ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

समाजमा हिँसा कसले फैलाई रहेको छ त ? यसको छद्म कारक तत्व को को हुन् ?


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१९ असाेज२०८०,काठमाडौँ । १.दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू सँगको भेटघाट र भेटघाट पश्चातको दशैँ विरोधी अभियानले यिनीहरू को बाट परिचालित छन् भन्ने कुरा घाम झैं छर्लंग भएको छ । निज परियारलाई कसले परिचालन गरिरहेको छ ? प्रश्न उठेको छ । डा.परियारका गतिविधि क्रिश्चियन धर्मलाई सहयोग पुग्न खालका रहेको आरोप लाग्ने गरेको छ । निज परियारले लामो समयसम्म बेलायती राजदूतावासको कार्यालय लैनचौरमा काम गरेका थिए । उनले त्यहाँ मिडियासम्बन्धी काम हेर्ने गर्थे । आफूलाई स्वघोषित दलित अभियन्ता बताउने डा.परियारले अहिले पनि बेलायती राजदूतलाई भेट गर्नेदेखि पश्चिमा राष्ट्रका कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्दै आएका छन् । उनका लेख-रचनाहरू पश्चिमा राष्ट्र अर्थात क्रिश्चियनको प्रचारक र हिन्दू धर्मविरोधी वेबपोर्टलहरूमा आउने गरेका छन् । पश्चिमा राष्ट्रहरूलाई नेपालमा क्रिश्चियन धर्म बढाउन ठूलो रकम खर्च गरेको भनेर आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा सामाजिक सद्भाव बिथोलिने गरेर डा.परियारले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेका छन् । निजका यस्ता अमानवीय गतिविधिहरूले आशंका उब्जिएको छ । उनका घृणा फैलाउने अभिव्यक्तिप्रति नेपाल प्रहरीको साइबर ब्यूरोले विशेष ध्यान दिनु आवस्यक छ।यो सम्वन्धित विस्तृत समाचार शुक्रबार,आश्विन१९, २०८० को www.republicadainik.com मा छापिएको छ ।

२.दशैँ नजिक आएसँगै माधव कुमार नेपालको एक ‘स्टेटमेन्ट’ बाहिर आएको छ । नेपालमा हिन्दूहरुले बढी महत्व पाएका छन्, दशैँ तिहारको बिदा छोट्याउनुपर्छ भनेर । मानिसको दिनचर्या निकै व्यस्त बनिसकेको छ । त्यसैले काममा जुट्नुपर्ने मानिसका बाध्यता छन् भन्दै अब दशैँलाई दुई दिन, नभए तीन दिनभित्र दशैंलाई सक्नु पर्छ भन्दै आफ्नो विचार राखेका छन् । उनले घुमाउरो पाराले नेपाली संस्कृतिमाथि अर्घेलो गर्ने चेष्टा गरेका छन् । जुन नेताहरूले गरिबलाई चुसेर ३६५ दिन नै दशैँ मनाईरहेका छन् तिनै नेताहरूले गरिब जनताले १० दिन मनाउने दशैँमाथि पनि कुदृष्टि लगाएर समस्त जनताको खुशीमाथि र समग्रमा हिन्दू चाडपर्वमाथि प्रहार गरेको छन् ।

३. एकातिर हिन्दू धर्ममाथि चारै तिरबाट प्रहार भएको छ भने अर्कोतिर संसदमा मुस्लिम र इसाईको पक्षमा नेताहरूद्वारा वकालत शुरू भएको छ । केही समयअघि मात्र इसाई मिशिनरी आईएनजिओहरूले ११ अर्ब २८ करोड रकम भित्राएको समाचार सार्वजनिक भएको थियो । उक्त रकम आएसँगै नेता एवं मन्त्रीहरूले इसाईको पक्षमा संसदमा एवं मिडियाहरूमा अभिव्यक्ति दिन थालेको देख्न सकिन्छ । सत्ताररूढ दल नेकपा माओवादीमा रहेका इसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका थिए । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको उक्त सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील इसाई मञ्च गठन गरिएको थियो । गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन समेतको आयोजना गरिएको थियो । यसैबाट पनि के प्रष्ट हुन्छ भने यहाँ नेतृत्व स्वयमले नै इसाई धर्मान्तरणलाई सहयोग गर्दै आएको छन् ।

