वैशाख २४ काठमाडौँ,
हरी मल्ल।
शंखरापुर नगरपालिका वडा नं ४ कालीमेल स्थित जंगल भित्र अबस्थीत श्री चन्नेस्वरी महादेव स्थान ठुलो ढुंगाको चट्टान मुणी अवस्थीत छ। हामी सनातन हिन्दु धर्मालम्बी धेरै जसो लाई थाहा भयको साँखु सालिनदिमा पौष शुक्ल पूर्णिमा देखी माघ शुक्ल पूर्णिमा सम्म १ महिना मेला लाग्ने गरेको सर्वविदितै छ । सालिनदीको शिर ॐ नारायणेस्वर महादेव खाेलालाई मानिन्छ र यस नारायणेस्वर महादेवको शिर श्री-चन्नेस्वरी महादेब देखी बगिराखेको हामीले हेर्न (देख्न) सक्छौं, भने प्रत्येक वर्षको वैशाखमा बुद्ध जयन्ती को दिन यस-चन्नेस्वरी महादेव स्थानमा मेला लाग्ने गरेको पाइन्छ। यस-चन्नेस्वरी महादेवकाे स्थानलाई त्यहाँका स्थानिय तामाङहरूले आफ्नो भाषामा ‘क्वाईप्रा’ भन्ने नामबाट चिनाउने गरेको पाइन्छ, स्थानीय भाषा अनुसार यसको अर्थ हो ढुंगाको चट्टानमा चराले माटोको गुँड लगायको हो। यस स्थानमा अजङ्गको ढुङ्गाकाे चट्टानकाे बिच भागबाट पानीकाे झरना बगेको देखिछ,र तल रहेको सानो पोखरीमा जम्मा हुन्छ भने त्यहि पानी बगेर नारायणेस्वर फेदि हुँदै सालिनदीमा मिसिन्छ । यस चन्नेस्वरी महादेव कसरी फेला पर्यो भन्ने बिषयमा त्यस कालिमेल गाउँको तामाङ, बस्तीमा एक जना झाँक्रीलाई सपनामा यस जंगलमा यस्तो दैवि शक्ति छ खोजी गर्नु भनेर भनेको हुनाले यस स्थान फेला परेको स्थानीय बताउँछन् । याे धार्मिक स्थल २०७७ साल मा र २०७८/२/२ गते अर्थात बुद्ध जयन्तिको दिन थाहा पाएकाे हुनाले साेही दिन देखी नै मेला लगाउँदै आएको पाइन्छ । यस-चन्नेश्वरी महोदव स्थान जान को लागी साँखु बजार देखी ३ कि.मी उत्तरपूर्वी भाग फेदीको पुल देखि बाँया तिरको बाटो देखी आफ्नो प्राइवेट साधन (बाइक) वा. जिप कार लिएर जानको लागी काे राम्रो सुबिधा रहेको छ, साथै पैदल यात्राको लागी फेदी ढलान पुलदेखी करिब २ घण्टाको पैदल यात्रा पश्चात हामी गन्तब्यमा पुग्न सक्छौ।त्यस चन्नेस्वरी महादेव स्थान सम्म पुग्नको लागी जंगल भित्रकाे गोरेटो बाटोबाट ५ मिनेट पैदल हिडनु पर्ने हुन्छ। भने कुनै ठाउँमा रवुडकीला बनाइ सकेको छ र धेरै जसो कच्ची बाटो सीमजस्ताे दलदल र ठाउँ – ठाउँमा पानी जमेकाेले गर्दा पैदल यात्रालाई असुविधा महशुस हुनसक्छ। यसलाई सुबिधा जनक बनाउन सकेमा बाहिर देखी आउने धर्मालम्बी भक्तजनहरुलाई जान सजीलो हुने छ। र साथै चन्नेस्वरी महादेव स्थान देखी शालिनदी सम्म खोला किनारामा जथाभावी फाेहाेर “गर्न नदिन नगर,वडाले बेला बेलामा जनचेतना मुलक कदम चाल्नु पर्ने अति आवस्यक देखिन्छ।