ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कतारलाई हराउँदै नेपाल समूह सेमिफाइनलमा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्‍यो। जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो। अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। समूह ‘बी’ को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ। सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ। कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ। बिहीबार नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो। नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे। बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे। सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए। बलिङमा कतारमाथि लगातार हाबी भएको नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए। यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए। ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५-१५ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो। नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के। ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे। कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए। उनले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ११ रनमा आउट भए। उनी आउट हुँदा नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो। सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी आउट भए। ऐरीले १२ रन मात्र जोड्न सके। २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै पेभेलियनको बाटो देखाए। ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए। सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भएको थियो। २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए। बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे। यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host