४.माइतिघर मण्डलामा ४ जना उभिएर प्ले कार्ड बोक्दा मात्र पनि नेपालको ‘मेंन स्ट्रीम’ को मिडियाद्वारा समाचार बनाइन्छ । भोलिपल्ट मिडियामा ठूला-ठूला हेडलाइन दिएर समाचार प्रकाशित गरिन्छ तर केही समयअघि धरानको विषयलाई लिएर त्यति ठूलो आन्दोलन भयो तर कुनै पनि ठूला मिडियाले उक्त कार्यक्रमलाई प्रसारण गरेंन । मानौ सबै मिडिया मिलेर उक्त कार्यक्रमलाई बाईपास गर्नु भनेर कसै बाट दबाब आएको थियो झैँ गरेर घटनालाई पन्छाइयो । लाखौ मानिस सडकमा निस्किएर आन्दोलन एवं विरोध गर्दा पनि यो देशको संचार माध्यम आँखा चिम्लेर बस्छ ! महत्त्वपूर्ण समाचार सम्प्रेषण नहुनुले पनि यहाँ मिडिया माथि अरू कसैले निगरानी गर्दै आएको छ र सुनियोजित ढंगले नेपालको सभ्यता, संस्कृति, परम्परा, धर्म आदिलाई समाप्त पार्न लागि परेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

५.जब-जब हिन्दू चाडपर्वहरू नजिक आउँछन् तब-तब यहाँ चाडपर्व विरोधी लेखहरू प्रकाशन हुन थाल्छन् । तीज आएसँगै धर्मलाई जोडेर महिला हिँसाका समाचारहरू लेखिन थाल्दछन । स्वस्थानी आएसँगै महिला हिंसाको र पुरुषप्रधान समाजद्वारा दमन गरिएको झूटो अफवाहलाई प्राथमिकताको साथ लेखिन थालिन्छ । राष्ट्रिय एकीकरण दिवसको दिन एकीकरणकर्तालाई नै थुक्ने अभियान चलाइन्छ । दशैँ आएसँगै बली प्रथा र जातीय विभेदको कुरालाई महत्व दिएर दशैँ विरोधी अभियान नै संचालन गरिन्छ । तिहार आएसँगै ध्वनी प्रदूषण एवं दियो बाल्दा र पटका पड्काउँदा वातावरण प्रदूषण हुन्छ भनेर हुइयाँ कार्यक्रमहरू संचालन गरिराखिएको हुन्छ । जसको आयोजक स्थानीय एनजिओ वा सरकारी संयन्त्र हुन्छन् भने सह-आयोजक कुनै दातृसंस्था । यस्ता विरोध कार्यक्रम गर्नलाई ब्यानर, माइकिंग, स्टेज, खाजापानी आदि खर्चहरू कहाँबाट आइरहेको छ र यिनीहरूलाई कसले परिचालन गरिरहेको छ भन्ने कुरासँग हरेक मानिस जानकार छन् । काठमाडौंको ठाउँमा बसेर बिना कुनै जागिर वा उद्यम अभियन्ता बनेर हिड्ने व्यक्तिको दिनचर्यालाई नियाल्दा मात्रपनी उनीहरू परिचालित हुन् भन्ने कुराको पुष्टि हुन्छ ।

