको वैधानिक कानुन,(वि.स २००७) नेपालको अन्तरिम शासन विधान,(वि.स. २०१५) नेपाल अधिराज्य-को संविधान,(वि.स.२०१९) नेपालकाे संविधान,(वि.स.२०४७) नेपाल अधिराज्यकाे संविधान,(वि.स.२०६३) नेपालको अन्तरिम संविधान,(वि.स.२०७२) नेपालको संविधान यी जति उपलब्धीहरु छन् आजकाे अवस्थासम्म आईपुग्दा बेकार सावित हुन थालेका छन्। देश आज जनता,राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताबाट कमजोर बन्न पुगेकाे छ।जनतालाई हरेक तवरबाट शोषण,उत्पिडन बनाइरहने अनि अनेकौं वहानामा जनताको सोच विचार र धारणालाई दलीय स्वार्थमा मानसिक र बौद्धिक क्षमताबाटै कमजोर र पराधिन गरी मन्द विषमा डुँबाउदै अचेत बनाउने परिवर्तित कथित व्यवस्थाले सिर्जना गरिरहेको छ।सत्य सेवम् सुरक्षणम्।कहाँ छ? र कसले गर्ने हाे। जनतालाई नै वैरी बनाई एक आपसमा जुधाएर जनतालाई नै लोकप्रिय मतकाे अवसरकाे लालच देखाई आफु सत्तासिन हुने र पद,प्रतिष्ठा,सत्ता, शक्ति र धन सम्पत्तिका लागि विदेशीहरुसँग गुलामी गरी,भिग माग्ने र केही उपाय नलागे देशको भुमिदेखि, प्राकृतिक स्रोत र साधन विदेशीलाई अनेकौं बहानामा हस्तान्तरण गरी बेच्ने र राष्ट्रघाटी सन्धी सम्झौता मार्फत राजनितिक वर्चश्व र शत्ताको लागि सुम्पिदिने परिपाटी वि.स.२००७ सालको प्रजातन्त्र देखिनै भई आएको देखिन्छ।यति हुँदा सम्म पनि जनता यी दल र व्यवस्थामा नै रमाउने र चुनावी माहाेल आएपछि दिपावली गर्ने,यता राष्ट्र घाटि सन्धी सम्झौता गर्ने बेला,नाटकिय ईशारामा ढुङ्गामुडा गरी सडकमा उत्रिने गरेकाे देख्दा जनता नै ज्युँदा लाश जस्तै बनेका छन्।कता-कता धन सम्पत्तिको लालचमा दलका नेता मात्र नभई जनता समेत पैसामा विकि सकेकाे महशुस गराउँछ।एक थरी जनतालाई राष्ट्रियताको चिन्ता छ भने अर्को थरी जनतालाई राष्ट्रियता र धन सम्पत्ति दुवैको चिन्ता छ।यसर्थमा जिन्दावाद,मुर्दावाद र विस्तार वाद,साम्राज्यवादको नारा लगाई व्यवस्था नै उथुलपुथुल हुने खाले बहस र छलफलहरु त्यही भित्रका पार्टी पंक्तिबाट हुने गर्छ तर यथार्थमा ती सबै पानीका फोका जस्तै हुन्छन्।देशमा अहिले पनि पुरातन,संसदीय व्यवस्था नै छ।
आजको २१ औं शताब्दीको यान्त्रिकरण र प्रविधिमा अगाडी बढेको विश्व समुदायमा,हिजो विपिको समाजवादको,हलो र जुवामा सिमित रहन सक्दैन भने” व्यवस्थालाई व्याख्यात्मक परिवर्तन गरेर मात्र हुँदैन,यसलाई त विधि र पद्धतिबाट व्यवहारिक रुप दिन सक्नुपर्छ।अन्ध राजनिती र व्यक्तिवादकाे परिस्थिति बाटै देशका राजनीतिक दल र जनता भ्रमित हुन्छन्।किनभने अहिले अन्टर्राष्ट्रिय परिवर्तनलाई त्यहाँको गुणात्मक र परिमाणात्मक विस्तारलाई अध्ययन एवम् अनुसन्धान गरेर,परिमार्जित देशको मौलिकतामा आधारित भाैगाेलिक सम्बन्ध,आर्थिक राजनीतिक,सामाजिक परिवेश,कुतनीतिक सम्बन्ध, साँस्कृतिक र प्राविधिक कुशलतालाई अर्गानिक र परिपक्वतामा देशी मोडालिटीमा ढाल्न सक्नुपर्छ।हाेईन भने”इगो र प्रतिस्पर्धाको रुपमा राजनीतिक गर्ने हाे र घाटा,नाफाको अङ्क गणितिय हिसाबमा जनताको मतको लेखा जोखा गरी मोलमोलाई गर्ने हाे,भने (www.dibaynews.com २०७७ मा प्रकाशित लेख हो।) एक दिन सम्प्रभुताले आफ्नो अस्तित्व मेटाउँछ र हस्तक्षेपकारी नितिबाट सार्वभौमिकताकाे चाँहि ज्युँदा लाशहरु जन्माउनु बाहेक अरु विकल्प नरहन सक्छ ।