ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, ४ असोज। महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित महादेव मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० केजीसहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २३ वर्षीय जिवन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका सहचालक तामाङलाई पक्राउ गरेको हो । साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा १० केजी ३ सय ५० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा मधुवन गाउँपालिका-२ बस्ने ४० वर्षीया सलामा खातुन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख १५८६ बसमा सवार सलामाको साथबाट ३ केजी १ सय ग्राम र ग.७ ख २२४० नम्बरको बसमा सवार सामुएलको साथबाट ७ केजी २ सय ५० ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो । 

ADVERTISEMENT

कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ८० मिलिग्रामसहित बाजुरा बुढीगंगा नगरपालिका-६ बस्ने २० वर्षीय देवेन्द्र लुहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

बाँके, कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २३ वर्षीय प्रकाश बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १६ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले प्रकाशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाबुगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित डुडुवा गाउँपालिका-६ बस्ने २८ वर्षीय उदय राज मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र लुम्बिनी प्रदेश अनुसन्धान समुहबाट खटिएको संयुक्त टोलीले युपि ४० एएफ ५३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host