६.बेलायतमा ६.७%, नर्वेमा ३.७%, क्यानाडामा ४.५%, अष्ट्रेलियामा ३.२%, स्विट्जरल्याण्डमा ५.४%, फ्रान्समा १०% मुस्लिम छन् । त्यसैगरि, नेपालमा ५.०४ % मुस्लिम र १.५४% इसाई छन । तर पनि उनीहरूको स्वाभिमान एवं पन्थको सम्मान गर्दै नेपालले क्रिसमस एवं ईदमा विदा दिने गरेको छ । अन्य इसाई देशले इसाई पर्वमा त विदा दिन्छ होला तर मुस्लिम पर्वमा विदा दिदैंन । झन हिन्दू चाडपर्वमा विदा दिने त कुरै भएन । त्यसरी नै अरबिक देशमा कैयौं हिन्दू कार्यरत छन् तर त्यहाँ पनि दशैँको दिनमा समेत काम गर्न बाध्य हुन्छन हाम्रो दाजुभाईहरू । विदा त धेरै परको कुरा भयो । तरपनि हामी हिन्दूहरूलाई नै उक्त विदेशी शक्तीहरूले जातीय र धार्मिक सहिष्णुताको कुरा सिकाई रहेको पाईन्छ । जब कि वास्तविकता के हो भने उनीहरू कसैले पनि अर्को धर्मप्रति सहिष्णुताको भाव राखेको पाईंदैन ।

७.केही समयअघि नेपालगंजमा एक घटना भयो । त्यहाँको स्थानीय प्रशासनले नेपालगंजको शान्ति व्यवस्था र सदभावलाई ध्यानमा राखेर त्यहाँको घटनालाई सामाजिक संजालमा राख्न र टिकाटिप्पणी गर्नमा रोक लगायो । जनताको सुरक्षालाई ध्यानमा राखेर सरकारले यो कदम उठाएको हो भने धन्यवाद छ । तर सामाजिक संजालमा पाईएका प्रमाणहरूलाई हेर्दा के देखियो भने, हिन्दू र मुस्लिम बिचमा द्वन्दात्मक अवस्थाको सिर्जना नहोस भनेर प्रहरी तैनाथ गरिएको थियो । मुस्लिम समुदायले ताकेर नै हिन्दूहरूलाई ढुंगा प्रहार गरिरहेका थिए । तरपनि प्रहरीले मुस्लिम समुदायमाथि लाठी प्रहार गरेको देखिएन । अन्य आन्दोलनमा आन्दोलनकारीले प्रहरीलाई नै ढुंगा हान्ने गरेको देखिन्थ्यो तर नेपालगंजमा प्रहरीलाई कटाएर प्रहरीको टाउको माथिबाट जाने गरेर ढुंगा हानेर हिन्दूमाथि आक्रमण गरेको देखियो । त्यो देख्दादेख्दै पनि प्रहरीले अश्रु ग्यास एवं हवाई फायर हिन्दूमाथि नै गरेको देखियो । यदाकदा १५/१६ वर्षका जेहादी किसिमको भिड जो एकै ड्रेसमा मैदानमा उत्रीएका थिए, तिनीहरूलाई लक्षित गरेर प्रहरीले उक्त उच्छृङ्खल समूहलाई नखेदाएको भने होईन ! जब कि पूरा घटना एक फेक आईडीमा कुनै फेक परिचयधारीले लेखेको स्टाटसमा आधारित थियो र उक्त आन्दोलनलाई हिंस्रक र जातिवादी रुप दिने स्थानीय जनप्रतिनिधि नै थिए । तैपनि सरकार पक्षले हिन्दू समाजलाई सहयोग गरेको देख्न सकिएन । त्यहाँ पनि हिन्दू विरोधी गतिविधि गर्नेहरू माथि नै उदार चरित्र देखाएको प्रष्ट देख्न सकिन्थ्यो ।

