सन्तोष प्रसाद तिवारी।
१४ भदौ, काठमाडौँ।‘विश्व एक राष्ट्र, एक राज्य निति बनाई विश्व एकिकरण र पृथ्वीलाई एउटै देश, राज्य र एउटै माहाद्दीप बनाउन सकियो भने, मानिस मानिस बीचको अर्न्तरद्घन्द, युद्ध, शक्ति र शत्ताकाे लुछातानी, अराजकता, आन्दोलन र हडताल, विराेध, नारावाजी र जुलुस, जातपात र विभेदको सम्बन्ध, देशी र विदेशीको भावना धनी गरिब बिचको अन्तर, शक्तिशाली राष्ट्र र शक्तिहिन राष्ट्र, राष्ट्र, राज्य र अर्न्तराष्ट्रबिचको युद्द, राज्य -राज्य बिचको सिमा, प्राकृतिक स्रोत, खानी, महत्वपूर्ण क्षेत्रहरु, बाैद्धिक सम्पत्तिहरु चाेरीने, मिचिने, मासिने हराउने वा कुनै पनि तवरले खतरामा रहने स्थिति हुने,थिएन। विश्वमा भएका यस्ता कैयौँ आफ्ना राज्यमा, देशमा प्रदेशमा एवम् प्रान्तमा अवस्थित राष्ट्रिय, गौरव, सम्मान, प्रविधि, चिन्तन र सोचका एवम् पुराना घटना, आवरण र इतिहासका महत्वपूर्ण दर्शने किसिमका अमुल्य र सम्वृद्धिको नविन पाइलाहरुलाई अगाडी बढाउने सम्पत्ति छन्, ज्ञान, बुद्घी र विेवेकको भण्डार छन्, यदि विश्वमा एक राज्य र एक शासक हुने हो भने, अवश्य नै एक दिन हामीले,एक सभ्य मानव,एक सभ्य समाज, सभ्य राज्य र एक सभ्य विश्व देशको निर्माण भएको महशुस गर्न सक्नेछाै।
यसले मानव सृष्टीकाे पुर्णता र आधुनिक मानवतावादको उदयको सिर्जना गर्छ, विश्व भाईभातृत्वबिच सहिष्णुता, अनुशासित, मानवता वादको संरक्षणकाे विशाल हृदय भएकाे मानव जन्म भएको एक सुन्दर पृथ्वीको रचना हुन्छ, यसबाट कुनै पनि मानिसले आफ्नो लोभ, स्वार्थ घमण्ड अनावश्यक प्रतिस्पर्धा, विभिन्न किसिमका सामाजिक सांस्कृतिक लगायत साम्प्रदायिक (मुल्य, मान्यता-भाषा, कला धर्म, रहनसहन र संस्कार) तथा मनोवैज्ञानिक संवेगको प्रतिक्रिया देखाउन अवश्यकता पर्दैन । किनभने मान्छे, बाँच्नलाई आवश्यक पर्ने आधारभूत वस्तुहरु जस्तै गाँस, बाँस, कपास ,स्वास्थ्य, शिक्षा रोजगार र मनोरञ्जन जस्ता चिज ऊसले प्राप्त गर्नसक्यो भने, ऊ सन्तुष्ट रहन सक्ला, अहिले जति पनि संघर्ष युद्द भएका छन्,त्यो सबै गरिबी, अभाव, आत्मसम्मान, अशिक्षा लगाएत बाँच्नकाे लागि संघर्षकाे कारण भएको छ । यसको अर्थ विश्वमा धेरै धनी राष्ट्र छन्, शिक्षित छन्, यो होइनहोला भन्ने सोच छ भने’ आफ्नो दिमागबाट हटाउनु होला किनभने उनीहरु कुनै पनि किसिमले गरीव र आशिक्षित भएकै हुन्छन् । एडभान्स टेक्नोलोजीकाे डेभलपमेण्ट हुँदैमा जनता सुखि छ, विकास भयाे भनिहाल्न मिल्दैन किनभने विकास हुन त सम्पूर्ण मानव जगतकाे चेतना र चिन्तनमा आउने सभ्यताकाे धारणालाई रुपान्तरण गर्दै अगाडि बढाउँदै लैजान सक्नुपर्छ ।
यदि विश्व एउटै भयो भने कोही कसैको लागि धनी, गरीव, अशिक्षित हुँदैन, एक अर्काको दुश्मन बन्नु पर्दैन र एक राज्य बिच अर्को राज्यले युद्द गर्नु पर्ने, नरसंहार गर्नुपर्ने र एक राष्ट्रबाट अर्को राष्ट्र डराउने वा सुरक्षाका खतरामा रहने स्थिति आउँदैन, विनासकारी हातहतियारकाे आवश्यक पर्दैन । विश्व भुमि सम्पूर्ण मानव समुदायको एउटै भएपछि जो जहाँ गइ बसे पनी, काम गरी आफ्नो व्यवसाय गर्न सक्छ, आफ्ना आधारभुत आवश्यकता पूरा गर्न सक्छ, स्वतन्त्र हुनसक्छ र कसैलाई कसैको डर हुँदैन । जहाँ जो गएपनी एउटै नागरिक भइसकेसी पासपोर्टको आवश्यकता पर्दैन, भिषा लगाइरहनु पर्दैन । सबैको एउटै नागरिकता हुन्छ, यो आधुनिक विश्वको आधुनिक मानव सभ्यताको नविन पहिचान हुनेछ, यसका लागि हाल विश्वमा रहेका जतिपनि मुलुक छन्, ति सबै मुलुकमा राष्ट्र प्रमुखहरु एकै ठाउँमा भेला भई, नयाँ विश्व निर्माणमा जुट्नुपर्छ। हरेक देशका राष्ट्र प्रमुखले विश्वको नयाँ इतिहास कोर्नलाई, विश्व एउटै देश बन्नुपर्छ भन्ने मत हुनुपर्छ ।
विश्वमा रहेका सबै राष्ट्रका राष्ट्रप्रमुखहरुलाई उनीहरुको क्षमता अनुसार एक – एक वटा मन्त्रि वा सम्बन्धित देसका नागरिककाे मतबाट प्रतिनिधित्व चुनिनुपर्छ । तर यसमा सम्पूर्ण राजनिति दल कुनै एक व्यक्ति नभइ सबैले आफ्नो मत राख्ने र मत पाप्त गर्न अगाडी बढ्न पाउने हुनुपर्छ । यो नै एउटा विश्व समुदायको एतिहासिक, रुपान्तरित र आधुनिक मानव समुदायकाे सर्वश्रेष्ठ अभ्यास पनि हुनसक्छ । यसबाटै प्रमाणित हुन्छ कि, विश्व मानव जगतकाे संरक्षण, अस्तित्व, दिगो विकास, पुर्ण विकास, दिगाे शान्ति र मानव सभ्यताको ईतिहास सदैव जिवन्त, अटल र ईकाे सिस्टमलाई सन्तुलन बनाइ राख्न हामी सम्पूर्ण विश्व मानव समुदाय एक हुनै पर्छ । मिति वि.स.२०७८ असाेज ११ मा प्रकाशन भएको । dibaynews.com