ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सहरी विकासकाे सचिव श्रेष्ठको अवकाशको मुखमा कमाउ धन्दा-घुसकाे दररेट नै लाखौं


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन २४,काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ अवकाशको मुखमा कमाउ धन्दामा लागेका छन् । अवकाश हुन ४९ दिन मात्र बाँकी रहेका बेला सचिव श्रेष्ठले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयर पोष्टिङ गर्दासमेत दररेट तोकेर कमाउ धन्दालाई तीव्रता दिएका हुन् ।

उनले दररेट तोकेरै घुस असुल्न मन्त्रालयका शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त अर्याललाई परिचालन गरेका छन् । २०८० असोज ११ मा अवकाश हुन लागेका उनले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयरसँग समेत असुली आतंक मच्चाइरहेका छन् ।

स्रातेका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख प्रदीप परियार र डिल्ली श्रेष्ठ मार्फत् उनले विभागका सब इन्जीनीयर र इन्जीनीयर सरुवा र पद स्थापनमा दररेट तय गरेका छन् । सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले पद जोगाउनका लागि अवकाशको मुखमा रहेका सचिवको कमाउ धन्दालाई साथ दिन उनका हरेक चाहना पूरा गर्दैआएका छन् ।

सुरेन्द्र मोहन कमजोर नेतृत्व क्षमता भएका व्यक्ति हुन् । भवन विभाग अन्तर्गतका सब-इन्जीनीयरको पोष्टिङ गर्नका लागि सचिवका विश्वासपात्र शाखा अधिकृत श्रेष्ठ र अर्यालले ५० हजार रुपैयाँसमेत घुस माग्ने गरेको आरोप लागेको छ ।

त्यसैगरी, इन्जीनीयर २ लाख, सघन सहरी तथा भवन आयोजनाका प्रमुख (डीई) सँग ५ देखि १० लाख घुसको दररेट तय गरिएको छ । प्रशासन महाशाखा प्रमुख प्रदीप परियार मार्फत् सचिवले सहरी विकास मन्त्रालयमा कमाउ धन्दा संचालन गरिरहेको आरोप छ ।

यसअघिका सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य कांग्रेसकै नेताजस्तो प्रस्तुत भएकाले मन्त्री सीता गुरुङले उनलाई हटाएर रविन्द्रनाथ श्रेष्ठलाई ल्याएकी थिइन् । तर अहिले सचिव श्रेष्ठले मन्त्री गुरुङलाई समेत बाइपास गर्दै कमाउ धन्दामा लागेको बताइन्छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षदेखि फजुल खर्च रोक्नका लागि हरेक मन्त्रालयलाई समीक्षा गोष्ठी कार्यालयमै गर्न, होटलमा नगर्न निर्देशन दिएको छ ।

आर्थिक बर्षको अन्तिममा हुने समीक्षा गोष्ठी लाखौं खर्च गरी महंगा होटलमा गर्ने क्रम बढेपछि अर्थमन्त्रालयले रोक लगाएको हो । तर अर्थमन्त्रालयको निर्देशन बिपरीत सहरी विकासले महंगा होटलमा समीक्षा गोष्ठी गर्दै आएको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका पीए राजेश बज्राचार्यसँग सेटिङ गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका श्रेष्ठ अहिले पनि बालकोटकै योजनामा चल्ने गरेको आरोप छ ।

ADVERTISEMENT

काभ्रे घर भएका उनी बिरुद्ध सडक विभागको महानिर्देशक-देखि भौतिक सचिव हुँदा नै अकूत सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । स्रोतका अनुसार उनी अख्तियारमा पटक पटक बयान दिनसमेत गइसकेका छन् ।

यसैबीच, सचिव श्रेष्ठका विश्वासपात्र सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव प्रदीप परियारले गरेका अनियमितताका बिषयमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । अख्तियारमा २०८० असार २६ मा उजुरी परेको थियो । आयोगले परियारका बिषयमा काटेको पत्र प्रधानमन्त्री कार्यालय हुँदै मन्त्रालयमा पुगेको छ भने केन्द्रले सिधै मन्त्रालयलाई पठाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host