८.सर्लाहीको घटनामा पनि हिन्दू समाजले आफ्नो पर्व मनाउँदै शोभायात्रा एवं मूर्ति विसर्जन यात्रा निकालेका थिए, तर त्यहाँ पनि घरभित्र लुकेर छत माथिबाट ढुंगा प्रहार गर्ने, उम्लिएको तातोपानी खन्याउने, महिलालाई अगाडी बढाएर फ्रन्टलाईनमा महिलालाई उभ्याएर पछाडी बाट आक्रमण गर्ने जस्तो किसिमले हिंसाको वातावरणको निर्माण गर्ने कार्य गरियो । त्यति मात्र नभएर बत्ति निभाएर एक स्थानीय हिन्दु युवा माथि छुरा समेत प्रहार गरियो । यस्तो हुँदाहुदै सरकारले दोषीलाई कारबाही गर्ने भन्दा पनि सामाजिक सदभाव न बिग्रियोस भनेर घटनालाई शान्त पार्न खोजिएको देखियो । घटना सर्लाहीमा भयो तर केन्द्र सरकारले केन्द्रमा भएका १० जना व्यक्तिलाई बोलाएर उक्त घटनामा आन्दोलन नगर्ने प्रतिवद्धता सहितको हस्ताक्षर गरायो । दोषीउपर कारबाही गर्ने परिपाटीभन्दा पनि घटनालाई दबाउने संस्कृतिको र फाईल बन्द गर्ने परिपाटीको विकास भएको प्रष्ट देख्न सकिन्छ ।

९.हाम्रो समाजमा विगत केही वर्षयता हिन्दू देवी देवतालाई गाली गर्ने, अस्लिलताले भरिएको शब्दावलीको प्रयोग गर्ने, हिन्दू समाजलाई अपमान गर्ने, ब्राह्मण एवं क्षेत्री जातिलाई तोकेर नै गाली गर्ने, काट्छु मार्छु भन्ने, शरणार्थी भन्ने, खेदाउंछौ भन्ने अभिव्यक्ति दिंदै आएका छन् तर त्यति हुँदा पनि सरकारले त्यसको विरुद्ध कुनै कदम चालेको देखिंदैन तर केही दिनअघि एक धर्मगुरू श्रीनिवासाचार्यले दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गरेर मुद्दा चलाउन समेत भ्यायो । हिन्दू संघ संस्थाले विरोध जनाएपछी देशमा आन्दोलन हुने ठानेर सरकारले श्रीनिवासाचार्यलाई छाड्न त छाड्यो तर सामाजिक संजालमा उग्र प्रकृतिको भाषणवाजी गर्ने मंगोल नेशनल अर्गनाइजेसनको नाईकेहरू, मस्टो समाजको केही परिचालित अभियन्ताहरू, मुस्लिम समुदायका युवाहरू, इसाई समाजको पास्टर एवं अभियन्ताहरूले दिएको वक्तव्य सयौको संख्यामा छन् । आंगकाजी शेर्पा, डा मित्र परियार, डा. केशवमान शाक्य, दलमर्दन कामी, जीवन मंगोल, आहुति, खगेन्द्र संग्रौला, मान बहादुर राई आदि जस्ता कैयौं व्यक्तिले प्रत्यक्ष रूपमा सामाजिक हिँसा भड्किने गरेर विचार राख्ने गरेका छन् तर पनि नेपाल सरकारले आजसम्म यिनीहरू विरुद्ध कुनै कारबाही गरेको छैन । तर, संविधानले नै अपराध मानेको गौहत्याको विषयमा हत्यारालाई कारबाही गर्नुपर्छ भनेर सरकार पक्षलाई नै सहयोग हुने गरेर आन्दोलन गर्दै आएका हिन्दू अभियन्तालाई पक्रने र कारबाही गर्नुले सरकारको कार्य शैली माथि नै शंका गर्ने स्थान प्रशस्त देख्न सकिन्छ ।

