ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

युगकविको आँखामा “भावी नेपाल”


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
आफ्नो देश सबैलाई प्यारो लाग्नु स्वभाविकै हो । देशको उन्नति र प्रगति होस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले म मेरो देशको निम्ति माटो बन्न सकोस् । किला बन्न सकोस् यही नै मेरो कर्म हुनेछ । नेपाल भूगोलमा सानो भए पनि प्राकृतिक सम्पदाले भरिपूर्ण छ । जलस्रोतको धनी देश, सर्वोच्च शिखर सगरमाथाको देश, गौतम बुद्धको देश, जिउँदो देवता कुमारीको देश, मन्दिरै मन्दिरको देश, शान्तिभूमिको देश, नदी– नाला, झरना र हरियालीको देश, दुर्लभ जडिबुटीको देश, बहुभाषा र संस्कृतिको देश, वीर गोर्खालीको देश, असंलग्न र पञ्चशीलताको देश, चन्द्र र सूर्य ध्वजाको देश । त्यसैले मेरो देश सानो भएर के भो ! जब आँखाको नानी हो । देवतै देवताहरूको बासस्थान हो । तीर्थै तीर्थको संगम, जात्रै जात्रा र पर्वै पर्वको मिलन हो । त्यसैले हामी धन्य छौं, नेपाल जस्तो अलोकिक र शान्तिप्रिय देशमा जन्मेका छौं । किनकि यो तपोभूमि, देवभूमि, पवित्रभूमि र शान्तिभूमिमा अलौकिक शतिm भएर होला जहाँ मान्छे र लाखेबीच बैवाहिक सम्बन्ध मात्र होइन स्वर्गका राजा ईन्द्रलाई समेत चोरको संज्ञा दिई हात बाँधेर जात्रा गरिने देश हो । हाम्रो देश आफैंमा सस्कृतिले भरिपूर्ण भएकोले हाम्रो यौटै चाहना हुनु पर्दछ, देशलाई कहिल्यै पनि बाधा बिघ्नले छुन नसकोस् । सधैं उन्नति र प्रगति भएर भावी नेपाल झल्लमल्ल भई उज्यालो भई रहोस् । परिश्रमका ती हातहरूले कहिल्यै पनि विश्राम लिन नपरोस् । वीरका सन्तान हौं हामी हाम्रो देशमा वैरीले पाइला टेक्न नसकोस् । बस् हामी यही चाहन्छौं, देशको माटोमा सुन फलोस् । पहाडमा सधैं हरियाली छाइरहोस् । हिमालमा सधैं चाँदीहरू टल्किरहोस् । झरना र नदीहरूमा सधैं अमृत बगिरहोस् । यही नै हामी नेपालीहरूको चाहना हुनेछ । त्यसैले हाम्रो देशको उन्नति र प्रगतिसंगै सबै नेपालीहरूको मनमा प्रज्ञा र करुणा हुर्किरहोस् । गाँस, बास र कपासका निम्ति कोही कसैले माग्न नपरोस् । सकारात्मक सोच र बिचारहरूको सधैं जन्म भैरहोस् । मनको इच्छा र आकांक्षाहरू अपुरो र अधूरो कहिल्यै नहोस् । हाम्रो प्यारो सुन्दर नेपाल आमालाई यदि प्रगति र उन्नति गर्नु छ भने हामीहरू सबैले मनैदेखि प्रतिज्ञा गरि आजैबाट आ–आफ्नो कर्म क्षेत्रमा लाग्नुपर्छ । भोलिको नेपाल आजको जस्तो हुनु हुँदैन । किनकि हामीलाई सुख, स्मृद्धि र शान्तिको आवश्यकता छ । त्यसैले म बलियो भएको नाताले ढुङ्गा फोर्न सक्छु । तिमीहरू के – के गर्न सक्छौं त्यही गरेर देखाऊ । तब मात्र हाम्रो देशले काँचुली फेर्ने छ । भोलि सुन्दर नेपालका सन्तान भनी हामीलाई विश्वले चिन्ने छ । ए कुरा काट्नेहरू हौँ, ए भयातुर आत्माहरू हौँ, तिमीहरूले पनि बुझ्ने गर, समय किन खेर फालिराखेका छौं । आज वीऊ रोपे भोलि अवश्य फल्ने छ । रीस–रागले होइन समयले हामीलाई कहिल्यै पनि पर्खिदैन । यो त बगिरहेको खोला जस्तो हो । आज छ भोलि नहुन पनि