ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मुख्यमन्त्री कोहलपुर गोल्डकपको सम्पूर्ण तयारी पुरा, मुख्यमन्त्री चौधरीले उद्घाटन गर्ने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ कात्तिक,कोहलपुर । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १४ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता- २०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । पत्रकारहरुसंगको छलफल गर्दै ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता- २०८०’ को सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल मैदानमा दुई वटा मुख्य प्रवेश गेट र दुई वटा आपतकालिन गेटको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अस्थाई घुम्ति शौचालय, पिउने पानीको, बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरीएको र प्रत्येक खेलाडि ४ लाखको विमा पनि गरिएको संयोजक मल्लले बताउनुभयो । यस्तै गरी राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले प्रतियोगिता अवधिभर राष्ट्रिय खेलकुद परिषद्को  नियमन अनससार नै खेल सञ्चालन हुने बताउनुभएको थियो ।
यस्तै खेलका लागि आवश्यक कम्पाण्ड, फिल्ड, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण काम पुरा भएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले बताउनु भएको छ ।

ADVERTISEMENT

यस्तै करिब ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको छ भने ग्राउण्डमा पनि करिब ४ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको गुरुङ्गले जनाउनुभएको छ ।
यस्तै खेलकुद प्रतियोगितामा भाग लिन आउनुभएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोहलपुर क्षेत्रका विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाइएको खेलाडि, होटल तथा यातायात समितिका संयोजक सुरेश अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै फुटबल अवलोकनका लागि जेष्ट नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लागि छुट्टै एक सय जना खेलाडिका लागि उबिथभच द्ययह तथा पत्रकारहरुका लागि समेत बस्ने व्यवस्था मिलाइएको संयोजक सुरेश अधिकारीले जानकारी दिनुभएको छ । यस्तै फुटबल अवलोकनका लागि प्याराफिटमा बसेर हेर्नका लागि १ सय रुपैया र ग्राउण्डमा बसेर हेर्नका लागि ४० रुपैया टिकट काट्नुपर्ने र यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिनुभएको छ ।

यस्तै गोल्डकपको अवधिभर सुरक्षा व्यवस्थाका लागि ४० जना सेक्यूरेटीको व्यवस्था मिलाइएको छ भने ४० जना स्वयंसेवक-हरुको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोज कयम बहादुर गैरेले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली चौधरीद्धारा भोली (बुधबार) विहान ११ बजे ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता- २०८०’ को उद्घाटन हुने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभएको छ ।

भोली खेल आयोजक र चर्च व्वाईज विचको फुटबल प्रतियोगिता हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता- २०८०’ को उद्घाटनको दिनमा आयोजक र चर्च व्वाईज विचको प्रतिस्पर्धा खेल हुनेछ ।मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम संगसंगै आयोजक र चर्च व्वाईज विचको खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । मल्लका अनुसार भोली खेल २ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ । यस्तै प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लबहरु सहभागि हुनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ५ लाख सहित ट्रफि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host