१०.दशैँ एवं गढ़िमाई मेलाको समयमा पशु हिँसाको आवाज उठाउनेहरूले क्रिसमस एवं ईदमा कहिले पनि पशुहिंसाको आवाज उठाएको देख्न पाईंदैन । मन्दिरमा बलेको दियो र दीपावलीमा बालिएको दियोको विषयलाई लिएर आवाज उठाउनेले चर्चमा बालिएको र वातावरणलाई प्रदूषित गर्ने मैन बत्तीको बारेमा कहिले विरोध जनाएको सुनिदैन । एक कुकुरलाई कसैले लात हानेको भिडियो पोस्ट गर्दा त्यसको बिरुद्ध सडकमा आन्दोलन गर्ने र सामाजिक संजालमा विरोध जनाउने ‘एनिमल लभर’ हरूले कहिले पनि गौ हत्या भएर सामाजिक संजालमा भिडियो पोस्ट गर्दा पनि विरोध गरेको पाईंदैन । नेवारी समुदायले आफ्नो जात्रामा रूखको एक लिङ्गो ठड्याउदा रूख काट्नुलाई गलत हो भनेर आवाज उठाउनेहरूले क्रिसमसको समयमा विश्वमा लाखौको संख्यामा काटिने क्रिसमस ट्रीको विरुद्धमा कहिले आवाज उठाएको पाईएन । तिहारमा राती देउसी खेल्दा ध्वनी प्रदूषण हुन्छ, उच्छृङ्खल तत्वद्वारा वितण्डा मच्चाउछन, शान्ति व्यवस्थामा खलल पार्छन भनेर लेख रचना लेख्नेहरूले कहिले पनि हरेक रातभरि रूपमा खुल्ने डिस्को र बारमा मदिरा सेवन गरेर, डिस्को बजाएर समाजको एक वर्गलाई बिगारिरहेको छ भनेर तिनको विरुद्धमा आवाज उठाएको पाईएन । मन्दिरमा बिहान आरती हुँदा घन्टीको आवाज र भजनले ध्वनी प्रदुषण भयो भनेर चिच्याउनेहरूले कहिले पनि दिनको ५ पटक मस्जिदमा चारैतिर फर्काएर माइक राखेर अल्लाह अकबर भनेर कराएको कर्कश ध्वनीको विरुद्ध आवाज उठाएको पाइएन । तिहारको समयमा लक्ष्मी पूजाको राती १ दिन पटका पड्काउँदा ध्वनी प्रदूषण एवं वातावरण प्रदूषणको बारेमा चिन्ता व्यक्त गर्नेहरूले इसाई एवं मुस्लिम देशको कारण दुनिया देशमा बम बारूद पड्काएको र नववर्ष तथा ओलम्पिक खेल उद्घाटनताका पटका पड्काएर धुवाले शहर नै प्रदुषण हुने गरेर बातावरण बिगारेको बिरुद्ध कहिले आवाज उठाइएन । हिन्दू मन्दिरमा स्वेच्छिक रूपमा अलि-अलि पैसा चढाउँदा विरोध जनाउने र ब्राह्मणले लुट्यो खायो भन्दै बाहुनलाई सामन्ती करार दिनेहरूले कहिले पनि चर्चभित्र अनिवार्यरूपमा उठाईने दशंसको नाममा लिईने हप्ते भेटीको बारेमा आवाज उठाएको सुनिएन । मन्दिरमा चढाएको भेटीको हिसाब खोज्नेहरूले आजसम्म मस्जिद र चर्चको भेटीमाथि प्रश्न उठाएको पाईएको छैन । हिन्दूमाथि भारतको हिन्दूवादी पार्टी र संस्थाले लगानी गरेको छ भनेर झुठो आरोप लगाउनेहरूले प्रत्यक्ष रूपमा इसाई देशले अरबौं रकम पठाएर धर्मान्तरण कार्य गराउँदा पनि आजसम्म आवाज उठाएको पाइएको छैन । 

त्यसैले यी सबै कुराहरूलाई हेर्दा यहाँ दुरभियोजन रूपले नै हिन्दूमाथि प्रहार गर्न र यो देशको संस्कृति, सभ्यता, रीतिरिवाज, जातीय पहिचान आदिलाई समाप्त पार्न यो देशका तथाकथित विद्वान् एवं बुद्धिजीवी भनिएका व्यक्तिहरू, मिडियाहरू, नेताहरू एवं सरकारी संयन्त्रका केही व्यक्तिहरू लागि परेका छन् भन्दा केहि अत्युक्ति नहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host