ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने भारतको तयारी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

७ भदाै,काठमाडौं । वर्षा नहुँदा उखुको उत्पादन घटेका कारण भारतले ७ वर्षयता पहिलो पटक चिनीको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । भारतले अक्टोबरदेखि सुरु हुने आगामी सिजनमा चिनी निर्यात गर्न मिलहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको ३ जना सरकारी अधिकारीहरुलाई उधृत गर्दै रोयटर्सले लेखेको छ ।

भारतको पहिलो प्राथमिकता स्थानीय बजारमा चिनीको आवश्यकताहरु पूरा गर्ने र अतिरिक्त उखुबाट इथानोल उत्पादन गर्ने रहेको एक भारतीय अधिकारीले बताएका छन् । आगामी सिजनको लागि निर्यात कोटाका लागि छुट्याउने पर्याप्त चिनी भारतसँग नभएको पनि उनले बताए । विश्व बजारमा भारतको अनुपस्थितिले न्यूयोर्क र लन्डनमा बेन्चमार्क मूल्यहरु बढाउने सम्भावना देखिएको छ ।

नेपालमा पनि आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले भारतबाट चिनी आउने गरेको छ । भारतले निर्यातमा रोक लगाएमा नेपाली बजारमा पनि असर पर्ने देखिन्छ । चिनी निर्यात प्रतिबन्धले विश्वव्यापी खाद्यान्न बजारहरुमा थप मुद्रास्फीति बढ्ने अनुमान गरिएको छ । गत सिजन इतिहासकै उच्च १ करोड ११ लाख टन चिनी निर्यात गर्न दिएको भारतले चालु सिजनमा (सेप्टेम्बर ३० सम्म) भने मिलहरुलाई ६१ लाख टन मात्र चिनी निर्यात गर्न अनुमति दिएको थियो । यसअघि, सन् २०१६ मा भारतले विदेशमा चिनी बिक्री रोक्न निर्यातमा २०% कर लगाएको थियो ।

ADVERTISEMENT

भारतको पश्चिमी राज्य महाराष्ट्र र दक्षिणी राज्य कर्नाटकका उच्च उखु उत्पादन गर्ने जिल्लाहरुमा मनसुनी वर्षा यस वर्ष औसतभन्दा ५०% कम भएको मौसम विभागको तथ्यांकले देखाएको छ । यी दुई राज्यले मात्र भारतको कुल चिनी उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेका छन् । न्यून वर्षाले सन् २०२३–२४ सिजनमा चिनी उत्पादनमा कमी ल्याउने र सन् २०२४–२५ सिजनमा उखु रोपाईमा नै कमी आउने एक अधिकारीले बताएका छन् ।

सन् २०२३–२४ सिजनमा भारतको चिनी उत्पादन ३.३% ले घटेर ३ करोड १७ लाख टनमा आउने अनुमान गरिएको छ । यता, भारतमा स्थानीय चिनीको मूल्य बढेर यस साता झण्डै दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । जसका कारण सरकारले चिनी मिलहरूलाई अगस्टमा थप २ लाख टन बिक्री गर्न अनुमति दिएको छ । खाद्यान्नको मुद्रास्फीति चिन्ताको विषय भएको र चिनीको भाउमा देखिएको हालैकोे वृद्धिले निर्यातको कुनै पनि सम्भावना अन्त्य गरेको अर्का एक सरकारी स्रोतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

गोलन्जोर गाउँपालिकाले २३ गतेदेखि जुनार मेला लगाउने

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

नेपालमा उत्पादित केराले दसैँ तिहार र छठ धान्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host