२०८० साउन १५, काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सको आइ-पी-ओमा आवेदन दिने आज साउन १५ गते सोमबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समय-भित्र यस कम्पनीको आइ-पी-ओमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफले साउन १ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइ-पी-ओ सर्व-साधारणलाई जारी गर्दैछ ।
त्यस मध्येबाट १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रति-कित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइ-पी-ओलाई ‘केयर’एन’पी त्रिपल B + इस्यू-अर -रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्य-मस्तरको जोखिम रहेको जनाउँछ । यो आइ-पी-ओमा नेपाल एस-बि-आई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।