सक्छ । त्यसैले हामी मिलीजुली बिरुवा रोपौं । मलजल दिई सिञ्जन गरौं । ताकि भोलि विशाल वृक्षमुनि बसेर हिजोका अभावहरू, हिजोका दुःखहरू, हिजोका आँसुहरू, हिजोका आशाहरू आज सबै साकार भई शीतलतामा बसेर सुख र दुःखमा कुराहरू बाँड्न सक्छौं । यौटा सुन्दर नेपालमा नेपालीहरूको आफ्नै पहिचान देखाउन सक्छौं । हामीलाई थाहा छ, ती आशाहरू, ती सपनाहरू, ती चाहनाहरू अनि ती कामनाहरू सबै एकदिन पुरा हुनेछ । आज जुन कुराको अभावले हामी रोइरहेका छौं । भोलि त्यही कुरोको अभावले हाम्रा सन्तानहरू रुनुपर्ने छैन । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले भोलिको नेपाल सुन्दर होस् भन्नाका खातिर आज सिञ्चनको कुरा गर्दैछन् । सपनालाई विपना बनाउँनका लागि आशाका टुसाहरू पलाउँन खोज्दैछन् । जीवनभर अभावै अभावमा बाँचेर पनि भोलिका दिनमा अभाव नहोस् भनी सोच्दैछन् । आफू सुतर अर्काको कुरा काट्नेहरूलाई जागरणका कुराहरू सुनाउँदै छन् । स्वदेश सप्रेस्, उन्नति होओस् भन्ने भैइ कन पनि आशा आफू केही गर्न नसक्ने, ए थकित भयातुर आत्मा । उर रस सिञ्चन गर हुर्काऊ यी आशाका नवकलिका एकदिन मिली गर्नेछन् यीन तिम्रो सपना सब बिपना । जीवनभर नै जसको अभाव रोई रोई आएथ्यो पाउन देओ यिनीहरूलाई जसबाट तिमी बञ्चित छौं । संसार परिवर्तशील छ । यो परिवर्तनशील संसारमा समयले सबैलाई चलाउँदो रहेछ । आजका यी नयाँ गीतहरू भोलि पुरानो हुनेछन् । टुसाहरू भोलि फर्किएर झर्नेछन् । आज बलियाहरू भोलि निर्बल भएर मर्ने छन् । बग्दा बग्दै ढुङ्गो पनि टुक्रा टुक्रा भई बालुवा बन्नेछन् । त्यसैले हामी मान्छे भएर बाँच्ने हो भने समयसंगै हिड्न सिक्नु पर्दछ । होइन भने समयले हामीलाई किनारामा छाडेर जाने छन् । यही नै संसारको रीत हो । भनिन्छ, मानिस–मानिस होऊन् । जीवनले जीवन पाउँन । गीतहरू सबै ज्योति बनून । थोत्रो काम नलाग्ने कुराहरू सबै बगाएर लगुन् । यो नै मानव जीवनका निम्ति मान्छे–मान्छे भएर बाँच्ने उपदेश रहेछ । यो कुरा सत्य हो । जिउन त सबै प्राणीहरू आ–आफ्नो तरीकाबाट जिउने गरिन्छ । तर मानिसभित्र यौटा त्यस्तो विवेक छ, जुन विवेक अरु प्राणीहरूमा पाईदैन । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले यो भवसागरमा मान्छे भएर जन्मेपछि मान्छे–मान्छे जस्तो हुनुपर्छ । जीवन खोला जस्तो संग्लो भएर बग्न सक्नुपर्छ । दुई किनारालाई साक्षी राखेर नयाँ नौलो गीतहरू गाउनका लागि आह्वान गर्दछन् । किनकि हाम्रो जीवन आजको लागि मात्र होइन भोलिका लागि पनि हो । मान्छे–मान्छे भएर, जीवन–जीवन भएर, नयाँ उत्साह बनेर, आशा मार्ग बनेर भोलिका निम्ति बाटो बनाउनु छ । थोत्रो काम नलाग्ने कुराहरूलाई पन्छाएर नयाँ युगको निर्माण गर्नुछ । जहाँ सबै कुराहरूको स्थिति होस् । जहाँ सबैलाई समान ब्यवहार गरोस् । जहाँ सबैलाई स्वतन्त्रता होस् । जहाँ सबैलाई गाँस, बास र कपास होस् । त्यही नै हाम्रो भोलिको चाहना हुनेछ । तसर्थ हामी खुम्चेर होइन निर्धक्कसंग फुलेर हिड्नुपर्छ । किनकि हामी खुम्चेर हिड्ने हो भने देशमा कहिल्यै पनि विकास हुन सकदैन । जहाँ जस्तो अवस्थामा छ त्यस्तै भएर हाम्रो भविष्यमा कहिल्यै पनि घाम लाग्दैन । हो, भविष्यलाई सुन्दर बनाउनु छ भने हामी सबैले आँखा खोल्नै पर्छ । थोत्रा पुराना सोचहरूलाई त्यागेर नयाँ सोचहरूतिर लाग्नै पर्छ । खुम्चिएर होइन आफै लिएर जताततै लहरहरू ल्याउनै पर्छ । परिश्रमीका ती पाखुराहरूमा सधैं जोश र जाँगरहरू थपि दिनैपर्छ । तब मात्र हाम्रो देशले आफ्नो बाटो लाग्ने छ । युगका बन्धनहरूलाई च्याटेर, पुराना नचाहिने कुराहरूलाई फालेर, भत्किसकेका संरचनाहरूलाई फेरि बनाएर जहाँ अध्यारो छ त्यही मसाल बालेर सुनमाथि सुगन्ध थपिने छ । भविष्य आफैले नै निर्धारण गर्ने कुरो हो । जो जसरी आफ्नो इच्छानुसार हिड्न मन लाग्छ त्यस्तै गरि हिड्ने हो भने यौटा असमानताको सीमालाई च्याटेर, यौटा मांसलको जाललाई फाटेर यौटा शोषण र दमनलाई कुल्चिएर, यौटा बेथिति र कुरितिलाई फालेर हामी हिड्ने हो भने निश्चय नै युगको बन्धन तोडिने छ । भावी नेपालले लामो सास फेरेर अबका बाटाहरू आफैले नै खोज्ने छ । मानिस होऊन्, जीवन पाऊन्, यी सब गीत नयाँ थोत्रो युगको कम्लो फाली ल्याऊन् छरिता रीत नयाँ । खुम्चन छाडी खोलिन खोज्ने यो सुन्दर भावी नेपाल युगका बन्धन फाटी फाली उम्कन खोज्ने मांसल जाल । मान्छेको जुनीमा आज मात्र होइन भोलिलाई पनि त्यति कै महत्व दिएको हुन्छ । आज हाँसेर भोलि रुनु र आज रोएर भोलि हाँस्नुमा धेरै फरक छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आज जति सुकै दुःख र कष्ट सहेर भए पनि त्यो कालो बादललाई हटाएर भोलिका निम्ति उज्यालो सूर्य देख्न पाउन भन्नाका खातिर अहिले नै सुकर्म तर्पm अगाडी बढ्नु पर्छ भनी प्रस्तुत कविता मार्फत सन्देश दिनु भएको देखिन्छ । यदि भावी नेपाल राम्रो हुन सकेन भने हाम्रा सन्तानले अवश्य पनि दुःख पाउने छन् । दुःख पाउन्छ भनी थाहा हुँदा हुँदै पनि हामीले भोलिका निम्ति केही नगर्ने हो भने हाम्रा सन्तानले हामी मरेर गएर पनि धिक्कार्ने छन् । त्यसैले सुन्दर भावी नेपालका लागि हामीले सोच्नै पर्छ । यो जीवन भोलि कसरी जिउने हो ? यो जीवन भोलि कसरी चलाउने हो ? यो जीवन भोलि कसरी बिताउने हो ? यो जीवन भोलि कसरी सुन्दर पार्ने हो ? यही नै हाम्रो कामना हुनु पर्दछ । यहि नै हाम्रो चाहना हुनु पर्दछ । तब मात्र मान्छे–मान्छे जस्तो हुनसक्छ । जीवन–जीवन जस्तो बन्न सक्छ । सपना–बिपना भएर हाँस्न सक्छ । आशा जहाँसुकै भए पनि पलाउन सक्छ । अभाबै अभावमा रोएर बाँचिएका ती आत्माहरूले आज केही नपाए पनि भोलिका निम्ति सुन्दर, शान्त अनि समृद्धि नेपाल पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

परिवर्तनको नाममा स्थायी दोहोरावट

समानता र स्वतन्त्रताको संघर्ष नयाँ पुस्ताको भूमिका

परिवर्तनको नाममा स्थायी दोहोरावट

जेन–जि सरकार तीन वर्ष टिकाउनुपर्ने माग आन्दोलन-निषेधदेखि राजनीतिक सुधारसम्म  तिवारीको धारणा

परिवर्तनको नाममा स्थायी दोहोरावट

मेराे स्वतन्त्र आवाज-परिवर्तनकाे मार्ग र राष्ट्रकाे भविष्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host