सन्तोष प्रसाद तिवारी।
२०८० वैशाख १३,काठमाडौँ । लेखक राजेन्द्र प्रसाद न्यौपानेको व्यक्तित्व तथा नेतृत्व विकास नामक पुस्तक प्रकाशनमा आएको छ । सर्वाङ्गीण विकासको लागि सूचनामूलक शिक्षा मात्र होइन जवीनउपयोगी सीपहरु (Life Skills) पनि चाहिन्छ । भन्ने उद्देश्यका साथ उक्त पुस्तक प्रकाशनमा ल्याइएको लेखक बताउँछन्। पुस्तकमा व्यक्तित्व तथा नेतृत्व विकासको सन्दर्भमा व्यक्तित्वका विभिन्न आयामहरु/दृष्टिकोणहरु स्पष्ट हुनुपर्छ भन्ने विषयमाथि ध्यान दिएको देखिन्छ ।
त्यस्तै शारीरिक, मानसिक, आर्थिक, भावनात्मक, आध्यात्मिक , साँस्कृतिक, सामाजिक व्यक्तित्व विकासको खोजीलाई मुर्त बनाउन र जीवन उपयोगी सीप र कलाहरु सिकेर जीवनलाई सक्षम बनाउने आवश्यकतालाई औंल्याइएको उक्त पुस्तकमा बडो सान्दर्भिक ढंगबाट प्रष्ट्याईएको छ।
लेखकका अनुसार उक्त पुस्तक जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, अभिभावक, युवा युवती सबैका लागि उपयोगी र मार्गनिर्देशित रहेको जनाएका छन्। नागरिकलाई सक्षम बनाउन उद्यमशील तथा उत्पादनमुखी हुनु पनि उतिकै आवश्यक छ ,यसै सत्य र तथ्यलाई चिन्तन मनन् गरेर नै यो पुस्तक तपाईंहरुको हातमा आइपुगेको हो, लेखक बताउँछन् ।
यस पुस्तकको खण्ड १ मा व्यक्तित्व तथा नेतृत्व विकास आयामहरु र विभिन्न दृष्टिकोणहरु, खण्ड -२ मा क्षमता अभिवृदि गर्ने तरिका, खण्ड-३ मा उद्घोषण कला, खण्ड-४ मा प्रस्तुति एवम् भाषण कला, खण्ड -५ मा संवाद र अन्तर्वाता कला, खण्ड-६ मा अध्ययन र लेखनकला र खण्ड -७ मा उद्यमशीलता तथा उत्पादनशीलता बारेमा विधिवत् तरिकाले पाठकवर्गहरु माझ प्रस्तुत गरिएको छ।