ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ असोज,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै आरोपित माथि मुद्दा दायर गरेको छ । आयोगले जलहरी निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाबिरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले पशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठको मिलेमतोमा भ्रष्टाचार भएका निष्कर्ष निकालेको छ । अख्तियारले ढकाल, थापा र श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो, त्यति नै जरिवाना र कैद तथा बहालवाला पदाधिकारीबाट अनियमितता भएको कसुरमा ढकाल र थापालाई थप सजाय माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा द्रुत मार्गबाट कार्यसम्पन्न गर्ने मौका पारेर करिब डेढ किलो सुन गायब बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ।अदालतको आदेशलाई समेत बेवास्ता गर्दै पशुपतिमा चढाएको जलहरीमा घोटला भएको महालेखापरिक्षक कार्यलयले समेत प्रतिबेदन  सार्वजनिक गरेको थियो ।

ADVERTISEMENT

तात्कालिन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राज्य ढुकुटीबाट ३० करोड र पशुपति क्षेत्र विकास कोषबाट ५० करोड ११ हजार खर्चेर जलहरी बनाइएको थियो । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७ सय ७३ ग्राम सुन र त्यसमा चाँदी, तामा र जिंक मिसाएर करिब १०७ किलो ९२४.७५ ग्रामको जलहरी बनाउने निर्णय भएको थियो । जलहरी निर्माणका क्रममा गरिएको मुचुल्कामा जलहरीमा सुनको परिमाण ९६ किलो ८ सय २२ ग्राम रहेको तथ्याङ्क छ ।

घोषित परिमाण भन्दा कम तौलको जलहरी राखिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । जलहरी निर्माण गर्दा सुन गायब गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अख्तियारको अनुसन्धानपछि पशुपति क्षेत्र बिकाश कोषले करिब ११ किलो सुनको छुट्टै रिङ बनाइएको प्रस्टीकरण दिँदै अनियमितता ढाकछोपको प्रयास गरेको थियो । उजुरी परेपनि तात्कालिन सरकारको पालामा अनुसन्धान प्रभावित भएको थियो ।  तर, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरी प्रकरणमा अनियमितता भएको भन्दै संसदबाटै यसको अनुसन्धान गर्न माग गरेका थिए । त्यसको बिरोधमा प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध समेत गरेको थियो ।

सरकारले सुन जलहरी प्रकरणमा भएको घोटला छानविन गर्ने कुरामा तदारुकता दिएँसगै अख्तियारले गत असारमा जलहरी निकालेर जोख्दा १ सय ७ किलो ४ सय ६८ ग्राम तौल निस्किएको थियो । त्यस क्रममा कोषले दाबी गरेभन्दा जलहरीको तौल करिब आधा किलो कम मापन भएको थियो । तर, अख्तियारले गरेको अनुसन्धानबाट जलहरीमा प्रयोग भएको धातुको तौल करिब उत्ति नै भए पनि सुनमा अन्य धातु मिसावट गरेर भ्रष्टाचार गरिएको निष्कर्ष निकालेको छ । जलहरी बनाउँदा पदाधिकारी र कर्मचारीको मिलेमतोमा १ किलो ४ सय ९१.७१८ ग्राम सुन हिनामिना गरेर मिसावट गरिएको अख्तियारले दायर गरेको पत्रमा उल्लेख छ ।

२०७७ माघ १२ गते पशुपतिनाथ मन्दिर पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले‘संकल्प पूजा’गर्दै करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने प्रक्रिया अघि बढाउन कोषका पदाधिकारीलाई निर्देशन दिएका थिए । बजेट व्यवस्थापन, सुन खरिद र जलहरी निर्माण एक महिनाभित्रै सकेर फागुन १२ मा तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र रोल नंं. १ को छायांकन सुरु

चलचित्र रोल नंं. १ को छायांकन सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host