ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एसीसी कप : नेपालको विजयी सुरुवात, नेपालले मलेसियालाई ६ विकेटले हरायो


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं, वैशाख ५ गते । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३ं६.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धसतकीय रन बनाउनुभयो । भिमले ७१ रन  बनाउनुभयो । उहाँले ९८ बलमा पाँच चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । कुशल मल्लले अविजित ७० रन बनाउनुभयो । उहाँले ४० बलमा पाँच चौका, पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान रोहित पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाउनुभयो । बलिङमा मलेसियाका मुहमद वाफिक, रिजवान हैदर, भिरनदिप सिंह र विजय युनाईले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोड्नुभयो । बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । यससँगै मलेसियाविरुद्ध नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यसअघि भएका पाँच भिडन्तमा पनि सबै नतिजा नेपालको पक्षमा रहेको थियो । एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । मूलपानी मैदानमा भएको  ‘बी’ को अर्को खेलमा हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गरेको छ । हङकङको जितमा बाबर हायतले अविजित एक साय आठ रन जोड्नुभएको थियो । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । मलेसियाविरुद्ध नेपाल-११   रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

Danacup 2025 U 14 काे खेलमा शंखरापुर निवासी रिजन खड्का सहितकाे नेपाली टिम विजयी

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host