२२ असाेज,काठमाडौं । फोन’पे’ले फोन’पे’ सुपरयात्रा नामक नयाँ अभियान सञ्चालन गरेको छ ।अभियानको उद्देश्य मोबाइल बैंकिङ एप्स मार्फत् एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले उल्लेख गरेको छ ।‘सुपरयात्रा’ अभियान असोज १७ देखि कात्तिक ११ सम्म लागू हुनेछ । अभियान अन्तर्गत एक भाग्य-शाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।
अतिरिक्त लाभको रुपमा, नयाँ ग्राहकहरुले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन्स टिकट खरिद गर्दा २ सय रुपैयाँसम्म क्यास ब्याकको मजा लिन सक्ने कम्पनीले जनाएको छ । अभियानमा सहभागी हुन ग्राहकहरुले तोकिएको समयावधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ । अभियानले मोबाइल बैंकिङ एप्स मार्फत् एयरलाइन टिकटहरु खरिद गर्ने सहजतालाई मनाउनुको साथसाथै यस चाडपर्व समयमा अधिकांश ग्राहकहरुको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य राखेको छ ।